Author: महेन्द्रनगर पोष्ट

तनहुँ – तनहुँको भानु नगरपालिका–९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २३ वर्षीया एलिना श्रेष्ठ रहेकी छिन् । घाइते उनको उपचारको क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा गएराती साढे ९ बजे मृत्यु भएको हो । गएराती ९ बजे दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट श्रेष्ठ खसेकी थिइन् । दुर्घटनामा संलग्न ट्रयाक्टर सहित चालक इलाका प्रहरी कार्यालय भानु तनुहुँको नियन्त्रणमा रहेका छन् ।

Read More

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, विक्रि वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन् । ‘पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन, अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न र सहज उपलब्ध गराउन निर्देशन दिएका हुन्,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भन्नुभयो, ‘व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत समाधान गर्न तयार रहेको तर समस्या देखाएर अभाव सृजना गरिएमा कानुन अनुरुप कारबाहीका लागि अगाडि बढ्न सरकार बाद्य हुनेछ ।’ कार्यवाहक प्रधानमन्त्री खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र…

Read More

काठमाडौं – तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् । एयर इण्डियाको विशेष जहाजमार्फत् बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री देउवाले त्यहाँका मन्दिरहरुमा दर्शन गर्ने र नेपाली धर्मशालामा जाने कार्यक्रम छ । शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका देउवा बनारसबाट नयाँदिल्ली फर्किने र आजै अपराह्न काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । उनी भारतीय समयअनुसार अपराह्न सवा चार बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

Read More

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । गत शुक्रबार प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेकोछ । गत शुक्रबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं – अबिरल वर्षापछिको बाढी पहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन् । दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एटलान्टिक तटको ठूलो भाग प्रभावित भएको छ । आगामी दिनमा अझै धेरै बर्षा हुने अनुमान गरिएको छ । बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि छन् । बाढीले उनीहरूको घर बगाएको थियो । उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् । ६ साताअघि पेट्रोपोलिस सहरमा अबिरल वर्षापछिको बाढी पहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।

Read More

काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२० शृङ्खला अन्तर्गत शनिवार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो । नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृङ्खलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्यो । मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । अब नेपालले फाइनलमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।

Read More

काठमाडौं – सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन भएको छ । शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गरेका हुन् । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारणलाइन करिब ३ वर्ष ढिला गरी गत २ फागुनमा यो प्रसारणलाइन चार्ज गरिएको थियो । नेपाल सरकारको लगानी र भारतीय निर्यात-आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा यसको निर्माण सकिएको हो । सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारणलाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ । सोलु करिडोर…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिवार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणको निम्तो दिएका हुन् । उनले भने, ‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौँ । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतीक्षारत छु ।’

Read More

काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो । ‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गयौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौं ।’ प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरि सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिएका थिए । भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र…

Read More

अत्तरीया – उपचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । गोदाबरी नगरपालीका स्थित अत्तरियामा रहेको पदमा अस्पतालमा गो. न. पा ._३ का ३८ वर्षिय बिनोद कुमार बोहराको उपचारका क्रममा निधन भएको हुँदा अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीय र मृतकका आफन्तले तोड फोड गरेका हुन् । शनिबार अस्पतालमा भएको उक्त घटना पछी आफन्त आक्रोशित भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुडा ढुंगामुडा प्रहार गर्दा अस्पताल बाहिरको सिसा फुटेको र येम्बुलेन्स पनि तोडफोड गरिएको उनले बताए । आक्रोशित भिड लाई काम गर्न प्रहरीले अश्रु…

Read More