Author: महेन्द्रनगर पोष्ट

दार्चुला – सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको जिल्ला अस्पताल दार्चुलाको नयाँ व्यवस्थापन समिति अध्यक्षमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दीपक जोशीलाई नियुक्त गरिएको छ । बिहीवार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले जोशीलाई जिल्ला अस्पताल दार्चुलाको नयाँ व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ । यसअघि जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समितिको अध्यक्षमा माओवादी नेता दलजीत सिह धामी रहेका थिए। मन्त्रीपरिषद् बैठकले प्रदेशका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियुक्त गरेको छ ।

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनमा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा गरिने भएको छ । निर्वाचन आयोगले यसका लागि राष्ट्रिय बिमा संस्थानसँग सम्झौता गरेको छ । निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । त्यस्तै, आयोगले निर्वाचनका लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीहरू छपाइका लागि ६ वटा प्याकेजमा ई–बिडिङमार्फत खरिदको लागि बोलपत्र आह्वानसमेत गरेको उनले जानकारी दिए ।

Read More

काठमाडौं- निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको स्थानीय निर्वाचन केन्द्रीत आचारसंहितामा नेकपा एमालेले असन्तुष्टि जनाएको छ। आचारसंहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गर्नुअघि पदमा रहेकाहरूले राजीनामा दिनुपर्ने उल्लेख गरिएकामा त्यसप्रति एमालेले असन्तुष्टि पोखेको हो। एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु नपर्ने भन्दै स्थानीय तहका पालिका अध्यक्ष वा मेयरले पनि पद खाली गर्न नहुने तर्क गरे। पालिका अध्यक्ष वा मेयरले पदबाट राजीनामा दिएर चुनावमा होमिँदा काम नै रोकिने हुँदा त्यसो गर्नु जायज नभएको उनको भनाइ छ। ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका ‘प्रधानमन्त्री’पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरि चुनावमा जानू अघि जनतालाइ दिनुपर्ने…

Read More

कास्की -गण्डकी प्रज्ञा प्रतिष्ठानले विभिन्न जातिको नृत्यबारे अनुसन्धान गरिरहेको छ। लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान गरिएको हो। गत माघ १ गतेदेखि सुरू भएको अनुसन्धान चैत मसान्तभित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिए। उनका अनुसार अनुसन्धानकर्ता अहिले गण्डकीका ११ वटै जिल्ला पुगेर अनुसन्धान गरिरहेका छन्। चैत ३० गतेभित्रमा अनुसन्धान प्रतिवेदनसहितको सामग्री प्रतिष्ठानलाई बुझाउनुपर्ने समय निर्धारण गरिएको छ। अनुसन्धानकर्ताले अक्षर र भिडियोसमेतका जानकारी संकलन गरिरहेको संयोजक गुरूङले बताए। उनले भने‚ ‘यस वर्ष सबै जातिलाई समेट्न नसके पनि बाँकी जातिलाई क्रमैसँग अर्को वर्ष छनोट गर्दै अनुसन्धान गरिने छ।’ प्रतिष्ठानका…

Read More

काठमाडौँ- सर्वोच्च अदालतले आफ्नै एकल इजलासको अन्तरिम आदेशका कारण अवरुद्ध ५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दा अघि बढाउने प्रक्रिया थालेको छ। अधिवक्ता डा।गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् । ‘त्यही रिट निवेदन शुक्रबार (आज) पेशीमा चढ्दै छ,’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, ‘सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनमा रमिकस क्युरी (अदालतका सहयोगी) पठाइदिन आग्रह गर्दै पत्र लेखिसकेको छ।’ त्यो मुद्दामा दुवै बारबाट २–२ जनाका दरले रमिकस क्युरी पठाउनु भनी आदेश भएको थियो ।सर्वोच्च अदालतले १७ भदौ २०७८…

Read More

काठमाडौं- आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान सवा एघार बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुनेछ। घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ। यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको सङ्घर्षपूर्ण जित निकालेको थियो । अङ्क तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ। यूएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अङ्कका साथ दोस्रो…

Read More

काठमाडौं- रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ। असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ। होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ। हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ। फगुवा…

Read More

काठमाडौं-निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। आचारसंहिता आज ९बिहीवार० प्रकाशित भए पनि कार्यान्वय गर्ने मिति भने आयोगले पछि निर्धारन गर्ने जनाइएको छ। प्रकाशित आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुने आयोगले जनाएको छ। आचारसंहितामा लेखिए अनुसर एक भन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न पाइनेछैन्। सार्वजनिक भवन, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न पाइनेछैन्। जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम बिहान आठ बजेदेखि साँझ सात…

Read More

काठमाडौं-सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ।विहीवार बसेको केन्द्रीय सचिवालयको बैठकले ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने नारा लिएर चुनावमा होमिने निर्णय गरेको हो। बैठकले निर्वाचनको लागि पार्टीको शक्ति परीक्षण गर्न ७ वटै प्रदेशमा अनुगमन टोली पठाउने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। अनुगमनको लागि प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनी प्रदेशमा उपमहासचिव डा विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव वेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झालाई खटाएको छ। महानगर र उपमहानगरको उम्मेदवार…

Read More

काठमाडौं-शुक्रवार बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको हो।देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले जारी गरेको विज्ञप्तिमार्फत अनुरोध गरिएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार हिजो (बिहीवार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियो।

Read More