Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडलाई थप ५ दिन थुनामै राख्न अनुमति लिइएको छ। इलाका प्रहरी कार्यालय झलारीले वैवाहिक जबर्जस्ति करणी मुद्दामा पक्राउ परेका ओडमाथि दोस्रोपटक थप ५ दिनका लागि म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको हो। झलारी प्रहरी स्रोतका अनुसार हिजो (मंगलबार) जिल्ला अदालत कञ्चनपुरबाट ओडमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको हो। कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओड गत महिना इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएका थिए। उनीमाथि घरभित्रै आफ्नै पत्नीमाथि बलात्कार गरेको आरोप छ। उनकी पत्नीले जबर्जस्ति करणीको कसुरमा गत वर्षको २० चैतमा उजुरी दिएकी थिइन्। त्यसपछि गत महिनाको…

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्‍यो । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा…

Read More

धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा गरेको अवरोधका कारण महत्वपूर्ण कुरा ओझेलमा परेको बताएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर गरेको बताउँदै मन्त्री भण्डारीले प्रतिनिधिसभा सञ्चालन गरेर पनि त्यो विषयको सामाधान निकाल्न सकिने बताए । प्रेस चौतारी कैलालीले बुधबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले संसद सुचारु गरेर पनि कांग्रेसले उठाइरहेको मुद्दा उठाउन सकिने तर कांग्रेसले अनावश्यक बखेडा गरिरहेको टिप्पणी गरे । यही कारण प्रतिनिधिसभामा उठाउन गर्नैपर्ने धेरै महत्वपूर्ण कुरा ओझेलमा परेको उनी बताउँछन् । कांग्रेस व्यक्ति केन्द्रीत हुँदा संसदमा उठाउनुपर्ने अन्य महत्वपूर्ण विषय ओझेलमा परेको…

Read More

काठमाडौं : भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरेर नेपाल फर्काउने काम भइरहेको छ । बन्धक बनाउने काममा संलग्न दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मुख्तकिम आलम र मो. साजाद पक्राउ परेका हुन् । मंगलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको छ । कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दूतावासले जनाएको छ । उनीहरूलाई करिब ३ महिनादेखि बन्धक बनाएको थियो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र…

Read More

धनगढी: नेपाली सेनाका प्युठ धनबहादुर ओलीको मृत्यु भएको छ। खानेपानी बन्द भएपछि हेर्न गएका बाँकेको बैजनाथ गाउँपालिका–४ घर भएका उनको हिजो निधन भएको सेनाले जनाएको छ। भीरबाट लडेर उनको ज्यान गएको हो। उनी बाजुराको हिमाली गाउँपालिका–५ स्थित सुरक्षा पोष्ट, तिथिचौरमा बाहिरी मुहानबाट आउने खानेपानी बन्द भएपश्चात् बनाउन भनेर ब्यारेकबाट निस्किएका थिए। सो क्रममा भीरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको हो। अहिले उनको शव पोष्टमार्टमको लागि कोहलपुर लगिएको बताइएको छ।

Read More

काठमाडौं: बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय स्टोरमा आगलागी हुनुमा मानवीय त्रुटी जिम्मेवार ठहर्याइएको छ।  ठूलो मात्रामा हातहतियार क्षति हुनेगरी भएको आगलागीको कारण पहिल्याउन गठित समितिले सुरक्षा कमजोरीका कारण घटना भएको निष्कर्ष निकालेको हो। समितिले घटनामा जिम्मेवार ठहर गर्दै दुई एसपीसहित सात जनालाई विभागीय कारबाहीको लागि सिफारिससमेत गरेको छ।  एआईजी वंशीराज दाहाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा दुई छानविन समिति बनाइएको थियो। दुबै समितिले ९ नम्बर पशुपति बाहिनीका एसपी अर्जुन खत्री र भण्डार महाशाखाका एसपी राजेन्द्र श्रेष्ठसहित सात जनालाई कारबाहीको सिफारिस गरेको छ। उनीहरुले आगोको धुवाँ देख्नबित्तिकै तत्काल ‘रेस्पोन्स’ गर्न नसकेको छानबिन समितिको…

Read More

धनगढी: बझाङ घर भएका नेकपा एमालेका युवा नेता एवं केन्द्रीय सदस्य ऐन महर र उनीसँगै नाजायज सम्बन्ध रहेको दाबी गर्ने रश्मिला कुमारी धामीबीच मुद्दायुद्ध चलेको छ। एमालेकै राजनैतिक पृष्ठभूमि बोकेकी बझाङकै रश्मिला र महरबीच एकले अर्कोलाई मुद्दा हाल्ने क्रम जारी छ। प्रहरी स्रोतका अनुसार हालै महरले रश्मिलाविरुद्ध प्रहरीमा हनि ट्रयापिङको मुद्दा हालेका छन्। हालै महरले प्रहरी परिसर, काठमाडौंमा मुद्दा हालेकोमा रश्मिलाले पनि महरविरुद्ध हुलाकमार्फत रेप केस (जबर्जस्ती करणी) को मुद्दा हालेको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोमा अहिलेसम्म कसैलाई पक्राउ भने गरेको छैन। धामीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट भने पक्राउ पुर्जी जारी भसकेको स्रोतको दाबी छ। यस अगाडि पनि धामी पक्राउ…

Read More

धनगढी : नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा अटाएका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् । उनले एक स्थान सुधार गरेका हुन् । टी–२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् । दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन अली ९ औं र लियाम लिभिङस्टोन ८ अ औं स्थानमा छन् । दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३ औं स्थानमा छन् । टी-२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औं र गुलशन झा ६० औं स्थानमा यथावत्…

Read More

धनगढी : कैलाली धनगढी उप-महानगरपालिका ५ लब्लिचोकबाट अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलिले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सामान बरामद गरेको हो । झण्डै १२ लाख ९ हजार मुल्य बराबरको कुर्ति, साडी, कुर्ति सेट, सेण्डो र उक्त सामान बरामद गरेको प्रहरीले जनाएको छ । साथै सु.प.प्र.०१००१ से ४७७९ नम्बरको अटो समेत बरामद गरि सामानसहित त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।

Read More

काठमाडौं : रूखमा बाँधेर मानिस जलाएको घटना अनुसन्‍धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।  गत शुक्रबार बिहान साढे ८ बजे काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ जिरोकिलोस्थित बिराजे खोल्चा वनमा एक पुरूष मृत फेला परेका थिए। दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पाका ५४ वर्षीय विष्णुप्रसाद सुवेदीको शव फेला परेको थियो।  घटना शंकास्पद भएसँगै सिआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक विश्लेषणका लागि टोली खटिएको डिएसपी राजकुमार श्रेष्ठले बताए। सिआइबीको टोली बोधिचित्त मालाको घटनामा अनुसन्धान गर्न यसअघि नै काभ्रेमा थियो। सोही टोलीले यसमा थप सहयोग गरेको हो। मृतक सुवेदीको पहिचान मंगलबार मात्रै खुलेको थियो। उनका छोराले दाँतमार्फत् सनाखत…

Read More