Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप २०२३ को फाइनल खेलमा घरेलु टोलीले टस हारेको छ। अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी रङ्गशालामा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। खेल दिउँसो सवा २ बजे सुरू हुनेछ। एक दिवसीय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन्। जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो। यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई डिएल मेथडमा ४८ रनले हराएको थियो। हालसम्म विश्वकपका १३ खेल भएका छन्। अस्ट्रेलियाले पाँच पटक विश्वकपको उपाधि जित्दा भारतले दुई…

Read More

बझाङ : बझाङस्थित सेती नदीमा बगिरहेकी एक बालिकाको उद्दार गरिएको छ। आज बिहान ९.३० बजे जयपृथ्वी नगरपालिका–३ पडेशकी ११ वर्षीया अमिसा ओखेडालाई वडा प्रहरी र स्थानीयले उद्दार गरेको हो। पडेशबाट पुजाको लागि जल लिन आएकी अमिसा पानी भर्ने क्रममा ढुङ्गाबाट चिप्लिएर बगेकी थिइन। उनी बगेको केही तल नदीको बीचमा अड्किएको अवस्थामा स्‍थानीयले देखेका थिए। उनलाई वडा प्रहरी कार्यालय चैनपुरबाट प्रहरी सहायक निरिक्षक हरिशराज पन्तको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोली र स्थानीय मानिसहरुले नदीबाट सकुसल उद्दार गरी आफन्तको जिम्मा लगाएका पठाएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली राष्ट्रिय गीत ‘यो नेपाली शीर उचाली…’ नेपालमा मात्र होइन, नेपाली भाषी बसोबास गर्ने विश्वका धेरै देशमा चर्चित छ। नेपाली राष्ट्रियताको भावना बोकेको यो गीतमा बलिउड अभिनेता विक्की कौशलले पनि नृत्य प्रस्तुत गरेका छन्। विक्कीले आफ्नो आगामी फिल्म ‘साम बहादुर’का लागि उक्त गीतमा नृत्य प्रस्तुत गरेका हुन्। लखनउमा भएको छायाङ्कनमा विक्कीले उक्त गीतमा खुकुरी नाच गरेका हुन्। भारतीय सेनाको गोर्खा रेजिमेन्टका कार्यक्रमहरुमा बजाइने यो गीत विक्कीको फिल्म ‘साम बहादुर’मा पनि समावेश गरिएको छ। फिल्म ‘साम बहादुर’ भारतीय सेनाको गोर्खा रेजिमेन्टका पहिलो प्रमुख साम मनेकसवाको जीवनीमा आधारित छ। लखनउमा भएको फिल्मको छायाङ्कनका क्रममा विक्कीले गीतमा खुकुरी नाच प्रस्तुत गरेका…

Read More

काठमाडौं : चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले दिएको जानकारीअनुसार चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ। उनका अनुसार, जाजरकोटको जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका–४, तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो। यसअघि बारेकोट गाउँपालिका–१, रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड–४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका, बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५…

Read More

धनगढी : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि घरेलु टोली भारत र सर्वाधिक सफल टिम अष्ट्रेलिया आमने सामने हुदैछन्। अहमदाबादमा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। भारतले न्युजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन्। यी दुईबीचको खेल रोचक हुने अनुमान गरिएको छ। यी दुई टोलीबीचको खेलमा कसले बाजी मार्ला ? भनेर अनेक अडकलबाजी भइरहेको छ। यसैबीच आज हामी तपाईंलाई आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको एक रोचक पाटोबारे जानकारी दिँदैछौं। २००७को एकदिवसीय विश्वकप क्रिकेट आईसीसीद्वारा आयोजित नवौं क्रिकेट विश्वकप थियो। क्यारेबियनमा आईसीसी क्रिकेट विश्वकप आयोजना भएको त्यो पहिलो पटक थियो। संयुक्त राज्यको…

Read More

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाँउपालिका-२ मा अवस्थित भागेश्वर मन्दिरमा मंसिर १० गते राती मेला लाग्ने भएको छ। धुराइ जाँतका नामले परिचित उक्त मन्दिरमा मंसिर १० गते  राती (रतेडी) मेला लाग्ने भागेश्वर मन्दिरका पुजारी चन्द्र जैशीले जानकारी दिए। भागेश्वर मन्दिर डडेल्धुरा सदमुकामदेखि करिब चालिस देखि पचास किलोमिटरको दुरीमा महाभारत क्षेत्रमा रहेको छ। सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थल रुपमा रहेको भागेश्वर मन्दिरमा वर्षको चार पटक पूजा गर्ने प्रचलन भएपनि भब्य मेला भने वर्षमा दुई पटक मेला लाग्ने गर्दछ। ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन दिउँसो र ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती लाग्ने गर्दछ। समुद्री सतहदेखि २००२ मिटर अग्लो महाभारत…

Read More

काठमाडौं : झापाका  एक सय जनाभन्दा धेरै युवालाई रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने सञ्जय सरदार विराटनगरबाट पक्राउ परेका छन्। मोरङ पोखरीया घर भएका सरदारले झापा कनकाई नगरपालिका-३ सुरुङ्गा बजार र कनकाई टोल तथा झापा गाउँपालिका क्षेत्रका एक सय जनाभन्दा धेरै युवालाई राम्रो रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति एक लाखदेखि ३ रुपैयाँ लाखका दरले रकम उठाएका प्रहरीले जनाएको छ। सरदारले त्यहाँका अरु मानिसहरूलाई समेत राम्रो अवसर भएको देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको पाइएको प्रहरीको भनाइ छ। सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र वैदेशिक रोजगारी विभागमा समेत उजुरी रहेको छ। सरदारले स्थानीय युवालाई आकर्षक तलबमा…

Read More

धनगढी : सुदूरपश्चिममै पहिलो पटक कैलालीको धनगढीमा मासुको अचार उद्योग सञ्चालनमा आएको छ। धनगढी उपहानगरपालिका-१९ फुलबारीस्थित पच्चीसघरमा नन्द भाउजूले ‘हाम्रो नेपाली मिठो अचार’ नामक अचार उद्योग सञ्चालनमा ल्याएका हुन्। पच्चीसघरका नन्दभाउजू नाता पर्ने रिना बस्नेत र शान्ति कार्कीले मासुलगायत एघार किसिमको अचार उपलब्ध गराउने गरी उद्योग सञ्चालनमा ल्याएका छन्। धनगढीमै तीन महिने अचार बनाउने तालिम लिएका बस्नेत र कार्कीले सोमबारबाट आफ्नो उद्योगको अचार बजारमा ल्याएका हुन्। करिब एक लाखको लागतमा सुरू गरेको अचार उद्योगमा खसीको, लोकल, बोईलर कुखुराको, माछाको लगायत एघार किसिमको अचार बिक्री गर्न राखिएको उद्योग सञ्चालिका रिना बस्नेतले बताइन्। उनले सुदूरपश्चिममै पहिलो पटक मासुको अचार बजारमा ल्याइएको बताइन्। आधा…

Read More

टीकापुर: कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। शनिबार १० हजार ६०० पर्यटकले उद्यानको अवलोकन गरेका हुन्। उद्यानमा दशैं तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन्। शनिबार पर्यटकबाट रु तीन लाख २५ हजार राजस्व सङ्कलन भएको छ। उद्यानमा यही मङ्सिर १ गते रु एक लाख राजस्व सङ्कलन भएको थियो। उद्यान दशैं तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ। पर्यटकहरू उद्यानमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन्। थरिथरिका व्यक्ति, थरिथरिका पोशाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ। उद्यानका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिबार भित्रिएका…

Read More

काठमाडौं: विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा जम्दै गरेका सुदूूरपश्चिमका अबिनाश थापा काजीको गीत ‘छोडी जाने’ सार्वजनिक भएको छ। प्रमोद खरेलको स्वरमा रहेको उक्त गीत कमल अधिकारीको यूट्युब च्यानलामा सार्वजनिक भएको हो। गीतको निद्रेशन रमेश बिजुली बिसि र छायांकन सोनु बिकले गरेका छन्। यस्तै मोडलिङ्ग थापा काजी, भावाना बान्तोला र प्रभाश सिलवालले गरेका छन्। विगत ८ वर्ष देखि निरन्तर रुपमा मोडलिङ्ग गर्दै आएका अबिनाश थापा काजीले २० वटा आधुनिक गीत र तीन वटा देउडा गीतमा अभिनय गरेका छन्। https://www.youtube.com/watch?v=FEu2kbCxxPY&embeds_referring_euri=https%3A%2F%2Fprajatantradaily.com%2F&source_ve_path=OTY3MTQ&feature=emb_imp_woyt

Read More