Author: महेन्द्रनगर पोष्ट

जाजरकोट : गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार २ छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन्। घर भित्रबाट बाहिर निस्किने क्रममा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन्। उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा रात बिताउँदै आएकी छन्। उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो महसुस हुन्छ। खुल्ला सडकभन्दा माथि त्रासले जान नसकेकी थापाका १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बर्बराउँछन्। भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामबासी अहिले सडकको छेउछाउमा रातदिन कटाइरहेका छन्। सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाममा भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर…

Read More

सर्लाही : सर्लाहीमा एक जना वडाध्यक्ष जेल चलान भएका भएका छन्। धनकौल गाउँपालिका–५ वडाध्यक्ष गजेन्द्र महतो पुर्पक्षमा कारागार चलान भएका हुन्। सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले उनलाई पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो। केही महिनाअघि गाउँम भएको कुटपीटको घटनामा महतो समेत संलग्न रहेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर गरेको थियो। त्यसपछि फरार महतो आज अदालत खुल्ने बितिक्कै आफैं त्यहाँ उपस्थित भएपछि जेल चलान भएका हुन्। उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन्। उनलाई गौर कारागार, रौतहट चलानको तयारी गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्नुपर्ने अवस्था आएको जनाएको हो। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन्। अब छिमेकी मुलुक भारतमा रहेको दूतावासले नै नेपाल मामिला हेर्नेछ।

Read More

काठमाडौं : बुधबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। बुधबारका लागि छापावाल सुनको मूल्य एक लाख १४ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० र चाँदीको मूल्य तोलामा १ हजार ३८५ रुपैयाँ कायम भएको छ।

Read More

काठमाडौं : सरकारले दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ। विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरुलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो। कालोसूचीमा परेका कम्पनीले सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउँदैनन्। स्पष्टीकरण सोधिएका कम्पनी :

Read More

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–१ कल्पतस्थित दुर्गा परियारलाई मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिडेट कालिमाटी जाजरकोट शाखाले २५ हजार रुपैयाँ सहयोग गरेको छ। कल्पत गाउँ स्थित मेरो कल्पत महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आएकी सदस्य दुर्गा परियारका दुई छोराको गत १७ गतेको बिनाशकारी भूकुम्पमा परी मृत्यु भएपछि किरिया खर्च स्वरूप उक्त रकम प्रदान गरिएको हो। अनुगमन कार्यालय बिरेन्द्रनगर सुर्खेतका अनुगमन अधिकृत जयन्त भन्डारीले पीडित परिवारलाई रकम हस्तान्तरण गरेको शाखा प्रबन्धक प्रेमबहादुर बिकले जानकारी दिए। सदस्य दुर्गाले २०७८ देखि मेरो माइक्रोफाइनान्स कालिमाटी शाखा अन्तर्गत समूहमा आवद्ध भएर कारोबार गर्दै आएकी थिइन्।

Read More

जाजरकोट : जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८० हजार नागरिक प्रभावित भएका छन्। जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। जिल्लामा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको छ। प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ। जाजरकोटमा मात्रै भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ।

Read More

काठमाडौं : आईसीसी एकदिवसीय क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दैछन्। खेल दिउँसो सवा २ बजे शुरु हुने छ । दुवै टोली जारी विश्वकपको सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन्। सात खेलमा दुई खेल जितेर चार अङ्क जोडेको नेदरल्याण्ड्स तालिकाको नवौँ र समान सात खेलमा एक खेल जितेर २ अङ्क जोडेको इंग्ल्याण्ड तालिकाको पुछारमा रहेको छ। यसैबीच भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ। अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो। यी दुई देशबीच कात्तिक ३० गते कोलकाताको इर्डेन गार्डेन…

Read More

भजनी : बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन्। राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ। उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन्। कैलालीको टीकापुरका धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको बताए। ‘मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती सुरु गरेका छौँ,’ उनी भनछन्, ‘मिल सञ्चालन भए उखु खेती थप विस्तार गर्ने योजना छ।’ राजापुर सुगर एण्ड केमिकल्स प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले आगामी वर्ष मिल सञ्चालन गर्ने गरी काम भइरहेको बताए। ‘किसानलाई उखु खेतीका लागि आग्रह गरेका छौँ’, उनले भने,…

Read More

धनगढी : प्रहरीले लागुपदार्थ ब्राउनसुगरसहित कैलालीको धनगढीबाट दुईजनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट ६ सय मिलिग्राम ब्राउनसुगरस्तो देखिने धुलो पदार्थसहित धनगढी–३ का १८ बर्षीय किशोरसमेत २ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारेको हो। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More