धनगढी: काठमाडौंबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस कैलालीको लम्कीचुहा नगरपालिका–३, गोराङ्गेमा दुर्घटना भएको छ। सु.प.प्र ०४–००१ ख ००२ नम्बरको बस आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए। दुर्घटनामा परी दार्चुलाकी २२ वर्षीया सपना बोहरा घाइते भएकी छन्। उनको पेटमा चोट लागेका कारण लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ। अन्य तीन जना सामान्य घाइते भएका छन् भने बाँकी यात्रु सकुशल रहेको प्रहरीको भनाइ छ। बस सडक छेउको नालीमा आफैं पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीमा प्रहरीले अवैध हतियारसहित तीन जनालाई पक्राउ गरेको छ। माघ २२ गते अपराह्न ४ बजे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, तथा जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी टोलीले धनगढी उप-महानगरपालिका वडा नम्बर १८, आर्याघाट नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारत, लखिमपुर खीरी नउसर गुलरियाका ३२ वर्षीय रियासत अली, भारतकै नउझटा बस्ने ४० वर्षीय देसराज राना, र कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर १९ का ३९ वर्षीय गुरु प्रसाद चौधरी रहेका छन्। प्रहरीले उनीहरूबाट दुई नाल भरुवा बन्दुक र एउटा फलामे चक्कु बरामद गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरू…
धनगढी: कैलालीमा भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा राँगा र गोरुलाई नियन्त्रणमा लिइएको छ। गएराति साढे ९ बजेतिर भजनी नगरपालिका–५ नजिकै पर्ने डाक्टर घाटबाट नेपालतर्फ ल्याइरहेका दुई राँगा र चार गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले राति कालिका सामुुदायिक वन नजिक पर्ने अवैध बाटो प्रयोग गरेर डाक्टर घाटबाट डल्लबसहित ल्याइरहेको अवस्थामा राँगा र गोरुलाई नियन्त्रणमा लिइएको बताए तर मानिसहरु भने भागेका छन्। दुुई राँगाको अन्दाजी एक लाख, चार गोरुको २० हजार र तीन वटा डल्लबको ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ। बरामद गरिएको डल्लबसहित राँगा र गोरु कानुनबमोजिम सम्बन्धीत निकायमा बुझाइने प्रहरीले…
धनगढी: काठमाडौँबाट कैलाली आउँदै गरेको बस दुर्घटना भएको छ। मङ्गलबार सुपप्र ०४००१ ख ००२ नम्बरको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा–३ गोराङ्गेमा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार दुर्घटनामा चार जना यात्रु घाइते भएका छन्। उनीहरुमध्ये तीन जनाको अवस्था सामान्य छ। दार्चुलाकी २२ वर्षीया सपना बोहोराको अवस्था मध्यम छ भने लालरत्न अस्पतालमा उपचार भइरहेको छ। बसमा ४० जना सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।
धनगढी: कैलालीमा भारतीय नाका हुँदै आइफोनको तस्करी हुने गरेको तथ्य फेला परेको छ। कैलालीको धनगढीसम्म तस्करीका आइफोनहरु पुग्ने गरेका छन्। यसैक्रममा कैलालीमा प्रहरीले साढे पाँच लाख बढि मूल्य पर्ने अवैध आईफोन बरामद गरेको छ। हिजो सोमबारमात्रै धनगढी उपमहानगरपालिका–२ को आदर्श चोकबाट भन्सार छली गरि भित्र्याइएका अवैध आईफोन बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले भारतबाट भन्सार छली गरि ल्याइएका पाँच लाख ७१ हजार पाँच सय बराबरको पर्ने आईफोन, बरामद गरिएको बताए। उनकाअनुुसार भन्सार छली गरि ल्याइएको पाँच वटा आईफोन ११ मोडल, एउटा एक्सआर मोडल, एउटा आइफोन ७ मोडल तथा आईफोन कभर र डाटा…
धनगढी: कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार गरिएको छ। गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुुर चौधरीमाथि गएराति चौकीडाँडामा सिसाको बोतल प्रहार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बोतलले चौधरीको टाउकोमा प्रहार गरिएको बताए। उनको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ। बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए। उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ।
धनगढी: सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तसहित ६ जनाविरुद्ध रिट दायर गरिएको छ। सोमबार कानुन संकायतर्फ बीएएलएलबी प्रोग्रामको पहिलो ब्याचका ८ जना विद्यार्थीहरुले उनीहरूविरुद्ध रिट दायर गरेका हुन्। उनीहरूले उच्च अदालत दिपायल महेन्द्रनगरको इजलासमा रिट दायर गरेको बताइएको छ। उनीहरूले सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक, परीक्षा नियन्त्रक अनुराधा रोकाया, कानुन संकायका डीन भवानी चन्द ठकुरी, केन्द्रीय क्याम्सपका कोर्डिनेटर भीमबहादुर फडेरा र कैलाली बहुमुखी क्याम्पसका कोर्डिनेटर पदमबहादुर पालविरुद्ध रिट दायर गरेको जनाइएको छ। बीएएलएलबी कार्यक्रम ५ वर्षमा सकाउनुपर्नेमा ढिलाई भएको र समयमै परिक्षा नहुने भएकाले तालिका नै तलमाथि भएको भन्दै उनीहरूले रिट दायर गरेका हुन्। जसमा उनीहरूले सातौं सेमेस्टरको परीक्षा समयमै गर्नुपर्नेमा…
काठमाडौं: वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद् सदस्य नियुक्त भएका छन्। कानुन व्यवसायीको तर्फबाट नेपाल बार एसोसिएशनको सिफारिसमा उनी आज उक्त पदमा नियुक्त भएका हुन्। संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई न्याय परिषद सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। हिजो संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो। बारको कोटामा न्याय परिषद्मा गएका रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि रिक्त पदमा खड्काको नाम सिफारिस भएको थियो।
काठमाडौं: नेपाल प्रहरीका ३७ जना एसपीहरुको पदस्थापन तथा काज सरुवा गरिएको छ। आज (सोमबार) प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरिएको हो। उनीहरूलाई हिजोमात्रै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ थियो। हिजो आइतबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। त्यसलगत्तै आज उनीहरूको सरुवा निकालिएको छ। केही समय अगाडि प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेका ३७ जनालाई नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को आइतबार पदोन्नति गरेको थियो। पदस्थान सूची अनुसार कुलदीप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएको छ। सुमित खड्कालाई विशेष ब्यूरोमा…
धनगढी: डडेल्धुरा मेडिकल कलेजमा बीएस्सी नर्सिङ र पब्लिक हेल्थको पढाइ सुरु हुने भएको छ। अघिल्लो वर्षदेखि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्यापन सुरु भएकोमा यसवर्षदेखि थप दुई संकायमा पढाइ सुरु गर्नका लागि आइतबार विद्यार्थीलाई स्वागत र अभिमुखिकरण गरिएको छ। कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डीन हेमनाथ जोशीले मंगलबारदेखि बीएस्सी नर्सिङ र पब्लिक हेल्थमा अध्यापन सुरु हुने जानकारी दिए। उनका अनुसार पब्लिक हेल्थमा १० र बीएस्सी नर्सिङमा २० जनाको कोटा पाइएमा अहिले पब्लिक हेल्थमा पाँच र बीएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएका छन्। १० जनाको कोटा रहेको ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीमा छ जना भर्ना भएका छन्। सरकारले डडेल्धुरा अस्पताललाई…