Author: Saru Shrestha

दोधारा – दोधारा चाँदनीमा सशस्त्र प्रहरीलाई निड्स नेपाल कञ्चनपुरले उद्धार सामग्री हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट, देबिस्थानलाई झण्डै रु। १ लाख बढीको बाढी आएको बेला चाहिने उद्धार सामग्री हस्तान्तरण गरेको हो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले उक्त सामग्री सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट, देबिस्थान, दोधारा चाँदनीका प्रबिन फुर्‍याललाई हस्तान्तरण गरेको निड्स नेपाल कञ्चनपुरका नबिन भट्टले जानकारी दिए ।

Read More

कञ्चनपुर – कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा सर्पदंश उपचार सेवा शुचारु भएको छ । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा औपचारिक रुपमा सर्पदंश उपचार सेवा शुचारु भएको हो । आइतबार एक कार्यक्रमका विच बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना र उपप्रमुख शान्ति नाथले संयुक्त रुपमा सर्पदङ उपचार सेवाको उद्घाटन गरेका छन । बेलडाँडी कुनैपनि मानिसलाई सर्पले डसेपछि मानिस मृत्युको मुखमा जानुपर्ने बाध्यता थियो । अब बेलडाँडीमै सर्पदंश उपचार सेवा शुचारु भएपछि मानिस मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता हट्ने छ । सर्पदंश उपचार सेवाको उद्घाटन गर्दै बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले जुनसुकै सर्पले डसेका बिरामी आएपछि प्रभावकारी उपचार गर्न गराउनु निर्देशन दिए। गाँउ उपप्रमुख शान्ति नाथले…

Read More

महेन्द्रनगर – कञ्चनपुरमा डेंगुका कारणले एक किशोरीको मृत्यु पनि भएको छ । बेलौरी नगरपालिका–१० की एक किशोरीको ज्यान गएको छ । बुधबार साँझ उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएकी भुडाकी १६ वर्षीया दीपा चौधरीको डेंगुका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । करिब दुई सातादेखि उनलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो । गाउँकै मेडिकलमा उनको उपचार भइरहेको थियो । ज्वरो झनझन बढेपछि थप उपचारको लागि एक साता अघि निर्सग अस्पताल पु–याइएको थियो । उपचारकै क्रममा चौधरीको बुधबार साँझ मृत्यु भएको थियो । चौधरी गाउँकै एक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् । कञ्चनपुरमा डेंगुको…

Read More

महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले भीमदत्त नगरपालिका–१ राजीपुरमा खोलेको सम्पर्क कार्यालय हटाउन नेपाली कांग्रेसका कार्यकर्ता दवाव दिइरहेका छन्। सिंहले शुक्रबार बिहान राजिपुरमा सम्पर्क कार्यालय खोलेका थिए। कांग्रेसका कार्यकर्ताहरुले सिंहका समर्थक तथा घरधनीलाई सम्पर्क कार्यालय हटाउन दवाव दिइरहेका हुन्। यसअघि पनि कांग्रेसका कार्यकर्ताहरुले स्वतन्त्र उम्मेदवार सिंहको प्रचारप्रचारमा गएकालाई धम्की तथा दवाव दिएका थिए। स्वतन्त्र उम्मेदवार सिंहले अराजनीतिक गतिविधि रोक्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। ‘कांग्रेसले यस्ता अराजनीतिक गतिविधि तत्काल रोक्नुपर्छ,’ उनले भने, ‘फेरी त्यस्ता गतिविधि गरेमा कानूनी उपचार खोज्छौं।’

Read More

सुर्खेत – आगामी ४ मंसिरमा हुने चुनावलाई लक्षित गर्दै जाजरकोटमा लाग्ने सबै मेला, महोत्सव, प्रदर्शनी , सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले कात्तिक २० गते देखि मंसिर ४ गते सम्मा सबै कार्यहरु रोक्न आदेश दिएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावमा शान्ति तथा सुरक्षा कार्यम राख्न दिन दिन भित्र कुनै कुरा नगर्न आदेश गरिएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने बताए । यो अवधिमा जाजरकोटमा आधा दर्जन मेला, खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

Read More

बैतडी – नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् ।  दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुगेका ओलीले एमालेको आगामी योजना सुदूरपश्चिममा विकासको मूल फुटाउने रहेको बताए । ओलीले बैतडीवासीलाई विकास निर्माणका विभिन्न आयोजना पुरा गर्ने आश्वासन दिएका छन् । नेपाल–भारत सिमानदी झुलाघाटमा पक्की पुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भिमदत्त पोलिटेक्नीकल शिक्षालयको स्तरोन्नती, दशरथचन्द प्रतिष्ठान लाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन् तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने उनले बताए । उल्लेखित आयोजनाको काम विगतमा आफू नेतृत्वको…

Read More

धनगढी – बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका-८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहीबार मृत्यु भएको हो । भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको बताइएको छ । अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पुर्‍याएको र बिहीबार मृत्यु भएको थलारा-८ का वडाध्यक्ष टीकाराज जोशीले बताए ।

Read More

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द चुनाव प्रचार प्रसारमा लागेको भन्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । महासचिव क्षितिज थेबेले एक विज्ञप्ति जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले आप्mनो पदीय आचारसंहिताको उल्लंघन गर्ने गरी कञ्चनपुरको एउटा होटलमा बसेर धम्कीजन्य काम गरेको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुस्न्धान आयोगका आयुक्त जस्तो गरिमामय पदमा बसेर पदीय आचारसंहिताको उल्लंघन गर्ने छुट जो कोहीलाई छैन । हामी चेतावनी दिन चहान्छौं कि चन्दबाट भईरहेको काम तत्काल बन्द होस् । निर्वाचन आचारसंहिता विपरित हुने कुनै पनि कार्य हामीलाई सैह्य…

Read More

डोटी – नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टलाई केन्द्रीय प्रतिनिधिको विशेष जिम्मेवारी प्रदान गर्दै पार्टीले डोटी खटाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट विशेष जिम्मेवारी प्रदान गर्दै विष्टलाई डोटी पठाएका हुन् । डोटी जिल्लाको प्रतिनिधि सभातर्फ र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का मतदाताले पार्टीलाई प्रत्यक्षतर्फ मतदान गर्ने अवस्था नरहेकाले समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्नका लागि प्रेरित गर्न भन्दै विष्टलाई विषेश जिम्मेवारी दिएको कांग्रेसले जनाएको छ । ‘तपाईं आफू खटिएको क्षेत्रमा निरन्तर उपस्थित रही समानुपातिक उम्मेदवारका पक्षमा अधिकतम मत खसाल्ने वातावरण बनाउन सम्बन्धित क्षेत्रको पार्टीका सबै तहका साथीहरूबीच सद्भाव, सौहार्दता एवं हार्दिकता कायम गर्दै…

Read More

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा व्यस्त भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् । देउवाले कात्तिक २० गते बिहान ११ बजे…

Read More