कञ्चनपुरः कञ्चनपुरका उखु किसानले बाकी रहेको ३२ करोड रुपैयाँ अनुदान तत्काल भुक्तानी पाउने भएको छ ।
मंगलवार अर्थ मन्त्रालयले कञ्चनपुरका उखु किसानको दिन बाकी रहेको अनुदान रकम वितरण गर्न महालेखा नियन्त्रण कार्यालयलाई पत्राचार गरेपछि किसानले तत्काल भुक्तानी पाउने भएका हुन् ।
कञ्चनपुरका उखु किसानहरुले अनुदान रकम यसै हप्ता भित्र पाउने र उखुको रकम वृद्धि गर्ने सरकारले प्रस्ताव गरेको सुदुरपश्चिम् किसान हक हित समितिका अध्यक्ष हरेन्द्रसिँह विष्टले बताए।
Facebook Comments Box