Author: Saru Shrestha

काठमाडौं – भारतले निर्वाचन आयोगलाई ८० सवारीसाधन उपहार दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ भारतले सवारीसाधन उपहार दिएको हो ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे । श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताए । नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उनले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन उनसम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्राप्त…

Read More

काठमाडौं – बलात्कार अभियोग लगाइएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जवाफी बहस हुनेछ । सन्दीपका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएपछि आज जवाफी बहस हुन लागेको हो । जिल्ला अदालत काठमाडौंमा बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लभ मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गरेका थिए । उनका तर्फबाट अधिवक्ता सविना भण्डारीले पनि बहस गरिन् । सन्दीपकै तर्फबाट बुधबार अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौड्यालले बहस गरेका थिए । बिहीबार समयाभावका कारण सरकारी वकिलको तर्फबाट जवाफी बहस भएन । त्यसैले सन्दीपविरुद्धको मुद्दा आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता महेश खत्रीले जवाफी बहस गर्नेछन् ।…

Read More

काठमाडौं – आम निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले प्रत्येक वडामा रहका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ । ‘देशका ६ हजार ७४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ, स्थानीय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम १८ कात्तिकदेखि १ मंसिरसम्म आयोजना हुनेछ,’ आयोगका सहायक प्रवक्ता अर्यालले भने । उनका अनुसार केही वडामा…

Read More

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार दार्चुला जाने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी देश दौडाहको सुरुवात गर्न उनी चुच्चे नक्सामा समेटिएको भूमि दार्चुला जाने भएका हुन्। ओली भोलि दार्चुला जाने भएपछि सदरमुकाम खलंगाका मुख्य प्रवेशद्वार तथा कार्यक्रमस्थल झण्डा र व्यानरले सजाएर झकिझकाउ पारिएको छ। एमाले प्रचार विभाग प्रमुख खडक बडालका अनुसार पहिलो पटक दार्चुलाबाट सुरु हुन लागेको चुनावी सभालाई आकर्षक बनाउने तयारी गरिएको छ। ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने आमसभालाई पनि सम्बोधन गर्ने कार्यतालिका छ।

Read More

काठमाडौं – चर्चित व्यापारी दुर्गा प्रसाईंलाई पक्राउ गर्न माग गर्दै उजुरी परेको छ । प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग राख्दै उजुरी परेको हो । प्रविन बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिँदै दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान र कारवाही गर्न माग गरेका छन् । व्यवसायी प्रसाईंले झापामा रहेको अस्पताल र मेडिकल कलेज खोल्दा नक्कली धनीपूर्जा बनाएको आरोप लागेको छ। नक्कली धनीपूर्जाका आधारमा प्रसाईंले नबिल बैंक, ग्लोबल आईएमई बैंक, एनसीसी बैंक र प्रभु बैंकबाट पाँच अर्ब रुपैयाँभन्दा धेरै ऋण लिएका बताइएको छ।

Read More

जनकपुरधाम – चार हजार रुपैयाँ घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक धनुषाबाट पक्राउ परेका छन् । धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) देवकीलाल चौधरीलाई बिहीबार साँझ घुससहित रंगेहात पक्राउ परेका हुन् । उनलाई अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ जटहीस्थित विनायक इन्टरप्राइजेज मदिरा पसलबाट पक्राउ गरेको हो । चौधरीले सेवाग्राहीसंग चार हजार रुपैयाँ घुस लिरहेको बखत पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । घटनास्थलमा मुचुल्कासहित अन्य अनुसन्धानको काम भइरहेको जनाएको छ ।

Read More

काठमाडौं – आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा योजनाबारे ४ वटै सुरक्षा निकायका प्रमुखहरुले विभिन्न जिल्ला निरिक्षण भ्रमण गरेका छन् । बिहिबार (आज) मंसिर ४ गते हुने निर्वाचनको सुरक्षा योजनाबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले महोत्तरी जिल्ला, बर्दिबासस्थित श्री मध्य पूर्वी पृतना हे.क्वा., बारा जिल्ला, जितपुरस्थित श्री नं. २८ बाहिनी अड्‍डा तथा सर्लाही जिल्ला, धनकौलस्थित Company Operating Base (COB)को निरिक्षण भ्रमण गरेका हुन् । निरक्षण भ्रमणको क्रममा रक्षासचिव किरणराज शर्मा, गृहसचिव विनोदप्रकाश सिंहको पनि सहभागी रहेको थियो ।

Read More

काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । निगमका अनुसार खासगरी डिजल र हवाई इन्धनको मूल्य धेरै बढेको छ । नयाँ मूल्यसूचीअुनसार पेट्रोलमा प्रतिलिटर ६१ पैसा, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ । एलपी ग्यासको मूल्य भने केही घटेर आएको निगमले उल्लेख गरेको छ । निगमले अझै १५ दिनमा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ…

Read More

काठमाडौँ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ । पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ। पीटीआईका नेता ड यास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन् । बीबीसी उर्दूका अनुसार हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन् । अधिकारीहरूका अनुसार तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ । गोली उनले नै चलाएको हो या कसले भन्नेबारे पुष्टि नभएको प्रहरीले जनाएको छ ।

Read More

जेरुसेलम – जेरुसेलमको पुरानो शहरमा एक आक्रमणकारीले बिहीबार एक जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरी हत्या गरेको छ । आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको इजरायली प्रहरीले जानकारी दिएको छ । इजरायली चुनावको अन्तिम मतगणना भइरहेको बेला प्रहरी अधिकारीको हत्या भएको हो ।

Read More