धनगढी : कैलालीमा दुई जना व्यवसायीबिरुद्ध प्रहरीमा उजुरी परेको छ।
फेसबुकमा जथाभावी लेखेको भन्दै धनगढीका व्यवसायी मदन भट्ट र तेज खड्का ‘गोगा जासुस’ विरुद्ध धनगढीका वडाध्यक्षहरु सिडिओ अफिस कैलाली पुगेका छन्।
भट्ट र गोगा जासुसले धनगढी उपमहानगरपालिका बहुमत कार्यपालिका सदस्यहरुले छलफल बिना राजपत्रमा प्रकाशित भएको भन्दै जग्गा प्लटिङ कार्यविधी खारेजीको मागसहित प्रस्ताव दर्ता गराएपछि नगर प्रमुख गोपाल हमालको बचाउ गर्दै समाजिक सञ्चालमा वडा अध्यक्षहरुलाई तथानाम लेखेका थिए।
सोही कारण वडाध्यक्षहरु रिसाएर उनीहरुलाई ठेगान लगाउने भन्दै प्रशासन धाइरहेका हुन्।
उनीहरु प्रशासनमा पुगेको र लेखिएको कुरा आफूहरु बुझिरहेको कैलालीका डिएसपी कुलदिप चन्दले बताए।
वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको स्कृनसट तोकादेशसहित प्रहरी कार्यालय पुगेको उनले बताए। भट्ट र ‘गोगाजासुस’ नगरप्रमुख गोपाल हमालका समर्थक हुन्।