Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : राष्ट्रिय सूचना आयोगले हरेक तीन–तीन महिनामा सार्वजनिक गर्नुपर्ने सूचना देशभरका अदालतलाई प्रकाशन गर्न र सूचना अधिकारी तोक्न निर्देशन दिएको छ। आयोगको गत कात्तिक २४ गतेको बैठकले प्रत्येक तीन–तीन महिनामा गर्नु पर्ने स्वतः प्रकाशन गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमार्फत सबै अदालतलाई सूचनाको हकसम्नधी ऐनअनुसार उक्त निर्देशन दिएको हो। आयोगले सूचना अधिकारी तोक्न वा स्वतः प्रकाशन हुन बाँकी रहेका सूचना सार्वजनिक गर्न, अदालतहरूमा सूचना अधिकारी तोकी निजको नाम र सम्पर्क नम्बर तथा इमेल सार्वजनिक गर्न निर्देशन दिएको हो। हालै सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको सम्मेलनका क्रममा कतिपय अदालतमा कानुन बमोजिम तोकिनुपर्ने सूचना अधिकारी नतोकिएको र स्वतः…

Read More

धनगढी : फोक्सोमा सङ्क्रमण भई काठमाडौँमा उपचाररत सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको उपचारमा समस्या भएको छ। काठमाडौँको सिनामंगलस्थित केएमसी टिचिङ अस्पतालमा उपचाररत चौधरीको उपचारमा आर्थिक समस्या भएको परिवारजनले बताएका छन् । ‘उपचार जारी छ। केही दिनदेखि आइसियुमा उपचार भइरहेको छ। औषधी जारी छ। ल्याएको पैसा सकायौ। आर्थिक समस्याले सताउन थालेको छ,’प्रदेश सभा सदस्य चौधरीकी पत्नी सरस्वती चौधरीले बताइन्। प्रदेश सभा सदस्य चौधरीकी धर्मपत्नी सरस्वती चौधरीले प्रदेश सभा सदस्य चौधरीको नियमित स्वास्थ्य जाँचको क्रममा कार्तिक अन्तिम साता भक्तपुरको सल्लाघारीस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र पुगेका थिए। त्यसै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई केएमसी टिचिङ अस्पताल रेफर गरिएको थियो। फोक्सोमा…

Read More

कञ्चनपुर : कञ्चनपुर प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादीलाई तीन दशकपछि पक्राउ गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ का धनबहादुर सुनारलाई शुक्रबार पक्राउ गरी कारागार चलान गरिएको हो। सुनारलाई जिल्ला अदालत कञ्चनपुरले २०५० फागुन १५ गते कुटपिट मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो। सुनारलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए।

Read More

काठमाडौँ : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धी कागजात छानबिन गरी पेस गर्न संसदीय समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ। जन्ममिति ढाँटेर प्रहरी सेवा प्रवेश गरेको भन्दै उजुरी परेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न शुक्रबार निर्देशन दिएको हो। नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको भन्दै ज्ञवालीविरुद्ध २०७९ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। प्रारम्भिक छानबिनपछि अख्तियारले प्रमाण खुलेमा कानुनबमोजिम हुने गरी उजुरी तामेलीमा पठाएको थियो। प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख रहेका ज्ञवालीको नागरिकतामा उमेर २०२४ चैत…

Read More

महोत्तरी : महोत्तरीस्थित बर्दिवास–२ मा दुई जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाइएको छ। २०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिबासले बर्दिवास–८ बस्ने दल बहादुर भुजेलको प्रतिलिपी जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा मै जारी गरेको बर्दिवास–२ का दलबहादुर भुजेलको नम्बर एउटै रहेको खुलेको हो। संयोगले नाम र वुवाको नाम मिले तापनी उनीहरु फरक–फरक व्यक्ति हुन्। उनीहरुको नागरिकता नम्बर ०४९७०२१५ मात्र होइन, जन्ममिती, बुवाको नाम समेत मिलेको छ। तर, दुवै भुजेलहरुको नागरिकता जारी भने फरक–फरक मितिमा भएको देखिएको छ। अहिले हात्तिलेट बस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास–२ बस्ने भुजेलको नागरिकता…

