Author: Nisha Shrestha

डडेल्धुरा – डडेल्धुरा र डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा अर्थात ट्रायल सुरु भएको छ। दुबै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रयोगात्मक परीक्षाको उद्धाटन गरेका हुन्। शनिबार बिहान डोटी जिल्लामा प्रयोगात्मक परीक्षाको उद्धाटन गरेका मुख्यमन्त्री भट्टले दिउसो डडेल्धुरामा ट्रायल उद्धाटन गरेका हुन्। नेपालमा सबैभन्दा बढी सवारी दुर्घटनाबाटै नागरिकले ज्यान गुमाइरहेको बताउँदै कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘लाइसेन्स प्राप्त गर्नु मात्रै ठुलो कुरा होइन। सवारी चालकले सुरक्षित भएर सवारी साधन चलाउन आवश्यक छ।’ उनले प्रदेश सरकार आएपछि थुप्रै सेवा विस्तार भएर नागरिकलाई सहज हुँदै गएको बताउँदै सोही क्रममा डोटी र डडेल्धुराबाट लाइसेन्स जारी गर्ने कार्यको पनि सुरुवात गरिएको बताए।…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम पाए गठबन्धन गर्न नसक्ने बताएका छन् । अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि सिट संख्या १०० बाट घटाउन नसकिने उनले बताए । कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’ नेपाली कांग्रेस मोरङ क्षेत्र नं-६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे ।

Read More

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुती सुरु भइरहेको बताउनुभयो । हिजोको बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल गर्न दशवटा समूह बनाइएको थियो । अहिले समूहका नेताहरूको प्रतिवेदनमाथि समूहगत निष्कर्ष भइरहेको छ । समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसङ्गठन तथा प्रवास र केन्द्रीय विभागमा विभाजन गरिएको छ । समूहगत छलफलपछि आएको सुझावको…

Read More

रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दलीय आग्रहभन्दा माथि उठेर विकासका काममा अघि बढ्नुपर्ने बताएका छन् । बुटवलमा सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै उनले दीर्घकालीन योजनामा दलीय कुण्ठा नराखेर निरन्तरता नदिए समृद्धि आउन नसक्ने बताएका छन् । पौडेलले रुपन्देहीका जनता र जनप्रतिनिधि विकासको नमुना बनेको बताए । ‘यहाँको विकासको गतिले यहाँका जनप्रतिनिधि र स्थानीय गफ गर्ने होइन भन्ने प्रमाणित भएको छ, देशको नमुना बनेको छ, विकासका नमुना मान बनेको छ, विभिन्न क्षेत्रबाट यहाँको मोडल हेर्न आउने अवस्था बनेको छ’ उनले भने । बुटवलका जनताको चाहानाले नै यसले सार्थकता पाएको उनले बताएका छन् ।सम्मेलन केन्द्र सञ्चालन मोडालिटि छिटो बनाउनुपर्ने, यो…

Read More

रुपन्देही – सहरी विकासमन्त्री मेटमणी चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् । बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए । मन्त्री चौधरीले संविधानविरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यसमेत रहेका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए।

Read More

काठमाडौं – हरितालिका (तीज)का अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न दिइँदैन । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिबानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए । सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एकसय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय…

Read More

काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचनसम्बन्धी निर्देशिकाहरु जारी भएपछि त्यसका आधारमा सामग्रीहरुलाई अन्तिम रुप दिइने बताए । आयोगका मतदाता शिक्षा तथा सूचना शाखाका प्रमुख अर्यालले विद्युतीय (डिजिटल) स्रोत सामग्रीको उत्पादनमा विशेष जाड दिइने र…

Read More

काठमाडौं – अवैध र अनधिकृत रुपमा प्रयोग भइरहेका घर-टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ । वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ । महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो । महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली वनस्थली चोकमा रहेका छ्न् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको पाण्डेले बताए। महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भर्‍याङ, एउटा…

Read More

काठमाडाैं – पछिल्लो २४ घण्टामा मुलुकभर ४८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार १८८ नमूना परीक्षण गर्दा ४८७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ८०६ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितमध्ये ४ हजार १२३ जना होम आइसोलसनमा, १७५ जना संस्थागत आइसोलेसन, ५० जना आईसीयू र २…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाविटा हाउसमा डोजर चलाएको छ । भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर भएसँगै महानगरले पार्किङका लागि खाली गर्न लागेको हो । नक्सा इजाजतको अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तवरले तल्लो तलामा पसल सञ्चचालन गरेको ठहर गरेको हो । बिहान मेयर बालेनसहितकाे टाेली निरिक्षणका लागि पुग्दा र अल्फा हाउसका घरधनीबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो । बालेनले घरधनीसँग नक्सा मागेका थिए, तर घरधनीले महानगरमै भएको जवाफ दिएपछि बालेन जंगिएका थिए । बालेनले नक्सा लिएर महानगरमा उपस्थित हुन भनेका थिए । मेयरका स्वकीय सचिव भुपदेव शाहका अनुसार महानगरले…

Read More