Author: महेन्द्रनगर पोष्ट

वाशिङ्टन डीसी : अमेरिकाको राजधानी वासिङ्टन डीसीमा रहेको क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल बम आक्रमण गरेका छन् । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले वाशिङ्टन डीसीमा रहेको आफ्नो मुलुकको दूतावासमा पेट्रोल बम आक्रमण भएको बताएका हुन् । विदेशमन्त्रीले घटनालाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिएका छन् । विदेशमन्त्री रोड्रिगेजले यसअघि ट्वीटर भनिने एक्स सामाजिक सञ्जालमार्फत् घटनाबारे जानकारी दिएका हुन् । एक्समा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “अमेरिकास्थित क्युबाको दूतावासमा दुई वटा पेट्रोल बम प्रहार गरी एक व्यक्तिले आतङ्कवादी हमला गरेका छन् । आक्रमणबाट कुनै पनि कर्मचारीलाई क्षति भएको छैन ।” सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि…

Read More

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा संलग्न कुनै व्यक्ति अपराधमा जोडिए त्यसको भारी सिंगो पार्टीले नबोक्ने प्रष्टाएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका महामन्त्री थापाले आममाफीको निर्णय अहिले चर्चामा रहेको बताए। ‘राष्ट्रपतिजीले माफी दिएको विषय अहिले चर्चामा छ। सरकारले निर्णय गर्छ, राष्ट्रपतिजीको त औपचारिकता मात्र हो,’ उनले भने, ‘कुनै बेला पार्टीमा रहेको व्यक्ति अपराधमा जोडिएको छ तर सरकारले आममाफी निर्णय गर्दा त्यसको भारी कांग्रेसमाथि आइपरेको छ। तर हामीलाई त केही पनि थाहा छैन। किन आममाफी दिइयो पनि थाहा छैन।’ पार्टीमा संलग्न जो(कोही अपराधमा जोडिए त्यसको भारी पार्टीले नबोक्ने थापाले प्रष्टाएका छन्। ‘अपराध गर्नेले नै भारी बोक्नुपर्छ,’…

Read More

काठमाडौं: अकुत सम्पत्ति आर्जनमा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार श्रेष्ठलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठकी श्रीमती र छोरासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । श्रेष्ठ पूर्वसचिवसमेत हुन् । उनी खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री बनेका थिए । २०२६ सालमा शिक्षकबाट सरकारी सेवा थालेका उनी २०३६ सालमा शाखा अधिकृत नियुक्त भएका थिए । उनले २०६४ सालमा सचिवबाट अवकाश पाएका हुन् । अख्तियारले श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दावी गरेको थियो । यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले…

Read More

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको पछिल्लो एक निर्णयले राष्ट्रपति संस्थालाई आलोचित बनाएको बताएका छन्। सोमबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै शर्माले सरकारले सिफारिस गरेको आममाफी सूचीका कुरा उठाउँदै त्यसले राष्ट्रपति संस्थाकै आलोचना भएको बताए। गुण्डा नाइके रिगलका नामले परिचित बाँकेका योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसमा आममाफी दिएका थिए। चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका ुरिगलु भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो। ढकाल तरूण दलका नेतासमेत हुन्।

Read More

धनगढी : बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना बिकका परिवारलाई उचित राहतसहित क्षतिपूर्तिकोे माग गर्दै बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई ज्ञापन पत्र बुझाइएको छ। सोमबार पीडित परिवारसहित सम्पूर्ण दलित अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया नाबालिका सम्झना बिकको बलात्कारपछि हत्या प्रकरणको ३ वर्ष बितेको छ। गृहको निर्देशन र पीडितको निवेदन अनुसार २०७७ असोज १३ गते तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीको अध्यक्षतामा सर्वदलीय सर्वपक्षीय बैठक बसी सम्झनाका आफन्तलाई १० लाख दिने निर्णय भएको थियो। तर, पीडित पक्षले राहत पाएका छैनन्। प्रजिअ पाण्डेलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ– ‘पीडितलाई १०…

Read More

डडेल्धुराः बझाङमा आफ्नै दाजु जैलु मण्डेलको हत्या आरोपमा प्रहरीले भाइ बिजुली मण्डेललाई पक्राउ गर्यो। शुक्रबार साँझ छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको हत्या गरेर बिजुली फरार थिए। बिजुलीलाई ३ दिनपछि आज बिहान प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको थियो। घट्टे गाउँमाथिको कडेल टावर भएको जंगल नजिकैको घरबाट पक्राउ परेका थिए, बिजुली। तर, अहिले सामाजिक सञ्जालमा भाइरल भएको फोटोमा प्रहरीले बिजुलीको हातमा हत्कडी नलगाएर डोरीले बाँधेको देख्न सकिन्छ। फोटोमा दुई जना सादा पोसाकमा खटिएका प्रहरी छन्। एक जनाले बिजुलीको पछाडि हात बाँधेर डोरी समातेका छन् भने अर्का एक जना लठ्ठी समातेर हिँड्दै गरेका छन्। समााजिक सञ्जालमा फोटो सेयर गर्दै बझाङ प्रहरीसँग…

Read More

काठमाडौं : साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्धको खेल रोचक बन्दै गएको छ। दशरथ रंगशालामा जारी खेलमा नेपाल २–१ ले अघि छ। नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे। यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे। ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्काएको छ। नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्ने छ ।

Read More

धनगढी: डोटीको पुर्वीचौकी गाउँपालिकाले एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार सेवा अन्तरगत कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको हो। भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन्। उनलाई अस्ति असोज ६ गते पुर्वीचौकी गाउपालिका वडा नं. ४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएकोले स्पष्टीकरण मागिएको हो। सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलका अनुसार भण्डारी कार्यक्रमको फेसबुक लाइभमा देखिएका थिए। यस्तै उनले कर्मचारीको आचारसंहिताविरुद्ध पार्टीको कार्यक्रममा सहभागी भएको, पालिकाको स्वीकृत बेगर कार्यालयको विरुद्धमा बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधान भन्दा बाहिर गई…

Read More

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ। विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन्। दुई महिनादेखिको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभावित बनेको छ। विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आङ्गिक क्याम्पस र केन्द्रीय विभागमा रिक्त रहेका क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ। केन्द्रीय कार्यालयमा गत साउन १ गते नेकपा (एमाले) निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको थियो। यी दुई सङ्गठनसँग सहमति भएर ताला खुले पनि नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठनको ताला खुल्न सकेको छैन। समाजवादी…

Read More

बाजुराः बाजुरामा भाइरल ज्वरोको प्रकोपले दुई जनाको ज्यान गएको छ। जिल्लाको खप्तडछेडेदह गाउँपालिका–२ माँटेसागुमा भाइरल ज्वरो कारणले दुई जनाको ज्यान गएको हो। भाइरल ज्वरोले गाउँ नै प्रभावित भएको र दुई जनाको मृत्यु भएको स्थानीय दिर्घबहादुर शाहीले जानकारी दिए। मृत्यु हुनेमा ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेका छन्। बुढाको चार दिन पहिला र शाहीको आइतवार राति मृत्यु भएको हो। गाउँमा रहेका १ सय ६० बढी परिवारको सबै घरमा बिरामी परेका छन्। भाइरल ज्वरोले पूरै गाउँनै प्रभावित रहेको स्थानीय गणेश बहादुर शाहीले वताए। गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख…

Read More