Author: Nisha Shrestha

काठमाडौँ – नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको जनाएको छ । विशेष महाधिवेशनका निर्णय बिहीबार बुटवलमा सार्वजनिक गर्दै पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा मशाल राखिएको पत्रकार सम्मेलनमा बताइएको हो । विशेष महाधिवेशनले सन्तबहादुर नेपालीलाई नेकपा मशालको महासचिव चयन गरेको छ । पार्टी प्रमुखलाई महामन्त्री पदावली प्रयोग गर्दै आएकोमा अबदेखि महासचिव पदावली प्रयोग गर्ने मशालले गर्नेछ। नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले पार्टी भित्रका क्रान्तिकारीहरूले लामो समयदेखि पार्टीका गलत नीतिहरू सच्याउन गरेको प्रयास मसालको नेतृत्वले नसुनेकाले आफूहरूले विद्रोह गरेको बताए । नेपाली नेतृत्वको मशालले…

Read More

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् । प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरू मिलेर अलोकतान्त्रिक गठबन्धन कायम गरिएको जानकारी दिँदै संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि अहिलेको गठबन्धन निर्माण भएको प्रष्ट पारे ।

Read More

सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका-१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय छन् भने एक जना नेपाली रहेका छन् । रकम लुटपाट गर्ने उद्देश्यका साथ सहकारी प्रमुखमाथि गोली प्रहार गरी भारतीय नम्बरको मोटरसाइकलमा भागेका तीन जनालाई प्रहरीले नेपाल-भारत सीमाबाट बुधबार राति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । घटनाको मुख्य योजनाकार एवं सहयोगी सर्लाहीको धनकौल गाउँपालिका-१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र…

Read More

महेन्द्रनगर – सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले मानव श्रोत विभागमा दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा प्रसाद भट्टराईको काज सरुवा गरेको छ । मन्त्रीस्तरीय बैठकले असोज ३१ गते गरेको निर्णयअनुसार डिआइजी भट्टराई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार काज सरुवा गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । डिआइजी भट्टराईको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय सुनसरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईको काज सरुवा गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । निर्वाचनको मुखमा काज सरुवा गरिएको हो ।

Read More

काठमाडौँ – कोरोनाविरुद्धको खोप अभियान सुस्त भइरहेका बेला सरकारसँग मौज्दात रहेको कोभिड १९ विरुद्धको १९ लाख डोज बढी खोपको म्याद नोभेम्बरको अन्तिममा गुज्रिने भएको छ । अहिले देशभरका कोल्डचेनमा रहेको ६३ लाख १७ हजार २०६ डोजमध्ये १९ लाख २३ हजार ९८६ डोज फाइजर खोपको आगामी नोभेम्बरमा म्याद गुज्रिने भएको हो । म्याद गुज्रिन लागेको सो खोप नेपाललाई कोभ्याक्स सुविधामार्फत प्राप्त भएको हो । १९ लाखमध्ये ९ लाख ५५ हजार १२७ डोज १२ वर्ष माथिका नागरिकमा प्रयोग हुने र ९ लाख ६८ हजार ८५९ डोज ५ देखि १२ वर्षसम्मका बालबालिकामा प्रयोग हुने खोप हो । देशभरका कोल्डचेनमा गरी अहिले ४३ लाख…

Read More

काठमाडौँ – यस वर्ष साउन यता डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार कात्तिक २ गतेसम्म सङ्क्रमितको संख्या ४२ हजार ५०४ र मृत्यु हुनेको संख्या ५१ पुगेको हो । डेंगी सङ्क्रमितको यो संख्या सन् २००४ यताकै उच्च हो । महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । डेंगी संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकूल वातावरणमा आठ महिनासम्म जीवित रहन सक्ने र फेरि लामखुट्टेको रूपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरूको भनाइ छ ।

Read More

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्। निर्वाचन आयोगको आग्रहमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले आज सञ्चारकर्मीलाई आयोजना गरेको भर्चुअल तालिममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको उल्लेख गरे। उनले आयोगले निर्वाचन आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेशपूर्ण अभिव्यक्तिलाई व्याख्या गरी त्यसको नियमनको प्रबन्ध गरेको जनाउँदै आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गराउन खोजेकाले यसमा सबैको साथ आवश्यक रहको जनाए। प्रमुख…

Read More

पोखरा – नेपाल आर्मीको जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँचौं स्वर्ण जितेकी छिन् । उनी सम्मिलित आर्मीको टिमले महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेसँगै उनको पदक संख्या ५ पुगेको छ । ५ स्पर्धामा भाग लिएको जयरानीले सबै ५ स्पर्धामै स्वर्ण जितिन् । समध्ये उनले ३ वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । जयरानीसहित सरस्वती भट्टराई, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो । पाँचौं स्वर्ण जित्ने क्रममा जयरानीसहितको आर्मी टिम भाग्यमानी सावित भइन् । कारण यो स्पर्धामा एपीएफ पहिलो भए पनि लेन परिवर्तन गरेका कारण अयोग्य घोषित हुँदा आर्मीले स्वर्ण…

Read More

काठमाडौं – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) पोखरा जाने भएका छन्। पोखरा रङ्गशालामा साँझ हुने राष्ट्रिय खेलकुदको समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिए। प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान गर्नेछन्। संयोजक कुँवरका अनुसार समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ। यसअघि गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। समारोह उपसमितिका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा जस्तै…

Read More

महेन्द्रनगर – सशस्त्र प्रहरी बलमा चार जना सशस्त्र प्रहरी उपरीक्षकको सरुवा भएको छ । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम (१) को खण्ड (ग) र नियमावलीको नियम ३६ बमोजिम सशस्त्र प्रहरी महानिरीक्षकले सरुवा गरेका हुन् । अर्को आदेश नभएसम्मको लागि ती चार जना एसपीलाई खटाइएको कार्यालयमा कामकाज गर्न काज खटाइएको पनि पत्रमा लेखिएको छ । काज सरुवा भएका एसपीहरुमा सशस्त्रको नेपाल यु.एन. शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा कार्यरत तीर्थराज पौडेललाई सशस्त्रको नम्बर ६ गण हेडक्वार्टर सप्तरी पुर्याइएको छ । प्रदिप खड्कालाई सप्तरीको नम्बर ६ गणबाट ककनीमा ल्याइएको हो । त्यसैगरी रमेश विक्रम शाहीलाई सशस्त्रको मुख्यालयस्थित मानवस्रोत विभागबाट…

Read More