२०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

कैलालीमा ९ महिने आधारभूत तालिम पूरा गरेका १०५ सैनिक दीक्षित, ७ जना पुरस्कृत [नामसहित]

बुधवार, कार्तिक १४ २०८११२:१६

काठमाडौं: नेपाली सेनाले नौ महिने आधारभूत सैन्य तालिम पुरा गरेका १०५ सैन्यलाई सिपाहीमा दीक्षित गरेको छ।

श्री देवीदल गण तेघरी कैलालीमा आयोजित सैन्य आधार तामिल दिक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन्।

गणमा सञ्चालित सिसं ५ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा सुदूरपश्चिमका पृतनापती उपरथी प्रकाश देउजाले उनीहरूलाई दीक्षित गरेका हुन्।

दीक्षित भएका सैन्यहरूले देश र जनताका नाममा सपथ लिएका थिए।

दिक्षान्त समारोहमा बोल्दै पृतनापती देउजाले सैन्यहरुलाई विधिवद्रुपमा नेपाली सेनामा स्वागत गर्दै कर्तव्यनिष्ट रहेर देशको सेवामा खटिन निर्देशन दिए। यस्तै उनले दृढ संकल्पका साथ राष्ट्र सेवामा समर्पित हुन आग्रह गरे।

उक्त समारोहमा तालिमका क्रममा उत्कृष्टता हासिल गरेका ७ सैन्यलाई पुरस्कृतसमेत गरिएको थियो।

सैन्य आधार तालिममा विभिन्न विधातर्फ पुरस्कार प्राप्त गर्ने सिपाहीहरु

सैन्य बिनोद बहादुर चंदारा

सैन्य राम सिह साउँद

सैन्य कपूर बहादुर बिष्ट

सैन्य प्रकाश साउँद

सैन्य हेमन्त वली

सैन्य जितेन्द्र सिंह धामी

सैन्य विक्रम टमटा

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार