डडेल्धुराः युवा समाजसेवी विनयप्रकाश मल्लले विद्यालयलाई आर्थिक सहयोग गरेका छन्। उनले जिल्लाको भागेश्वर गाउँपालिका–२ पालमा रहेको रुपाल बहुमुखी क्याम्पस स्थापनाका लागि ५० हजार सहयोग गरेका हुन्।
डडेल्धुरा घर भई जापानमा रहेका समाजसेवी मल्ल डडेल्धुराका दुखी, पीडित, गरिव, विपन्न वर्ग साथै विद्यालयलाई सहयोग गर्दै आएका छन्। उनले हालसम्म १ करोड भन्दा बढिको सेवा गरिसकेका छन्। उनले डडेल्धुराका विद्यालयमा छात्रवृद्धिका लागि अक्षयकोष समेत स्थापना समेत गरेका छन्।
युवालाई सीप सिकाएर जापानमा रोजगारीको अवसर समेत दिंदै आएका छन्।
Facebook Comments Box