Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ। बिहीबार मुलपानी मैदानमा भएको खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हात निकाल्यो। हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो। नेपालका ओपनर कुशल भुर्तेल ८ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर आसिफ शेखले ४२ रन जोडे। आसिफले ३४ बलमा ६ चौका प्रहार गरे। कुशल मल्ल १ रन र सन्दीप जोरा ३ रनमै आउट भए। दुवैलाई हङकङका इशान खानले बोल्ड गरे। खानले कुशल भुर्तेललाई पनि बोल्ड गरेका थिए। कप्तान रोहितकुमार पौडेलले नटआउट २५ रन र गुल्सन झाले नटआउट १४ रन बनाए।…

Read More

काठमाडौं : परराष्ट्र मन्त्री एनपी साउद अमेरिका भ्रमण जाने भएका छन् । कार्तिक ११ नेपाल आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजसँग भेट गरेपछि मन्त्री साउद अमेरिका जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासचिव गुटरेज गत असोज २६ मै आउने भनेर तय भएको कार्यक्रम स्थगित भएपछि कार्तिक ११ का लागि नयाँ मिति तय भएको थियो ।

Read More

काठमाडौं : दोलखामा बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको बेतिनी घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत शुक्रबार न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ परेका न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दोलखाको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए। काठमाडौंको सामाखुसी बस्दै आएका न्यौपाने भने लसुनको कारोबारी थिए। चीनमा बसेर लसुनको कारोबार गर्ने गरेका उनी तस्करीको सुनमा पनि जोडिएको पाइएपछि पक्राउ गरिएको एसपी अधिकारीले बताए। यो प्रकरणमा यसअघि ११ जना पक्राउ परिसकेका छन्।

Read More

काठमाडौं : सरकारले उपप्रधान तथा  गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेकाे जानकारी दिएकाे छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्री श्रेष्ठ अहिले बाेल्न सक्ने हालतमा रहेकाे जानकारी दिइन्। श्रेष्ठ हृदयाघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको उनकाे भनाइ छ। ‘गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ। उहाँलाई अचानक गएराति हृदयाघात भयो र उहाँकाे बेइजिङस्थित अस्पतालमा अप्रेशन भएको छ। उहाँ अहिले खतरामुक्त हुनुहुन्छ। केही दिन उहाँ उतै रहनुहुनेछ। बोल्नसक्ने स्थितिमा आउनुभएको छ’, उनले भनिन्। बेइजिङमा अतिथिहरूका लागि निश्चित गरिएको ‘डेडिकेटेड’ इन्टरनेसनल मेडिकल सर्भिस नामक एउटा अस्पतालमा भर्ना गरेर श्रेष्ठकाे उपचार भइरहेकाे छ। यो अस्पताल ग्रेट हल अफ द पिपुल्स…

Read More

काठमाडौं : करण केसीको घातक बलिङमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो। उसको सुरुवात नै निकै खराब रह्यो। १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ बनाए। दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए। हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल…

Read More

डडेल्धुरा : डडेल्धुरामा ८ वर्षीय छोरा भरत बोहराको हत्या गरि खाडलमा पुर्ने कार्यमा संलग्न रहेका बुवा पक्राउ परेका छन्। छोराको हत्या गरि फरार रहेका जिल्लाको आलिताल गाउँपालिका-८ को पल्टेगुडीका गजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको हो। फरार प्रतिवादी बोहरालाई घरबाटै पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए। छोरा भरतको हत्या गर्न लगाएको भन्दै उनी फरार प्रतिवादीको सूचीमा थिए। बोहरालाई असोज ३० गते प्रहरीले उनकै घरबाट पक्राउ गरेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए । २०७९ पौष ३० मा घरेलु हिंसाका कारण भरतले ज्यान गुमाउनु परेको थियो। आमा कलमति र सौतेनी आमा जानकीको निरन्तरको कुटपिटबाट मृत्यु भएका…

Read More

काठमाडौं : विश्वकप फुटबलको छनोटमा दोस्रो चरण पुगेको नेपाली राष्ट्रिय टोलीका सदस्यलाई जनही ५१ हजार रुपैयाँ दिइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई पुरस्कृत गर्ने भएको हो । लाओसलाई हराएर नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो । पहिलो चरणको होम खेलमा बराबरी खेलेको नेपालले लाओसको मैदानमा मंगलबार साँझ १-० गोलको जीत हात पारेर दोस्रो चरणको यात्रा तय गरेको हो ।

Read More

गुल्मी : गुल्मीमा डोजरको ठक्करबाट वृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मीको रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षीय कृष्ण बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । लु १ क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई अचानक ठक्कर दिएको थियो । रेसुङ्गा नगरपालिका १४ अन्तर्गत टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट सुनारको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए। प्रहरीले डोजर चालक पाल्पा माथागगडी गाउँपालिका ७ का कृष्ण बहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ । सुनारको शवलाई सदरमुकाम तम्घास ल्याइ गुल्मी अस्पतालको शव गृहमा राखिएको र घटनाको…

Read More

काठमाडौं : नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रुपैयाँ बढी हो

Read More

काठमाडौं : एकदिवसीय विश्वकपमा बिहीबार आयोजक भारतले बंगलादेशको सामना गर्दैछ । खेल दिउँसो २ः१५ बजेदेखि महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम, पुणेमा हुनेछ । आजको खेल जिते टीम इन्डियाले लगातार चौथो खेल जित्नेछ ।टोलीसँग न्युजिल्याण्डलाई उछिनेर अङ्क तालिकाको शीर्ष स्थानमा आउने मौका पनि छ।

Read More