धनगढी : कैलालीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत घाेडाघाेडी नगरपालिका-१ स्थित जंगल रिसाेर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको माेटरसाइकल दुर्घटना भएकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा माेटरसाइकल चालक घाेडाघाेडी नगरपालिका-२ बिशाल चाेक बस्ने अन्दाजी ३० वर्षीय भाेजबहादुर शाहीकाे मृत्युु भएकाे हाे ।
गम्भीर घाइते भएका शाहीकाे उपचारका क्रममा धनगढीकाे निसर्ग अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
माेटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएकाे प्रहरीकाे भनाइ छ ।
Facebook Comments Box