काठमाडौंः पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको हो।
सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए।