Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक प्रदेश सभाबाट पारित भएको छ। सोमबार बसेको प्रदेश सभाको बैठकबाट विद्येयक पारित भएको हो। सभामुख भीमबहादुर भण्डारीले प्रदेश भित्रका स्थानीय तहमा कर्मचारीको व्यवस्थापन र सेवा प्रवाहका लागि आवश्यक भएकाले विद्येयक तयार गरेर प्रदेश सभाबाट पारित गरिएको उद्घोष गरेका छन्। गत वर्ष प्रदेश सभामा पेश भएको विद्येयक संशोधनसहित बहुमतले पारित भएको हो। तर, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले भने विद्येयक पारित हुने बेला प्रदेश सभाको बैठक बहिष्कार गरेका छन्। विद्येयकको छलफलमा उठान भएका प्रश्नहरुको जवाफ दिने क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको…

Read More

काठमाडौं: सशस्त्र प्रहरीमा एकसाथ दुई हजार जनालाई बढुवा गर्ने तयारी भएको छ। जेठ १९ गते सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवल्दारसम्म २ हजार जनाको बढुवा गर्ने गरी सूचना प्रकाशित गरेको हो। मुख्यालयले सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि बढुवा सूचना प्रकाशित गरेको हो। सूचना प्रकाशित गरेको मितिदेखि १० दिन भित्र बढुवा फाराम भर्न भनिएको सहप्रवक्ता शैलेन्द्र थापाले बताए। त्यसैगरी सशस्त्र प्रहरी बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि…

Read More

धनगढी: कैलालीको टीकापुर नगरपालिका–१, वनगाउँ दक्षिण पुरूवाका २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। १८ वर्षीया किशोरीमाथि करणी गरिएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार बिहान उनलाई नियन्त्रणमा लिएको हो। हाल मगरलाई हिरासतमा राखेर घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गराइएको छ। घटनाको थप विवरण सङ्कलन भइरहेको छ।

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा आज (सोमबार) मुद्दा दायर गरेको हो। नेकपा एस संसदीय दलका नेतासमेत रहेका सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार २०७४ माघ ७ देखि २०७९ फागुन १० सम्म सोडारीको तलबभत्ता, पत्नीको बचत, छोराको पारिश्रमिकलगायत ८५ लाख ५१ हजार ३३४ रूपैयाँ वैधानिक आय देखिएको साथै यस अवधिमा जग्गा खरिद, घर निर्माणलगायतमा १ करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ खर्च देखिएको छ। आम्दानी…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल प्रधान कार्यालयले माथिल्लो मुस्ताङको नेचुङ बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सिपाही सुनील श्रीषलाई पुरस्कृत गरेको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सुनीललाई नगदसहित रेकर्डमा जनाइने गरी पुरस्कृत गरेको सशस्त्र प्रहरी बलका सहाक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। ‘‘सिपाही सुनीलले सीमा स्तम्भको महत्त्व, उच्च हिमाली भूभागमा यात्रा गर्दा आइपर्ने चुनौतीबारे उत्कृष्ट ढंगबाट जानकारी गराएको पाइएपछि चिफसाबकै आदेशमा पुरस्कार दिइएको हो,’’ डीएसपी थापाले भने। जेठ १५ मा अपर मुस्ताङको कोराला नाका घुम्न जाने आन्तरिक पर्यटकलाई सुनीलले हात जोड्दै गरेको जानकारीमूलक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। सामाजिक सञ्जालमा सुनीलको प्रशंसा भइरहेको छ। के छ भिडियोमा ?गाडीमा सवार…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसहित देशभरमा रहेका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले आज (सोमबार) देखि लामो दूरीका सवारीसाधन ठप्प पारेका हुन्। गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। माग पूरा नभए सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्ने यातायात व्यवसायीहरुले घोषणा गरेका छन्। राज्यलाई लाखौँ रुपियाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धरासायी बनाउन खोजेको आरोप लगाएका छन्। उता सरकारले यातायात व्यवसायीका माग सम्बोधन गर्न पहल पनि थालेको छ। गृह मन्त्रालयमा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले आज (सोमबार) देखि लामो दूरीका सवारीसाधन ठप्प पारेका छन्। गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।माग पूरा नभए सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्ने यातायात व्यवसायीहरुले घोषणा गरेका छन्। राज्यलाई लाखौँ रुपियाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धरासायी बनाउन खोजेको आरोप लगाएका छन्।

Read More

धनगढी: कैलालीमा गोठमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका- १० जवलपुर बस्ने ४६ वर्षीय अनिल चौधरीको गोठमा आगलागी हुँदा उनका ७२ वर्षीय बुवा कुक्रु डगौरा थारुको जलेर घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार बिहान २ बजेको समयमा चौधरीको २ तले २ कोठे काठले बनेको खरले छाएको कच्ची गोठको माथिल्लो तलामा अचानक आगलागी भएको थियो। इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट प्रहरीले १ किलो ८०१ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला जिल्ला गोठीचौर गाउँपालिका घर भएका ३८ वर्षीय मेगराज खत्री र जाजरकोटको बारीकोट गाउँपालिका–३ का ३२ वर्षीय भक्तबहादुर शाही रहेका छन्। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ सई केशव जोशी र इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख इन्स्पेक्टर ज्ञानेन्द्र सिंहको कमाण्डमा खटिएको संयुक्त टोलीले आइतबार एक अपरेसनमार्फत उक्त लागूऔषध (अफिम) सहित २ जनालाई समातेका हुन् प्रहरीले उनीहरूलाई शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई आवश्यक प्रक्रिया पुर्‍याई खानतलासी गर्दा कालो प्लास्टिकमा बेरि लुकाइ…

Read More

काठमाडौं: राप्रपा सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सिंह आफैँ पक्राउ परेका हुन्। गेटबाट भित्र पस्ने क्रममा नै पक्राउ गरिएको बुझिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले प्रहरीमाथि दुर्व्यवहार गरेकाले नियन्त्रणमा लिएको बताए। बोहराले भने, ‘गेटमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गर्नुभयो। हामीले त्यसपछि नियन्त्रणमा लिएका हौं।’ यस अगाडि आजै गणतन्त्र उल्ट्याएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन सडकमा ओर्लिएका राप्रपा नेपालका अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापा समातिएका थिए। राजावादी आन्दोलनको तेस्रो दिन आज नक्सालस्थित नारायणचौरबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि थापासहित ५ जनालाई पक्राउ…

Read More