Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ ।आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् ।

Read More

एजेन्सी – रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजका दुई पत्रकार मारिएका छन् । राजधानी किभको बाहिरी क्षेत्रमा रहेको होरेन्का क्षेत्रमा फक्स न्युजका ५५ वर्षीय क्यामेरापर्सन आइरिश नागरिक पिएर जाक्रजेव्स्की र २४ वर्षे युक्रेनी ओलेक्सान्द्रा कुभ्सिनोभा मारिएको फक्स न्युजले जनाएको छ । फक्स न्युजले पत्रकारको मृत्युप्रति दुःख व्यक्त गरेको छ । च्यानलकी प्रमुख कार्यकारी सुजन स्कटले आफ्नो संस्थाका लागि यो ‘हृदयविदारक दिन’ भएको जनाएकी छिन् । उनका अनुसार पिएर अफगानिस्तान, सिरिया इराकजस्ता द्वन्द्वग्रस्त स्थानमा गई समाचार संकलन गर्दै आएका थिए भने कुभ्सिनोभा केही महिनाअघिमात्रै फक्स न्युजमा काम थालेकी थिइन् । यसअघि उनीहरूसँगै काम गर्ने ३९ वर्षे बेलायती पत्रकार बेन्जामिन हल घाइते भएको समाचार सार्वजनिक भएको थियो । उनको अवस्था गम्भीर…

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले एसियाली विकास बैंक (एडीबी)लाई नेपालमा ऋण लगाानीसँगै नवीन प्रविधिसमेत भित्र्याउन सुझाव दिएका छन् । एडीबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ऋण दिँदा विकसित देशमा प्रयोग हुने नवीन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका छन् । ‘हामीलाई अबका दिनमा ऋण मात्र होइन, प्रविधि पनि भित्र्याइदिनुपर्यो’, उनले भने, ‘जसकारण हाम्रा परियोजना कार्यान्वयन गर्न धेरै सजिलो होस् ।’ कार्यक्रममा एडीबीको आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिरहेका मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने, ‘हामीले ऋण लिएर बनाएका परियोजना सम्पन्न भएर प्रतिफल दिन थालेपछि सोही ऋण तिर्न सक्षम हुनुपर्छ । अहिले…

Read More

काठमाडौं – नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा युएईले नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । युएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुनःएकीकरण योजनामा नेपाल सरकारको प्रस्तावअनुसार सहयोग गर्ने प्रतिबद्धता पनि युएईले जनाएको छ । युएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा…

Read More

काठमाडौं – आज बुधबार छापावाल सुनको मूल्य १२०० रुपैँयाले घटेर ९९ हजार ३०० रुपैँयामा कायम भएको छ र चाँदीको मूल्य तोलाको १० रुपैँयाले घटेर १३ सय ७० रुपैयाँमा कायम भएको नेपाल सुन/चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । साथै, तेजावी सुनको मूल्य पनि तोलाको ९८ हजार ८०० रुपैयाँमा कायम हुन पुगेको छ ।

Read More

काठमाडौं – युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको विषयमा बोलेका छन् । उनले रुससँग अब वास्तविक छलफल भइरहेको जानकारी दिएका छन् । उनले फेसबुकमा जनतालाई सम्बोधित गर्दै रुसमाथि जीतका लागि युक्रेनका सबै नागरिकको समर्थन आवश्यक भएको पनि बताएका छन् । यसमा रुससँग जुममार्फत् कुराकानी गरिरहेको समुह पनि समावेश छ । युक्रेनले आफू नेटोमा समावेश नहुने औपचारिक घोषणा गर्नुपर्ने रुसको दबाब छ । साथै, पूर्वी युक्रेनका पृथकतावादी विद्रोही क्षेत्र दोनेन्स्क र लुहान्स्कलाई स्वतन्त्र देशको रुपमा मान्यता दिनका लागि रुसले युक्रेनलाई आग्रह गरेको छ । दुुबै देशबीच लगातार वार्ता भइरहेको छ, जुन बुधबार पनि जारी रहेको छ । युक्रेनका प्रतिनिधि मिखाइल पोदलियाकले दुई…

Read More

कैलाली-कैलाली प्रहरीले होली पर्वलाई सभ्य तरिकाले मनाउन सम्पूर्णमा आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालयले फागू पूर्णिमाको अबसर पारेर शुभकामना दिदै यस्तो आग्रह गरेको हो। होली पर्व नजिकिएसंगै यस पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न प्रहरीले अनुरोध गरेको छ। रमाईलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा अपराधिक गतिविधि हुन वा गर्न नदिन सबैले सुरक्षाका उपायहरुमा ध्यान दिन पनि अनुरोध गरिएको हो। पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने समेत प्रहरीले चेतावनी दिएको छ।

Read More

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।  संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले बैठक बोलाएको हो। बैठक दिउँसो दिउँसो ३ संसद भवनको ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए। उनले सरकारले संसद अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल र निर्णय लिइने बताए। मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

Read More

काठमाडौँ -नेपाल प्रहरीले अहिले सुक्खा मौसममा हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको विगतको तथ्य स्मरण गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउन आग्रह गरेको छ । आगलागीका घटना नियन्त्रण र क्षति न्यूनीकरणका लागि नेपाल प्रहरी प्रयासरत रहेको जानकारी गराउँदै परिसरका प्रवक्ता दिनेशराज मैनालीले केही कुराहरूमा ध्यान दिनसके आगलागी नहुने र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण…

Read More

काठमाडौं-फागु अर्थात होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन तयारी थालिएको छ। काठमाडौं उपत्यकालाई लक्षित गर्दै विशेष सुरक्षा योजना बनाइएको छ। होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताए। जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, झैझगडा गर्ने र दुर्व्यवहार गर्नेमाथि कडा कारबाही हुने उनले बताए। उनकानुसार ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ। सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त…

Read More