Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक अहिले विहान १० बजे संसद भवन बानेश्वसरमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ । सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । सत्ता घटक जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनुपरेको हो ।

Read More

काठमाडौं :  सरकारले ट्रेजरी बिल बोलकबोलमार्फत ५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। ७ जेठ सोमबार १८२ दिन अवधिको ट्रजेरी बिल बोलकबोल हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो। सोमबार नै ३२ अर्ब ७३ करोड ३२ लाखको विभिन्न अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भनाइ छ। यससँगै सोमबारदेखि २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ७ अर्ब २३ करोड ३२ लाख, १८४ दिन अवधिको ८ अर्ब र ३६४ दिन अवधिको ७ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने छ। उक्त ट्रेजरी बिलको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। ट्रेजरी बिल एक वर्ष वा एक…

Read More

काठमाडौं : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागले बैठकको आह्वान गरेको छ। जेठ ६ गते आइतबार विभागका प्रमुख सुरत रावत डोटेली कान्छाले एक वक्तव्यमार्फत  नेपाली कांग्रेसको विधानको धारा १३, उपधारा (१) बमोजिम नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागमा मनोनित विभागीय सदस्यहरूलाई  बैठकका लागि  अनिवार्य उपस्थिति हुन भनिएको छ।  विभागीय प्रमुख रावतका अनुसार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट मनोनित विभागीय सदस्य सहभागी रहने बैठक अर्को शुक्रबार  जेठ १८ गते दिन बस्ने र विभागका विभिन्न कार्यक्रमसमेत तय गर्ने छ।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आगामी आर्थिक वर्षको लागि प्रभावकारी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा समितिका सदस्यहरूले मुख्यमन्त्रीलाई त्यस्तो सुझाव दिएका हुन् । प्रमुख सचिव तथा अर्थ सचिवसहितको उपस्थितिमा सदस्यहरूले पूर्व योजना तर्जुमा नगरी बजेट निर्माण प्रक्रिया अगाडि बढाएको प्रति गुनासो गरेका थिए । उनीहरुले गत वर्षको बजेटको समीक्षा र छलफल नभएको भन्दै यस पटक विगतको जस्तो कमजोर बजेट नल्याउन मुख्यमन्त्री सोडारीलाई सुझाव दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३४ प्रतिशत मात्रै प्रगति भएको छ र कुल बजेटको ४३ प्रतिशत बजेट ओगटेको उक्त…

Read More

काठमाडौँ : संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त  ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्न सक्ने व्यवस्था…

Read More

काठमाडौं : दाङमा बसले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका हवल्दारसहित तीन जना घाइते भएका छन्। घोराही–लमही सडक खण्ड अन्तरगत घोराहीबाट लमही जाँदै गरेको ना ४ ख ५५३५ नम्बरको बसले आइतबार साँझ ६ बजे घोराही उपमहानगरपालिका ३ मसोटको ओरालोमा बा ८९ प २४८६ र रा ५ प ९७६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक मल्लका अनुसार पछाडिबाट बसले ठक्कर दिएपछि दुबै मोटरसाइकल अगाडि गुडिरहेको रा १ ख १९२६ नम्बरको बसको पछाडिको भागमा ठोक्किएको थियो। दुर्घटनामा परी दाङको लमही नगरपालिका–४ घर भइ प्यूठानमा कार्यरत ३४ वर्षीय सशस्त्र प्रहरी हवल्दार पुनिराम चौधरी र उनले चलाएको…

Read More

धनगढी : कुनैबेला बाजुरा एमालेमा एकछत्र राज गर्ने गरेका कर्णबहादुर थापाको शक्ति क्षयीकरणतर्फ लागेको पाइएको छ। आज (आइतबार) मात्रै सम्पन्न एमाले बाजुरा जिल्लाको अधिवेशनले सो कुराको पुष्ट्याई गरेको हो। जिल्ला अधिवेशनले पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका थापाको शक्ति क्षयीकरणतर्फ लागेको देखाएको छ। किनकी बाजुरामा आजमात्रै थापासहितले समर्थन र सहयोग गरेका उम्मेदवारसहितको प्यानल अधिवेशनमा पराजित बनेको छ। थापासहित एमाले केन्द्रीय सदस्य एवं बाजुराका सह-इन्चार्ज प्रकाश शाह, केन्द्रीय सदस्य एवं दार्चुला जिल्ला इन्चार्ज सहदेव बोगटी लगायतले समर्थन गरेका उम्मेदवारहरु अधिवेशनमा पछारिएका हुन्। जसमा एमाले केन्द्रीय सदस्य एवं अछाम जिल्ला इन्चार्ज लालबहादुर थापाका निकटस्थ लालबहादुर ओली नेकपा एमाले बाजुराको अध्यक्षमा निर्वाचित भएका छन्।…

Read More

धनगढीः कैलालीको अत्तरियामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरिया चोकमा आज (आइतवार) बिहान भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ४३०१ नम्बरको ट्रकमा से ७ प १८९६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–३ का ३२ वर्षीय शिवराज रानाको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

धनगढी : नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् । पार्टीका स्थायी कमिटि सदस्य कर्णबहादुर थापाले समर्थन गरेका अध्यक्षका उम्मेदवार भरत थापालाई १५ मतले पराजित गर्दै ओली विजयी भएका छन् । कुल ४२५ मत खसेकोमा ओली २१८ मतसहित विजयी हुँदा थापाले २०३ मत पाएका छन् । ओलीलाई पार्टी केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज लालबहादुर थापाको समर्थन थियो ।पदाधिकारीमा पनि ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा जनकबहादुर बोहरा, सचिवमा काशीबहादुर बिक, उपसचिवमा हरीबहादुर रोकाया र उपसचिव (महिला) मा राजकला सार्की विजयी भएको निर्वाचन समितिले जनाएको छ । १ जेठमा पार्टी उपाध्यक्ष रामबहादुर थापाले जिल्ला अधिवेशन उद्घाटन गरेका…

Read More

धनगढी : डडेल्धुराका एक पुरुषको बैतडीको पाटनमा शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका-६ पाटन पञ्चेश्वर सडक खण्डमा पर्ने गाईडाखोला नजिकको खेतको खोल्सोमा शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने अन्दाजी ५० बर्षीय रुपक जैरुको शव फेला परेको हो । पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्ने आएका जैरु दुई दिन देखि सम्पर्कमा थिएनन् । उनको शव स्थानीय घास काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खर काटनेले फागलाबाट करिब २ सय मिटर तल खोल्सोसम्म लेडेको जस्तो देखिएको छ । घटनास्थलमा आफ्न्त नपुगेकोले प्रहरीले शवलाई घेराहालेर राखेको छ । सिलाई सेन्टरका संचालकलाई…

Read More