Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपालमा क्रिप्टो करेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा जस्ता वेबसाइट नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो । आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ५७ जना र एन्टिजेन परीक्षणबाट २६ जना संक्रमित थपिएका छन् । २४ घण्टामा पीसीआर ४ हजार ७३४ र ३ हजार १५०एन्टिजेन गरी ७ हजार ८८४ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १३० जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ।

Read More

काठमाडौं – नेपालका ३ वरिष्ठ अभिनेत्रीको झण्डै ३ करोड रुपैयाँ एक सहकारीमा फसेको छ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जु कारञ्जित लगायतले वचत गरेको रकम उक्त सहकारीमा फसेको हो । तीन अभिनेत्री र फाउन्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा नेपाल चलचित्र कलाकार संघले जनाएको छ । संघले एक विज्ञप्ति निकाल्दै सहकारी संस्था लिमिटेडबाट कलाकार समेत पीडित भएको भन्दै न्याय दिलाइदिन सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुल उपर गराउन माग गर्दै कानुनी उपचारमा गएको जनाइएको छ । यस विषयमा सरकारले चासो दिएर पीडितहरुलाई न्याय दिलाउन…

Read More

एजेन्सी – विश्वका दुई ठूला देश अमेरिका र चीनबीच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा लामो छलफल रोममा गरेका हुन् । परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कुटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो व्यक्त गरेका थिए । चीनले रुसलाई सहयोग गरेमा विश्वव्यापी प्रतिबन्धको सामना गर्न सक्नुपर्ने सुलिभानले वार्तामा बताएका छन् । ‘सामान्य रुपमा म के भन्न चाहन्छु भने हामी रुससँग चीनको साठगाठप्रति गहन चिन्तित छौ,’ ती अधिकारीले बताए । मस्कोले युक्रेनमा आफ्नो युद्धका लागि चीनसँग सैन्य उपकरणको अनुरोध गरेको समाचार…

Read More

काठमाडौं – भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको छ। बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भइ मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । ठिमीकाे एक प्रहरी अधिकृतका अनुसार होटलमा कामदारको रुपमा रहेकी किशोरीमाथि होटल मालिकले जबरजस्ति करणी गरेका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवं चासोका विषयमा विचारविमर्श भएको थियो । त्यस अवसरमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो । नेपाल र साउदी अरेबिया बीच १५ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचको सुमुधर सम्बन्ध उच्चस्तरमा हुने यस्ता भ्रमणले अझ सुदृढ हुँदै गएको छ भने शान्तिपूर्ण सहअस्तित्व, मैत्री र सहयोगका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध घनीभूत हुँदै गएको छ…

Read More

काठमाडौं – विवेकशील साझा पार्टीले २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ । कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको हो । बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारीबाट हटाएको पार्टीका प्रवक्ता शरद पाठकले बताए । उनीहरु मिलन पाण्डे पक्षीय नेताहरू हुन् । पाण्डेलाई यसअघि नै रविन्द्र मिश्रले जिम्मेवारीबाट मुक्त गरिसेका छन्। केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल…

Read More

हुम्ला – हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन । ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् । नहर मर्मतमा चासो नराख्दा विद्युत आयोनना सञ्चालनमा आउन सकिरहेको छैन । उक्त विद्युत्को नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ ।

Read More

काठमाडौं – नेपाल र साउदी अरवबीच जनरल को-अप्रेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरव परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशीमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् । दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौ – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को सहायक डिनमा प्रा.डा प्रेमराज ज्ञवाली नियुक्त भएका छन्। त्रिवि कार्यकारी परिषदले चैत १ गतेदेखि लागू हुने गरी डा ज्ञवालीलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिवि कार्यकारी बैठकले त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम अनुसार डा ज्ञवालीलाई नियुक्त गरेको जनाइएको छ।

Read More