Author: महेन्द्रनगर पोष्ट

पोखरा : गोरखामा घर जलेर आमाछोराको मृत्यु भएको छ। धार्चे गाउँपालिका १ हुल्चुकमा शनिबार राति घरमा लागेको आगलागीमा परेर उनीहरुको मृत्यु भएको वडाध्यक्ष रामसिं गुरुङले जानकारी दिए। उनका अनुसार ७८ वर्षकी आमा कान्छी गुरुङ र ५३ वर्षका छोरा चनारसिं गुरुङको मृत्यु भएको हो। घर पूर्ण रुपमा जलेर सकिएको छ। जाडोको समयमा आगो ताप्दै घरभित्र सुत्ने उत्तरी गोरखामा धेरैको चलन छ। उनीहरु पनि आगो ताप्ने क्रममा घटना भएको हुनसक्ने बताइएको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगिसकेको छ।

Read More

काठमाडौं : फार्मेसी सहायक पदका लागि लिएको परीक्षामा एक जना पनि उत्तीर्ण नभएको लोक सेवा आयोगले जनाएको छ। आयोगको जलेश्वर कार्यालय र पोखरा कार्यालयले लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण नभएका हुन्। आयोगले जारी गरेको सूचनाअनुसार जलेश्वर कार्यालयमा खुलातर्फ एक जना सहायक फार्मेसी पदको विज्ञापन खुलेकोमा लिखित परीक्षामा १३ जना सहभागी भएका थिए। त्यस्तै पोखरा कार्यालयमा महिला कोटामा १ जनाको माग भएकोमा लिखित परीक्षामा ३ जना सहभागी भएका थिए। तर, कोही पनि उत्तीर्ण नभएको आयोगले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको लालझाडीमा आइतबार बिहान श्रीमान् श्रीमती मृत फेला परेका छन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–१ बिनबारीमा श्रीमान् श्रीमती आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन। बिनबारीका २६ वर्षीय श्याम कुमार राना र उनकी श्रीमती २५ वर्षीया पत्नी पुष्पा राना आफ्नै कोठाको धुरीमा कपडाको एकै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीलेजानकारी दिए। राना दम्पतिले आत्महत्या गर्नुको कारण खुलेको छैन। श्रीमान् श्रीमतीबीच घरायसी झगडा हुने गरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ। शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरको एक सहकारीबाट रुपैँया चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–१ का २६ वर्षीय अमृत सार्की र भीमदत्त नगरपालिका– १२ ऐरी गाउँका २३ वर्षीय सुन्दर टमटा रहेका छन्। इलाका प्रहरी कार्यालय दोधरा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होमप्रकाश चौधरीका अनुसार कार्तिक २२ गते राती दोधारा चाँदनी नगरपालिका–२ मा रहेको चाँदनी कृषी सहकारी संस्था लिमिटेडबाट ५ लाख ५१ हजार ७१८ रुपैयाँ चोरी भएको थियो। सोही चोरीको आरोपमा दुवैजनालाई हिजो (शनिवार) भीमदत्त नगरपालिका –४ मदनचोकबाट पक्राउ गरिएको थियो। पक्राउ परेका दुवै जनाको साथबाट नगद २ लाख ३ हजार ८८० रुपैँया र तीन थान मोबाइल फेला परेको…

Read More

काठमाडौँ : दीपावली अर्थात् तिहार बिदामा पनि सर्वोच्चले अत्यावश्यक सेवा दिने भएको छ। बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत तिहार बिदामा समेत खुला रहने भएको हो। सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबारदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरुलाई जिम्मेवारी तोकिएको छ। सर्वोच्च अदालतका अनुसार कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ। कात्तिक २८ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ। सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ।

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुखले नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेको खुलेको छ। डिआइजी अर्जुन चन्द ठकुरीले तिहार बिदा मनाउन बैंकक आउजाउ गर्ने भन्दै निगमसँग लिखित रुपमा चार वटा हवाई टिकट सित्तै मागेको खुलेको हो। डिआइजीको उक्त लिखित आग्रह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसम्म पुगेपछि खैलाबैला मच्चिएको छ। पर्यटन मन्त्री किरातीले निःशुल्क टिकट नदिन आदेश दिएका छन्। तर, मन्त्रीले उक्त जानकारी प्रधानमन्त्री समक्ष राखिदिएका छन्। मन्त्रीले प्रधानमन्त्रीलाई भनेका थिए, ‘यस्ता लोभीलाई विमानस्थलजस्तो संवेदनशील ठाउँमा राखेर के गर्नु सम्माननीयज्यू ? ५० हजारको टिकटमा त गति छाड्नेले अनि सुन, पान पराग, खैनी, म्यानपावरमा छ्याकन…

Read More

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ जोलजिवि क्षेत्रमा लाग्ने जोलजिवि व्यापार मेलाको तयारी थालिएको छ। मेला मंसिर १ गतेदेखि सञ्चालन हुनेछ। नेपाल–भारत सीमा क्षेत्र मालिकार्जुन गाउँपालिकाको–७ जोलजिवी र भारतको जौलजिवी बजारमा हरेक वर्ष मंसिर १ गतेदेखि मेला लाग्ने गर्छ। काली र गोरी नदीको संगम जोलजिवीमा नेपाल र भारत दुवैतर्फ यो मेला लाग्ने त्यहाँका स्थानीय लोकेन्द्रसिंह धामीले जानकारी दिए। स्थानीय सरकारले विगतका वर्षहरु जस्तै यसवर्ष पनि मेला व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरेको छ। जोलजिवी मेलामा मालिकार्जुन गाउँपालिकाले यो वर्ष छ लाख रुपैँया बजेट खर्च गर्ने जनाएको छ। मेला अवधिभर नेपाल भारत जोड्ने जोलजिवी पुल राति साढे १० बजेसम्म खुल्ला गर्ने दुवै देशका…

Read More

डोटी: डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ टुडिखेलका ५५ वर्षीय शिवराज श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन् । स्थानीय टेकबहादुर केसीको खाली घरमा श्रेष्ठ मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

कैलाली: कैलालीको टीकापुरमा एक बेवारिस शव फेला परेको छ। प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ बनगाउँ बिच्का पुरुवा स्थित खेतमा अन्दाजी ६० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका हुन् । ती पुरुषको नाम, थर वतन भने नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More