धनगढीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका–३ ठेकीपुल नजिक भित्री सडक खण्डबाट ६ ग्राम ७५ मिलिग्राम खैरो हेरोइनसहित भजनी नगरपालिका–१ बस्ने २९ वर्षीय कुमाल मंगलवार पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कुमालको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।
उनले प्रयोग गरेको मोटरसाइकल एक थानसहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
Facebook Comments Box