२०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

सेनाको कोषमा ८७ अर्ब नाघ्यो

आइतवार, फाल्गुण ११ २०८१०१:५२

काठमाडौं: नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा ८७ अर्ब एक करोड रुपैयाँ पुगेको जनाएको छ। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सेनाले उक्त जानकारी दिएको हो।

सेनाका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ नगद मौज्दात छ। बाँकी ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ विभिन्न परियोजनाहरूमा लगानी गरिएको छ।

नेपाली सेनाले स्वास्थ्य तथा पूर्वाधार क्षेत्रमा समेत ठूलो लगानी गरेको छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा २ अर्ब ३० करोड ९४ लाख रुपैयाँ लगानी गरिएको छ।

कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालका लागि १ अर्ब ६० करोड ६० लाख रुपैयाँ छुट्याइएको छ।

नेपाली सेनाले २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट कल्याणकारी कोषको स्थापना गरेको थियो। त्यसयता निरन्तर वृद्धि हुँदै अहिले यो कोष ८७ अर्ब रुपैयाँ नाघिसकेको छ।

सेनाले यो कोष सेनाका कल्याणकारी गतिविधि, भूतपूर्व सैनिक र तिनका परिवारका लागि उपयोग गर्दै आएको बताइएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार