Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: जाजरकोट भूकम्प पीडितका लागि चीनले दिएका सहायता सामग्री बोकेका कन्टेनर रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका छन् । दुई हजार तीन सय वटा टेन्ट, दुई हजार वटा कम्बल, सात सय वटा त्रिपाल र पाँच सय वटा स्प्रेयरसहितका सामग्री नेपाल भित्रिएका नेपालका लागि चीनका राजदूत छन सङले बताएका छन् । यी सामग्री काठमाडौँ नल्याई सिधै जाजरकोट र रुकुम पश्चिम पठाइनेछ । थप सामग्री आउने क्रममा रहेको पनि राजदूत सङले बताए । चीनले नेपाललाई १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने घोषणा गरेको छ ।

Read More

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए । काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो । यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ । बैठकले हङकङमा हुने महिला टी–२० आई सिरिजमा नेपाली…

Read More

दार्चुला: दार्चुला जिल्लाकी प्रदेश सभा सदस्य एवं माओवादी केन्द्रकी नेता लक्ष्मी विक कृषि प्राविधिक टोलिसहित जनताको घर दैलोमा पुगेकी छिन् । अहिले जिल्लाका जनता, पार्टीका नेताहरू संग भेटघाट र दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा रहेकी प्रदेश सभा सदस्य लक्ष्मी विक जिल्लाको मालिकार्जुन गाउपालिका गाउँपालिका-७ डिन्सी रतकोट लगायत क्षेत्रका जनताको घरदैलोमा कृषि प्राविधिक सहितको टोलि लिएर जनताको घरदैलोमा पुगेकी हुन् । विक कृषि ज्ञान केन्द्र दार्चुलाका प्राविधिकहरू र कार्यालय प्रमुख सिद्धराज उपाध्याय समेतको टोलि सहित जनताको घर-घरमा पुगेकी हुन् । सोहि अवसरमा त्यहाँका जनताले कृषिमा भोग्नु परेको समस्या, चुनौति र सामाधानका विषयमा स्थानीय जनता संग प्रत्यक्ष रूपमा अन्तरक्रिया…

Read More

डोटी : अक्टोबर ७ मा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका डोटीका दुई युवाको सोमबार दाह संस्कार गरिएको छ । डोटीको आदर्श गाउँपालिका-५ पीडका पदम थापाको आदर्शको तलारास्थित सेती नदी किनारमा दाह संस्कार गरिएको हो । पदमलाई उनका काका कटक थापाले दागबत्ती दिए । यस्तै शिखर नगरपालिका-६ चुँडीका राजन फुलाराको सोही वडाको अडेउलस्थित सेती नदीमा दाह संस्कार गरिएको हो । फुलारालाई उनका बुवा घनश्यामले दागबत्ती दिएका थिए । दुवै युवाको शव आइतबार डोटी आइपुगेको थियो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टीकापुर कृषि क्याम्पसमा स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत भदौ २६ गते इजरायल पुगेका…

Read More

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘गणतन्त्र फ्याँक्ने’ भन्दै सरकार र नेताहरुसँग सहयोग माग गरेका छन् । प्रसाइँले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गर्दै भने, ‘मंसिर ७ बाट सुरु गर्ने नागरिक मुक्ति आन्दोलनले वार कि पार गर्नेछ ।’ सोमबार आज भक्तपुरस्थित आफ्नै निवासमा केही युट्युबरलाई भेला गरेर आन्दोलनको घोषणा गरेका उनले प्रधानमन्त्रीलगायत सबै दलका नेताले आर्थिक सहयोग गर्नुपर्ने माग गरेका छन् । ‘मैले प्रधानमन्त्रीलाई क्यूआर कोड पठाएको छु । गणतन्त्र फ्याँक्न मन्त्रिपरिषद्बाट निर्णय गराएर ५० लाख उपलब्ध गराउन भनेको छु’ प्रसाइँले भने, ‘उहाँ मनको कमजोर हुनुहुन्छ, पक्कै दिनुहुन्छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि पैसा माग्ने उनले बताए…

Read More

काठमाडौँ : नेपाल प्रेस काउन्सिलले जबर्जस्ती भिडियो खिचेको आरोपमा एक पत्रकारलाई सोधपुछ गरेको छ । सोमबार पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै काउन्सिलले स्पेस फोके टिभिका पत्रकार कपिल शाहीलाई सोधपुछ गरेको हो । शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारबाही हुनुपर्ने आवाज समेत उठेको थियो । काउन्सिलसमक्ष पत्रकार शाहीले आफूले गलत गरेको, आइन्दा नदोहोर्याउने भन्दै माफी मागेको काउन्सिल स्रोतले बतायो । छलफलमा उनलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले…

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले भूकम्प प्रभावित क्षेत्रमा भिआइपीको भ्रमण रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन्। रास्वपा सांसदहरुले प्रधानमन्त्री ‘प्रचण्ड’लाई सोमबार सिंहदरवारमा भेटेर भिआइपीको भ्रमणले उद्धार र राहत कार्यमा असर परेको बताएका हुन्। भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री सबैभन्दा पहिला पुगेका थिए। उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, उपप्रधान तथा गृह मन्त्री, स्वास्थ्य मन्त्री, ऊर्जा मन्त्री लगायतको टोली पनि भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा गएका थिए। रास्वपा सांसदहरुले प्रधानमन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण योजनाबारे समेत प्रश्न गरेका थिए। रास्वपा सांसदहरुले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणमा उद्धार र राहतमा ढिलासुस्ती नगर्न आग्रह गरिएको छ। त्यस्तै पुनर्निर्माणका लागि कानुनी प्रबन्ध मिलाउन आग्रह…

Read More

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि कारबाही गरेको छ ।माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ । उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन् । बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिकरसांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Read More

धनगढी : कैलाली जिल्ला अदालतमा चोरी भएको छ। हिजो (आइतबार) जिल्ला अदालत कैलालीमा चोरी भएको हो। अदालतका कर्मचारीहरुको मोबाईलसहितका सामानहरु चोरले लगेको बताइएको छ। हिजो चोरी भएकोमा अदालतबाट आज प्रहरीलाई खबर गरिएको र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले चोर खोजीरहेको जनाएको छ। कैलाली प्रहरीका डिएसपी कुलदिप चन्दले घटनाको अनुसन्धान भैरहेको जनाएका छन्। जसका लागि सिसिटिभी अध्ययन गरिदै छ।

Read More

काठमाडौं : जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । अपरान्ह ४ः३४ बजे ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो शुक्रबार रातिको भूकम्पको पराकम्प भएको बताइएको छ । पराकम्पको धक्का पश्चिम र सुदूर पश्चिमका धेरै जिल्ला र काठमाडौंसम्म पनि महशुस गरिएको उल्लेख छ ।

Read More