२०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

भारतीय सेनाध्यक्षको वापसी

आइतवार, मंसिर ९ २०८१११:२५

काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फर्किएका छन्। 

पाँच दिने नेपाल भ्रमण पूरा गरी उनी आज बिहान १० बजे भूटान एयरलाइन्सको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनको बिदाई गर्न नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी विमानस्थल पुगेका थिए।

सेनाध्यक्ष द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच सदस्यीय भ्रमण दलको नेतित्व गर्दै मङ्सिर ५ गते काठमाडौँ आइपुगेका थिए।

भ्रमणका दौरान उनले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै पशुपतिनाथ, मुक्तिनाथलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन पनि गरेका थिए। 

राष्ट्रपति रामचन्द्र पौडेलबाट द्विवेदीले मानार्थ सेनापतिको पदवीसमेत ग्रहण गरेका थिए।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार