२०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

भारतबाट पत्नीसहित सेनापति टोलीको फिर्ती सवारी

आइतवार, मंसिर ३० २०८१०१:०९

काठमाडौं: प्रधानसेनापति अशोकराज सिग्देल भारतको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। उनीसहित १० सदस्यीय टोली एअर इण्डियाको उडान नम्बर एआई२१५७ बाट नयाँ दिल्ली हुँदै केही बेरअघि काठमाडौं आइपुगेको हो।

टोलीमा धर्मपत्नी निता क्षेत्री सिग्देल, छोरा आशुतोष सिग्देल,उपरथी अनुपजंग थापा,सहायक रथी डा.नम्रता महरा रावल,सहायक रथी पूर्णबहादुर खत्री,प्रमुख सेनानी सुरज रावत, सेनानी राजेश श्रेष्ठ,भावना थापा र रेन्कु रेग्मी छन्। रथी प्रदिपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनीहरुलाई स्वागत गरे। 

सिग्देल गत मंसिर २५ गते भारत गएका थिए। भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि नयाँ दिल्ली गएका उनलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित गरेका थिए।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार