Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन्। गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे। “अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो”, उनले भने, “यदि कांग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वाम गठबन्धन हुन्छ।” एमालेसँग भने गठबन्धन हुन नसक्ने मन्त्री खतिवडाले उल्लेख गरे। देशको राजनीतिक आवश्यकताले कांग्रेससँगको वर्तमान गठबन्धन निर्माण भएको उल्लेख गर्दै उनले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफूहरुको जोड रहेको बताए। “एकीकृत समाजवादी वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि…

Read More

कैलाली-धनगढीमा सुदूरपश्चिम महोत्सव सञ्चालन गरिने भएको छ। चैत्र १० गते देखि २० गते सम्म ‘सुदूरपश्चिम महोत्सव २०७८’ सञ्चालन गर्न लागिएको हो। कोरोना महामारीका कारण विगत २ वर्ष देखि सञ्चालन हुन नसकेको महोत्सव यस वर्ष भने दोस्रो पटक सञ्चालनका लागि तयारी थालिएको छ।यसअघि माघ १८ गते देखि सञ्चालन गर्न घोषणा गरिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो। कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण सृजित आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थिति…

Read More

काठमाडौं -महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट आज सशस्त्र प्रहरीले करीव २ लाख ५० हजार रुपैयाँ बराबरको चिसो पेय पदार्थ र खाने तेल बरामद गरेको छ। भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।त्यसबेला २ वटा भारतीय नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ। यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३ लाख ७४ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ। भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।…

Read More

कैलाली-नवजीवन सहकारी संस्था लिमिटेडका नव निर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण लिएका छन्। मङ्गलवार एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित पदाधिकारीहरुले सपथ लिएका हुन्। संस्थाका नव निर्वाचित पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत डा. लोक बहादुर विष्टले शपथ खुवाएका हुन्। सहकारीको २८ औँ चुनावी साधारण सभाबाट अध्यक्षमा देव बहादुर बम विजयी भएका हुन्। यसै गरी सदस्यहरूमा इन्दिरा जैशी,उत्तम जोशी ,गोपालराज पाठक,केशवराज मिश्र डा महेशराज विष्ट,घन बहादुर शाह, उपेन्द्र विष्ट, शिवकुमार जोशी फुलारा, गणेश बम, जयराज जोशी र विश्वनाथ ओझा विजयी भएका थिए। त्यसै गरी सहकारीको लेखा सुपरिवेक्षणको संयोजकमा चेतराज जोशी लेखा सुपरिवेक्षण सदस्यमा गणेश प्रसाद उपाध्याय र लक्ष्मीराज पन्त विजयी भएका हुन्।

Read More

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। बैठक एमाले अध्यक्ष ओली निवास बालकोटमा केहीबेरअघि शुरु भएको हो। बैठकमा अहिलेसमम्मको कामको रिपोर्टिङ हुने र आगामी रणनीति तय गर्नेबारे छलफल हुँदैछ। त्यस्तै, पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने भन्नेमा छलफल हुने र चुनावी घोषणा पत्रको जिम्मा दिइने बताइएको छ। ७ गते बस्ने पोलिटब्युरो र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीका लागि समेत आज बैठक बसेको हो।

Read More

नवलपुर — बलात्कारको आरोपमा पक्राउ परेका पल शाहलाई गैंडाकोटबाट दमौली लगिएको छ । एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा तनहुँ प्रहरीमा हाजिर भएका शाहलाई तनहुँबाट गैंडाकोट ल्याइए पनि (आज) मंगलबार थप अनुसन्धानका लागि फेरि तनहुँको दमौंली लगिएको हो । जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए। तनहुँ प्रहरीपछि गैंडाकोट प्रहरीमा पनि शाहविरुद्ध उजुरी परेपछि तनहुँ प्रहरीले बयानका लागि नवलपुर लगेको थियो । तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ।

Read More

सर्लाही – सर्लाही खण्डमा पर्ने चारकोसे झाडीमा पाँच दिनदेखि लगातार डढेलो लागिरहेको छ । हरिपुर नगरपालिका १ मा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका ६ मा पर्ने घुर्कैली वन, फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा लगातार डढेलो लागिरहेकाे छ । हावाहुरी र सुख्खा मौसम भएकाले डढेलो अहिलेसम्म निभाउन नसकिएकाे हाे । हिउँदयाम सुरु भएसँगै यस क्षेत्रको जङ्गलमा बर्सेनी डढेलो लाग्ने गरेको स्थानीयवासीले बताएका छन् । डढेलो निभाउन स्थानीय सामुदायिक वनले अग्नि नियन्त्रण रेखा बनाए पनि राष्ट्रिय वन र साझेदारी वनले डढेलाे निभाउन कुनै पूर्व तयारी नगरेकाे स्थानीयकाे गुनासाे छ । भन्छन्, ‘आगाे निभाउन दक्ष जनशक्ति पनि छैनन् ।…

Read More

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रको बिक्री खुला गरेको छ । नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले चैत ३० गते नागरिक बचतपत्र २०८३ ‘क’ निष्कासन गर्नेछ। यो बचतपत्रको बिक्री खुला भने चैत १ गतेदेखि गरिएको हो । आज देखि आवेदन संकलन सुरु गरिएको नागरिक बचतपत्रमा चैत २० सम्म आवेदन दिन सकिन्छ । यद्यपि तोकिएको अवधिअघि नै कुल निष्कासित रकमका लागि आवेदन आए चैत २० अघि नै बन्द हुने राष्ट्र बैंकले बताएको छ । पहिलो चरणमा २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्रीका लागि आवेदन संकलन सुरु गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।…

Read More

काठमाडौं – नेपालमा क्रिप्टो करेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा जस्ता वेबसाइट नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो । आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ५७ जना र एन्टिजेन परीक्षणबाट २६ जना संक्रमित थपिएका छन् । २४ घण्टामा पीसीआर ४ हजार ७३४ र ३ हजार १५०एन्टिजेन गरी ७ हजार ८८४ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १३० जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ।

Read More