Author: Nisha Shrestha

काठमाडौँ– युरोपेली मुलुक पोल्याण्डले आफ्नो सीमानामा पर्खाल बनाउने भएको छ । रुसले आफ्नो मुलुकतर्फ पठाउने सम्भावित आप्रवासीलाई मुलुक प्रवेश गर्न नदिन भन्दै पोल्याण्डले १२५ माइल लामो पर्खाल बनाउन लागेको बेलायतको स्काई न्युजले जनाएको छ । पोल्याण्डको दक्षिणपन्थी सत्तारुढ कानून एवम् न्याय पार्टीका महासचिव क्रिस्टोफ सोबोलेव्स्कीले रुसको कालिनिन्ग्राद क्षेत्रसँग जोडिएको सीमानामा पर्खाल लगाउने विषयमा छलफल भइरहेको जनाएका छन् । उनले पोल्याण्डको पोल्स्की १ रेडियोसँग कुराकानी गर्दै यस्तो खुलासा गरेका हुन् । पर्खालमा गतिसूचक यन्त्र एवम् क्यामेराहरु समेत जडान गरिने बताइएको छ । सन् २०२१ मा जस्तै रुसले एसियाली, अफ्रिकी र मध्यपूर्वका आप्रवासीलाई पठाउनसक्ने सम्भावनाबीच पोल्याण्डमा पर्खाल निर्माणबारे विमर्श भइरहेको बताइएको छ ।…

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताएका छन् । शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरूलाई कदर स्वरूप हरेक वर्ष तीन जनालाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताए । बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्‍याउने व्यक्तिहरूलाई शंखधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम सरकारले छलफल गरिरहेको बताए । उनले शंखधर…

Read More

काठमाडौँ – पूर्व सभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एक मात्र एजेन्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरू कुनै एजेन्डा आफूहरूसँग नभएको बताएकी हुन् । उनले अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन् । उनले विगतमा गरिएका सम्पूर्ण कामहरूको पनि जिम्मेवारी लिने बताइन् । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेसा, व्यवसायका मानिसहरूको…

Read More

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र राजनीति दलका नेताबारे सामाजिक सञ्जालबाट लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको पाइए एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । निर्वाचन आयोगले केही सामाजिक सञ्जाल प्रयोगकर्तासमेतबाट फेसबुक पेज ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलको नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । झुठ फेसबुक पेज ग्रुप सिर्जना गरी नेताविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३…

Read More

काठमाडौं – प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन् । सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएमा कारबाही गरिने लमजुङका डीएसपी प्रकाश श्रीमलले बताए । जिल्लामा एक हजार ९७ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन् । मंगलबारदेखि निर्वाचन केन्द्रित सुरक्षामा म्यादी खटेको प्रहरी डिएसपी श्रीमलले बताए ।बेसीसहरमा १० दिनसम्मको तालिम लिएपछि निर्वाचन लक्षित सुरक्षामा खटिन लागेका म्यादी प्रहरीलाई निर्देशन दिइएको हो ।

Read More

काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै सिर्जना गरेको बताए । सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरूलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । अन्य सहयात्री दलहरूको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ छ । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा…

Read More

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणको म्हः पूजामा सरिक भएका छन् । नेवाः खल सिद्धार्थनगरले नेपाल संवत् ११४३ को अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्रीको म्हः पूजा गरिएको हो । कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिका दिन नेवार समुदायले यो पर्व मनाउने गर्छन् । आज हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गर्छन् । गृहमन्त्री खाँणले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको तस्वीरमा माल्यार्पण गरेका थिए ।

Read More

जेनेभा – संयुक्त राष्ट्रसङ्घले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाएको छ। संयुक्त राष्ट्रसङ्घले यहाँ सरकारहरुले राखेका तथ्याङ्कमा भन्दा पनि बढी शरणार्थीहरु रहेका र उनीहरुका समस्या पनि निकै धेरै रहेका बताएको हो। साथै यहाँ पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका र आगामी दिनमा यो सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसङ्ले दिएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले सो कुरा बताएका हुन्। उनका अनुसार अफ्रिकी देशहरुमा शरणार्थीहरुको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था पनि अज्ञात रहेको छ। सोमालिया र केन्याको पाँच दिने भ्रमण सकेसँगै मङ्गलबार दिएको प्रतिक्रियामा उनले सो कुरा बताएका…

Read More

भक्तपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठानले आज शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वा: को प्रतिमामा माल्र्यापर्ण गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए । देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्चा गर्दै उनले आगामी निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने बताए । प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको चर्चा गर्दै सरकारले साख्वा:को योगदानको उच्च सम्मान गर्दै…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन्। नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमिमा बुधबार आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको माल्यार्पण समारोहमा देउवा सहभागी भएका हुन्। कार्यक्रममा संस्कृति मन्त्री, काठमाडौँ, भक्तपुर र ललितपुरका मेयर उपमेयर सहभागी भएका छन्। आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरु गरेका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न…

Read More