Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले एमाले अधिवेशनमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई स्मरण गरेका छन्। धनगढीमा सुरु भएको एमाले सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनमा बोल्दै थापाले देउवालाई स्मरण गरेका हुन्। उनले सुदूरपश्चिम शेरबहादुर देउवा भएको प्रदेश बताउँदै एमालेलाई मजबुत बनाउनुपर्ने जनाए। उनले भने, ‘शेरबहादुर देउवा भएको प्रदेश हो यो।एमालेलाई हामीले सर्वसम्मत नेतृत्व दिने हो। त्यसका लागि सहमती आवश्यक छ। र, सहमति हुन सक्ने स्थिति पनि छ।’

Read More

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे आज सदनलाई जानकारी गराएका छन् । परराष्ट्रमन्त्री साउदले प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेकोआक्रमणमा परी १२ नेपाली सम्पर्कविहीन भएको बताए। परराष्ट्रमन्त्री साउदले भने, ‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ।’ इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले राख्न, उद्धार…

Read More

काठमाडौं : प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू पनि पीडामा पर्ने क्रम जारी छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिबार रातिसम्म दिएको जानकारीअनुसार घटनामा शनिबार बिहानदेखि ३ नेपाली सम्पर्कविहीन छन् भने ९ जना घाइते भएका छन्। नेपालबाट इन्टर्नसिपका लागि इजरायलको सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एनआरएनएले जनाएको छ। त्यस कृषि केन्द्रमा १७ जना नेपाली थिए। तीमध्ये ९ जना घाइते भएका छन्। अन्य ५ जनाको सकुशल उद्धार गरिएको छ । आक्रमणबाट प्रभावित नेपालीहरूको विस्तृत विवरण लिने प्रयास जारी रहेको एनआएनएले विज्ञप्तिमार्फत जानकारी…

Read More

काठमाडौं : इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको पछिल्लो अवस्थाबारे सिंहदरबारस्थित गृह मन्त्रालयमा छलफल भएको छ । आज बिहान ७ बजेदेखि झण्डै एक घण्टा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा यसवारे बैठक बसेको छ । बैठकमा गृहसचिव दिनेश भट्टराई,काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई,उपत्यका प्रहरी प्रमुख दिपक थापालगायत सहभागी थिए । हिजो बिहानदेखि इजरायलमा भएको हमास आक्रमण र त्यसमा नेपाली विद्यार्थीहरु परेको विषयमा छलफल भएको थियो । चार जना विद्यार्थी हराइरहेको,दुई जनाको अवस्था निकै जटिल रहेको र तीन जना सकुशल रहेकोबारे बैठकमा रिपोर्टिङ भएको बुझिएको छ । ११ महिने…

Read More

कञ्चनपुर: एक महिनाअघि सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका विद्यार्थी ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाउने तयारी हुँदा कृषि संकायका तत्कालीन डिन लालप्रसाद अम्गाईं निकै खुसी थिए। ‘अस्ति विद्यार्थी पठाउँदा आफू पनि उत्साही थिएँ,’ उनले भने, ‘अहिले यस्तो खबर सुन्दा म आफैं सम्हालिन सकिरहेको छैन, मेरै विद्यार्थी यस्तो घटनामा परे।’ अम्गाईंको पदावधि सकिएर उनी अहिले विश्वविद्यालय अनुदान आयोगको निर्देशक भएका छन् । ‘साढे ४ बजे इजरायली राजदूतले हाम्रो ग्रुपमा विद्यार्थीमाथि आक्रमण भएको म्यासेज गरेपछि थाहा पाएका हौं,’ कृषि संकायका विभागीय प्रमुख सुशील न्यौपानेले भने, ‘त्यसपछि हामीले विद्यार्थीको अवस्था बुझ्न थाल्यौं, परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावासबाट पनि जानकारी लियौं।’ ‘अर्न एन्ड लर्न’…

Read More

धनगढी: कञ्चनपुरमा कोदालो प्रहार गरेर छोराले बुवाको हत्या गरेका छन्। पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन्। हेमन्तले कोदालो प्रहार गरेर बुवाको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार घर परिवारको विवादका कारण उनले बुवामाथि आइतवार बिहान कोदालो प्रहार गरेका हुन्। हेमन्तलाई इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ। हत्या गरिएका धामी पूर्व सेना रहेको खुलेको छ।

Read More

धनगढी: कैलालीमा अवैध काठसहित तीन जनालाई पक्राउ गरिएको छ। जिल्लाकाे गोदावरी नगरपालिका-८ काे सुर्यदय सामुदायिक वनमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले पक्राउ पर्नेमा ट्रक चालक बैतडीकाे पाटन नगरपालिका-८ बस्ने  २५ वर्षीयशिद्धराज भट्ट, ट्रक साहु ४२ वर्षीय देवराज भट्ट र गाेदावरीका काठ व्यवसायी मदन छेडाल रहेको  दिए। उनीहरूले सु.प.प्र. ०१-००१ ख ३१५७ नम्बरको ट्रकमा ७ फिट लम्बाई भएकाे सालको कडी, ३/४ ईन्च चौडाई भएको  १०७  अथात्  अन्दाजी तीन लाख मूल्य पर्ने ६३ क्युफिट काठ ल्याइरहेकाे अवस्थामा पक्राउ गरिएको डीएसपी बरालले बताए। उनीहरूलाई नियन्त्रणमा…

Read More

धनगढी: हुम्लामा तुइन चुँडिएर कर्णालीमा खसेका एक जना मजदुर अझै बेपत्ता छन्। सर्केगाड गाउँपालिका २, लेप्चेस्थित तुइनबाट नदी तर्ने क्रममा कर्णाली करिडोरमा कार्यरत मजदुर मकर सिंह नेपाली बेपत्ता भएका हुन्। मुगुको सोरु गाउँपालिका ५ का ३८ वर्षीय मकर हिजो साँझ सडक आयोजनाको काम सकेर फर्किने क्रममा दुुर्घटनामा परेका थिए। उनको खोजीमा सेनाको बराहदल गुल्मका जमदार नवराज बानियाँको कमाण्डमा ३० जनाको टोलीले खोजी कार्य जारी राखेको बुझिएको छ।

Read More

धनगढी: बैतडीका एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको सुर्नया–५ रौलेश्वर माविका शिक्षक प्रताप मडैको मृत्यु भएको हो। प्रहरी स्रोतका अनुसार ३ दिन पहिले विद्यालयमै एक्कासी बेहोस भएका शिक्षक मडैको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो। उनको घर सुर्नया–५ मडगाँउ हो।उनको मृत्युुमा आज विद्यालयले शोक बिदा दिएको छ।

Read More

काठमाडौं: इजरायलको मध्य र दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले गरेको रकेट हमलामा नेपाली पनि घाइते भएका छन् । शनिबार साँझ इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारीअनुसार हमासको हमलामा नौ जना नेपाली घाइते भएका छन्, जसमध्ये दुई गम्भीर छन् ।  घाइते नेपाली सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि गएका विद्यार्थी हुन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो । इजरायलको अर्को सहरमा रहेका त्यही समूहका एक विद्यार्थीले टेलिफोनमा भने, ‘किबुजको कृषि फार्ममा १७ जना साथी छन् । गाजापट्टीबाट शनिबार बिहानै आएर आतंककारीले हमला गरेका थिए । सबै साथीहरू बंकरमा बस्नुपर्नेमा दुईजना बाहिर रहेका वेला…

Read More