२०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

धनगढीमा ग्याङ्ग फाइट: खुकुरीसहित पक्राउ परेका को हुन् ?

आइतवार, जेठ २१ २०८००५:०८

धनगढी: हिजो राति कैलालीको धनगढीमा 'ग्याङ्ग फाइट'  भएको थियो।  धनगढीको हसनपुर क्षेत्रस्थित बाल्मिकी इन्टरनेश्नल स्कुल अगाडि लफडा भएको हो।

लफडा गर्ने एक युवक फरार भएका थिए। तर, एकजना भने पक्राउ परेका थिए। पक्राउ पर्नेमा धनगढी-५ का २३ वर्षीय कासीराम रावत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी खुकुरीसहित समातिएका थिए।

स्रोतका अनुसार अरु ३/४ जना युवकलाई पनि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीले लफडा गर्नेहरुलाई समातेको हो। यस्तै फरार रहेका युवाको खोजी सुरु गरिएको प्रहरीले बताएको छ। ग्याङ्ग फाइटको कारण र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार