Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रहरीले फुटबलर दिनेश राजवंशीसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुलाई मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ गरिएको हो । राजवंशीसहित उनका तीनजना साथीहरुलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । राजवंशी सहितको समूहलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । नेपालको राष्ट्रिय टिमका पूर्व खेलाडी दिनेश अहिले अष्ट्रेलियामा बस्दै आएका छन् ।

Read More

दमास्कस : सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौजना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्यस्थल र हतियार डिपोमा आक्रमण गरेका कारण गम्भीर घाइते भएका लडाकूको सङ्ख्या अझै धेरै रहेको कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ । पेन्टागनले इराक र सिरियामा अमेरिकी सैनिकमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले पूर्वी सिरियाको एक क्षेत्रमा ‘आत्मरक्षाका लागि हवाई आक्रमण’ गरेको जनाएको छ ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अझै आर्थिक दबाबमा रहेको बताएका छन्। बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका अधिकांश सूचक केही सकारात्मक भए पनि अझै आर्थिक दबाब कायम रहेको उल्लेख गरे। उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। उनले देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताए। उनले आर्थिक दबाब चिर्न रणनीतिक कदम चाल्नुपर्ने महसुस भएको बताए। उनले भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेका सन्दर्भमा देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ। अहिले अर्थतन्त्रका अधिकांश सूचक केही सकारात्मक भए पनि अझै हामी आर्थिक दबाबमा छौँ।…

Read More

धनगढीः बैतडीमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, बैतडीले चाडपर्वको समयमा आपराधिक घटना हुन सक्ने भएकाले राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको जनाएको हो। देउसी–भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले सबैले सचेत रहन, म्याद नाघेका सामग्रीहरू बिक्री नगर्न, पटाका, भुईचम्पाजस्ता विस्फोटक वस्तुहरूको बिक्री वितरण नगर्न समेत आग्रह गरेका छन्। यस्तै, तिहारको समयमा जुवातास खेल्ने र खेलाउने कार्य गरिएमा कानुनअनुसार कारबाही हुने उनले बताए। मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम गरेमा कानुनअनुसार कारबाही…

Read More

धनगढीः सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन्। धनगढीमा यहीँ मंसिर २२ गतेदेखि सुरु हुने महोत्सवको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने आयोजक कैलाली उद्योग वाणिज्य संघले बताएको छ। मंगलवार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेरै महोत्सवको उद्घाटनका लागि निम्तो दिएको थियो। सुदूरपश्चिम महोत्सवको १७ औँ संस्करण यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीको पशुपति टोलमा आयोजना हुँदैछ।

Read More

काठमाडौँ : सामाजिक सञ्जालक कम्पनी मेटाको भगिनी कम्पनी इन्टाग्रामले नयाँ–नयाँ फिचरमा काम गरिरहेको छ । कम्पनीले अहिले अर्को नयाँ फिचर परीक्षण गरिरहेको छ । यो फिचरको मद्दतले इन्ष्टाग्राममा कसैले पनि गरेको डाइरेक्ट म्यासेज तपाईँले पढे नपढेको म्यासेज पठाउनेले पत्तै पाउने छैन । यो फिचर ह्वाट्स एपको रिड रिसिट फिचरसँग मिल्दोजुल्दो छ । अर्थात् यो फिचरले युजरलाई एपको डाइरेक्ट म्यासेजमा रीड रिसीटलाई बन्द गर्ने सुविधा दिनेछ । मेटाकै अर्को सहायक कम्पनी ह्वाट्सएपले पहिला नै यस्तो खालको फिचर ल्याइसकेको छ । आफ्नो ब्रोडकाष्ट च्यानलमा एउटा सन्देशमा इन्ष्टाग्रामका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एडम मोसेरीले यो फिचरबारे कुरा गरेका थिए । कम्पनीले डाइरेक्ट म्यासेजमा…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते कागजात बनाएर बिक्री गरेको आरोपमा भारतीय नागरिक अनुप मेहरामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो जग्गा प्रकरणमा भारतीय नागरिक मेहरामाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दामा जग्गा बिक्रीकर्ता मेहरा रहेको आयोगको छानबिनबाट देखिएको थियो । भारतीय नागरिक मेहराले हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरू भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा कानुन विपरीत तीन परिवार सङ्ख्या कायम गरी गैर-कानुनी निर्णय गर्न लगाएका थिए । मेहरालाई सहयोग गर्ने नवलपरासीस्थित मालपोत कार्यालयका तत्कालीन…

Read More

काठमाडौं : रेशम चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पुस १६ गतेका लागि तोकिएको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको थियो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको जानकारी दिएका थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

Read More

काठमाडौँ : सर्लाहीस्थित प्रहरी चौकी सङ्ग्रामपुरका इन्चार्ज मनोज यादवलाई निलम्बन गर्ने निर्णय गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) यादवले नेपाल–भारत सीमा वारपार फूलको कारोबार गर्ने व्यापारीसँग घुस मागेको आरोप छ । असई यादवलाई निलम्बन गरिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए । यादव प्रहरी चौकी सङ्ग्रामपुरका इन्चार्ज थिए । रकम मागेको मौखिक उजुरपछि उनलाई निलम्बन गरेर घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले छानबिन गरिरहेको छ । छानबिनका लागी डिएसपीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको एसपी धितालले जानकारी दिए । गत शुक्रवार दुई जना तस्करलाई सामान र मोटरसाइकल सहित नियन्त्रणमा लिएर असई मनोज यादवले ५० हजार रुपैयाँ लिएको पनि आरोप छ…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा दुवै पक्षलाई बहस नोट बुझाउन आदेश दिएको छ। बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले एक महिनाभित्र अर्थात मंसिर २२ गतेसम्म बहस नोट बुझाउन दुवै पक्षका वकिललाई आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले बताए। उनका अनुसार अर्को पेशी मंसिर २४ मा तोकिएको छ।

Read More