Read More

बुटवल: बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी एफसीबीच यही मङ्सिर २ (आज) र ४ गते बुटवलस्थित एन्फा प्राविधिक केन्द्रमा मैत्री खेल हुँदैछ। आजकाे खेल दिउँसो ३:०० बजे सुरु हुने छ। मङ्सिर ८ बाट काठमाडौंमा हुने नेपाल सुपर लिगअघिको प्रि-सिजन खेलको रूपमा याे खेल हुन लागेकाे हाे। बुटवल लुम्बिनी एफसीले विगत दुई सातादेखि रुपन्देहीको बुटवलमा एनएसएलको प्रशिक्षण गरिरहेको छ। धनगढी एफसी मङ्सिर १ गते बुटवल आइसकेको छ।

Read More

बैतडी: बैतडीकी एक महिला विगत २० दिनदेखि बेपत्ता छिन् । जिल्लाको पाटन नगरपालिका–६ कर्णेलीकी २४ वर्षीया सुनिता विक बेपत्ता भएकी हुन्। घरबाट माइत जान्छु भन्दै हिँडेकी सुनिता सोही दिनदेखि सम्पर्कविहिन रहेके उनका श्रीमान तारा विकले बताए। बेपत्ता भएकै दिनदेखि ती महिलाको खोजी कार्य गर्दा पनि नभेटिएकी उनले बताए। परिवारले बेपत्ता सुनिताको खोजी कार्यका लागि प्रहरीलाई समेत आग्रह गरेको छ। बेपत्ता सुनिता विकका १० वर्षीय छोरा, ८ वर्षीया छोरी र ६ वर्षीय छोरा छन्। श्रीमान तारा विक भारतमा रोजगारी गर्दै आएका छन्। तारा केही दिन अघि मात्रै दशैँ तिहार मनाउन घर फर्केका थिए।

Read More

काठमाडौँ : हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘मिडहीली’को आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रमा साताभरि उल्लेखनीय परिवर्तन नहुने तथा हालको अवस्थाभन्दा १ देखि १.५ डिग्रीले घट्ने सम्भावना रहेको छ ।

Read More

धनगढी: गएराति धनगढीमा भएको भीषण आगलागीले सारथी अस्पताल जलेर ध्वस्त भएको छ । छेउमै रहेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताल नै ध्वस्त भएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्षदेखि करोडौँको लगानीमा सञ्चालनमा आएको उक्त अस्पताल आगलागीले ध्वस्त बनाएको छ। अस्पताल नजिक अचानक आगलागी हुँदा त्यहाँ उपचाररत आधा दर्जन बिरामीलाई राति नै अन्यत्र सारिएको थियो। मानवीय क्षति नभए पनि आगलागीले अस्पतालका यन्त्र उपपकरणहरुमा ठुलो क्षति भएको अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीले जानकारी दिए। उनले क्षतिको विवरणबारे अहिले भन्न नसकिने बताए। आगलागीबाट अस्पतालसहित आठ पसलमा क्षति पुगेको छ ।

Read More

धनगढीः कैलालीमा जग्गाको विषयलाई लिएर ज्यान गुमाएकी मन्जु रावलका बालबालिकालाई उच्चशिक्षा अध्ययनका लागि आर्थिक सहयोग गरिएको छ। रावलका बालबालिकाकालाई लम्कीचुहा नगरपालिकाले उच्चशिक्षा अध्ययनका लागि १ लाख ५० हजारको चेक दिएको छ। नगरपालिकाकी नगर प्रमुख शुसिला शाहीले आज उक्त चेक स्वर्गीय रावलका छोरा बिवेक रावललाई हस्तान्तरण गरेकी नगर प्रमुखको सचिवालयका सदस्य सुरेश उपाध्यायले जानकारी दिए। चेक हस्तान्तरण गर्दै नगर प्रमुख शाहीले केही भए पनि यो रकमले राहत पुग्ने बताएकी छिन्। लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया स्वर्गीय मन्जु रावल जेठ २५ गते वकिललाई भेट्न मसुरीया जान्छु भनि घरबाट गएको र सोही दिनको साँझदेखि बेपत्ता थिइन्। जग्गाको विषयलाई लिएर चार जनाले उनको हत्या…

Read More