काठमाडौँ : आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरीवृत्त महाराजगञ्जको भवनमा आगजनी, लुटपाट तथा प्रहरी कर्मचारीमाथि आक्रमणमा संलग्नलाई खोजतलास गर्ने क्रममा प्रहरीले भोजपुर घर भई हाल काठमाडौँको पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई सामाखुसी चोकबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको समय दिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक पवनकुमार भट्टराईले बताए। यसरी अपराधमा संलग्न फरार व्यक्तिको खोजतलास गर्ने क्रममा उनलाई नियन्त्रणमा लिई निजको कोठा खानतलासी गर्दा प्रहरीको टाइप–५४ पेस्तोल,…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले अवकाश पाउने दिन नजिकिदै जाँदा नयाँ आईजीपीको खोजी शुरु भएको छ। तीसवर्षे सेवा अवधि पूरा गर्दै खापुङ अवकाशमा जान लागेका हुन्। उनी नेतृत्वमा रहँदा भदौ २३ को जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भयो। त्यसको भोलिपल्ट सरकारी हत्याको विरोधमा आन्दोलन भएपछि कारागारबाट कैदी फरार भएका छन्। हतियार लुटिएका छन्। यसले सुरक्षा चुनौती बढेको छ। अबको नयाँ आइजीपीको काँधमा सुरक्षा व्यवस्थालाई लयमा फर्काउनु पर्ने महत्त्वपूर्ण चुनौती छ। प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीबीच प्रतिस्पर्धा तीव्र बनेको छ। आइजीपी बन्ने दौडमा एआईजी दानबहादुर कार्की, डा मनोजकुमार केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह रहेका छन्। कार्की, केसी र…
काठमाडौं : काभा यू–१९ महिला भलिबलको फाइनलमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्। श्रीलंकको कोलोम्बोमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। एकपक्षीय नतिजा हात पार्ने क्रममा नेपालले पहिलो सेट २५–११ दोसो सेट २५–३ र तेस्रो सेट २५–५ ले आफ्नो पक्षमा पारेको थियो। कीर्गिस्तानले पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई सोझो सेटमा हराएको थियो। नेपाल यसअघि लिग चरणमा कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ।
काठमाडौँ : कञ्चनपुरपस्थित सुदूरपश्चिम विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ। भएको जग्गा विभिन्न समूहले अतिक्रमण गरेर भोगचलन गरिरहँदा विश्वविद्यालय आफैँ भने साँघुरो जग्गामा संरचना बनाएर सञ्चालन भइरहेको छ। विश्वविद्यालयको क्याम्पसका रूपमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमणमा परेको विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले बताए। क्याम्पसको नाममा तीन सय ८० बिघा जग्गाको लालपुर्जा रहेको छ। सुरुमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर सामुदायिक रूपमा सञ्चालित उक्त क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयले २०७५ साल साउन १ गतेदेखि आङ्गिक क्याम्पस बनाएको थियो। विश्वविद्यालयका अनुसार स्थानीय राजनीतिक दलकै प्रत्यक्ष संलग्नतामा जग्गा अतिक्रमणमा परेको हो। अतिक्रमित जग्गाको केही भाग सुकुमबासीले कब्जा गरेको भए पनि अधिकांशमा भने…
काठमाडौं । हामी नेपाली नामक गैरसरकारी संस्थााका संयोजक सुधन गुरुङले आफूहरू प्रधानमन्त्री सुशीला कार्की र जिम्मेवार मन्त्रीहरूको ढाल भएर उभिएको बताएका छन् । प्रधानमन्त्री र मन्त्रीहरूसम्म पुग्न पहिला आफूहरूलाई ‘पार गर्नुपर्ने’ उनले उल्लेख गरेका छन् । “सबैले याद राख्नुस्, प्रधानमन्त्री र आफ्नो जिम्मेवारी निभाउने हरेक मन्त्रीको ढाल बनेर हामी उभिएका छौँ,” उनले शनिबार (कात्तिक २२) बेलुका फेसबुकमा लेखेका छन् । आफूहरूले प्रधानमन्त्रीलाई मुलुक जिम्मा लगाएको पनि उनले बताएका छन् । “प्रधानमन्त्रीलाई जिम्मा लगाइएको मुलुक हो, आशा मार्ने होइन, जोगाउने हो भन्ने विश्वाससहित,” उनले भनेका छन्, “खबरदारी नागरिक कर्तव्य हो, प्रगतिशील लोकतन्त्रमा युवा नै सरकारका स्वाभाविक प्रतिपक्ष हुन्छन् ।” वर्तमान समयमा…
देउखुरी । दाङको गढवा गाउँपालिका–४, अजगढवामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु भएको छ । अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए । राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम सञ्चालित थियो । उनका अनुसार, त्यसअन्तर्गत बिहीबार गढवा–४, रामनगरमा औषधि खुवाउने बेला बालिकाको घाँटीमा अड्किएको थियो । त्यसपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमा नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो । प्रारम्भिक अनुसन्धान भइरहेकाले घटना सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको…
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार (कात्तिक २२) बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो । बैठकले पार्टीअन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न १० कम्युनिस्ट पार्टीले एकता राष्ट्रिय सम्मेलन गरी यही कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी गठन गरेका थिए ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लोपटक देखिएको ‘एयर फिल्ड लाइटिङ सिस्टम’ समस्या समाधान भएको छ । समस्या समाधानसँगै उडान र अवतरण सञ्चालन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । धावनमार्गको लाइट बिग्रँदा शनिबार बेलुका करिब ५ बजेर २५ मिनेटदेखि त्यहाँबाट उडान र अवतरण रोकिएको थियो । राति करिब साढे ९ बजेदेखि उडान र अवतरण पुनः सञ्चालन गरिएको उनले बताए । उडान र अवतरण रोकिँदा सयौँजनाको यात्रा अस्तव्यस्त बनेको थियो । कैयौँ विमान आकाशमै ‘होल्ड’ गरिएको थियो । एउटा विमान दिल्ली ‘डाइभर्ट’ गरिएको थियो । दक्षिण कोरियाबाट काठमाडौं आएको कोरिएन एयरको विमान दिल्ली डाइभर्ट गरिएको जनाइएको छ…
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ यात्रु घाइते भएका छन् । भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए । दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका निम्ति प्रदेश अस्पताल गोरखा पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए । घाइते अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका रहेका…
काठमाडौँ – कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। गएराति २ः५८ बजे काठमाडौँ मेडिकल कलेज उनको मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनको शव अन्तिम दाहसंस्कारका लागि रौतहटको राजपुरतर्फ लगिसकिएको सुरक्ष स्रोतले जनाएको छ। मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले…
