Author: टेकसिंह धामी

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा गैरसरकारी संस्था (एनजीओ) ले कब्जा जमाएको पाइएको छ। मन्त्रालयको सबैभन्दा माथिल्लो तलामा रहेका २ कोठामा उनीहरूले कब्जा जमाएका हुन्। स्रोतका अनुसार नेपाल व्यवसायीक योग्यता प्रणालीको प्रादेशिक परियोजना सहयोग एकाई र टिभीइटी फर युथ क्वालिटी प्रोजेक्ट नामक एनजीओले मन्त्रालयमा कब्जा जमाएका हुन्। मन्त्रालयका कर्मचारी र मन्त्रीकै संरक्षणमा करिब ६ महिना अघिदेखि उनीहरुले मन्त्रालयबाटै कामकाज गरिरहेको बताइएको छ। उनीहरूले मन्त्रालयका कर्मचारी बस्न बनाइएका २० नम्बर र २१ नम्बर कोठाको कार्यकक्षसमेत प्रयोग गर्दै आएका छन्। यता, मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने मन्त्रालयकै कार्यक्रमलाई सहयोग गर्न एनजीओ राखिएको बताए। उनले महेन्द्रनगरपोष्टसँग भने, ‘हाम्रै प्रोग्रामलाई सपोर्ट गर्नलाई राखिएको…

Read More

धनगढी: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको छ। महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको हो। उनीहरूलाई एसएसबीले तिगरम पुलघाटमा (राैगती भन्ने स्थानमा) रोकेको बताइएको छ। उनीहरूलाई चेकजाँच गर्दै जान अनुमती नभएकोले रोकिएको एसएसबीले बताएको छ। प्राप्त जानकारीअनुसार भारतको छियालेकदेखि गर्ब्याङ हुँदै सीतापुलसम्मको नोटिफाइड एरियाबाट यात्रा गर्न सबैले भारतीय प्रशासनको परमिट (लिखित अनुमति) बनाइएको छ। रोकिएका तीनै जनालाई ‘आप लोगोँ कि परमिट में कुछ फर्क है’ भन्दै रोकिएको थियो। धारचुलास्थित एसडिएम कार्यालयबाट आदेश आएपछि मात्रै रोकिएका ती तीन जनालाई जान…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने खेलोमेलो भैरहेको बताइएको छ। तत्कालीन पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी सार्ने खेलोमेलो भैरहेको बताइएको हो। स्रोतका अनुसार तत्कालीन माओवादी नेतृत्वको सरकारले तोकेको राजधानी अहिलेको नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारले सार्न खोजिरहेको हो। विषेशगरि काँग्रेसका प्रदेशस्तरीय नेता, तथा प्रतिनिधि सभा सदस्य र हालका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलेसमेत यसमा चासो लिएका छन्। आजमात्रै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको राजधानी र नामकरणको विकल्पमा छलफल गर्ने बताएका छन्। उनले डडेल्धुरा पुगेर यस्तो बताएका हुन्। प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिलेका लागि प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा तोकिएको छ। उक्त क्षेत्रमा वनको विवाद भएकाले…

Read More

धनगढी: नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकमा खैलाबैला भएको पाइएको छ। धनगढीको निर्माण व्यवसायी संघको हलमा भएको समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय बैठकमा खैलाबैला मच्चिएको हो। अस्ति १४ गते समाजवादी मोर्चाको सन्देश सभाबारे छलफल गर्न डाकिएको बैठकमा नेताहरुको आपसमै विवाद भएपछि खैलाबैला भएको बताइएको छ। स्रोतका अनुसार पार्टीका जिल्ला अध्यक्षहरुले सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री तथा समाजवादीका केन्द्रिय सदस्य नरेश शाहीको विषयमा प्रश्न उठाएपछि विवाद भएको हो। प्रदेश सरकारले ल्याएको बजेटको विषयलाई लिएर प्रश्न उठाउँदा हलमा विवाद पैदा भएको बताइन्छ। स्रोतले जानकारी दिएअनुसार अर्थमन्त्री शाहीको गृहजिल्ला बाजुरासहित अन्य जिल्लाका पार्टी अध्यक्ष र प्रदेश सदस्यहरुले बजेटमा आफ्नो असन्तुष्टि पोखेका थिए। मन्त्री शाहीमाथि उनकै गृहजिल्लाका…

Read More

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाको नदीजन्य वस्तुको ठेक्कामा भ्रष्टाचार भएको भन्दै दुई वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ। अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टसहितका १२ जनाविरुद्ध गत १० असारमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नदीजन्य वस्तुको ठेक्कामा भ्रष्टाचार गरेको पुष्टि भएको भन्दै अख्तियारले १२ भदौमा तत्कालीन नगरप्रमुुख विष्ट, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहितका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले १० असारमा दायर गरेको मुद्दामा भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को महाकाली नदीको नदीजन्य वस्तुबाट प्राप्त हुने आयको ठेक्का थियो। उक्त ठेक्कामा नगरपालिकाले ठेक्का…

Read More

धनगढी: २०५२ सालतिरको कुरा हो, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दलबलसहित जंगल पस्यो। तत्कालीन अवस्थामा माओवादीहरु रुकुम तथा रोल्पाबाट भूमिगत भएका थिए। त्यसबेला नेपाल सरकार, सुरक्षा निकाय, फरक दलका नेता कार्यकर्तासहित आम नागरिकले पनि सास्ती व्यहोरे। त्यसबेला गाउँ-गाउँमा आक्रमणदेखि चन्दा धन्दा समेत चलाएर उधुम मच्चाए। अचेल तीनै माओवादीहरुले त्यसलाई जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व भन्ने गरेका छन्। जुन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकारबीच २०५२ सालदेखि २०६३ सम्म चलेको थियो।युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो। विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै यो युद्ध समाप्त भएको थियो। त्यो द्वन्द्वलाई मृत्युदण्ड, नरसंहार,…

Read More

धनगढी: सुदूरपश्चिममा केही समययता डेङ्गुको प्रकोप बढ्दै गएको देखिन्छ। विशेषगरी कैलाली, कंचनपुर र दार्चुलामा डेङ्गुको प्रकोप बढी रहेको छ। आजसम्मको तथ्यांक हेर्दा प्रदेशभर अहिलेसम्म ६३५ जनामा डेङ्गुको संक्रमण भैसकेको देखिएको छ। यो महिना (भदौ) को मात्र तथ्यांक हेर्दा अहिलेसम्म ३०८ जनामा संक्रमण देखिएको छ। यसले गर्दा संक्रमण तीव्र रुपमा फैलिईरहेको देखिन्छ। हालसम्मको तथ्यांकले सबैभन्दा बढी कैलालीमा संक्रमित रहेको र सबैभन्दा न्यून (१ जना) बैतडीमा रहेको देखाएको छ। यस्तो महामारीको समयमै धनगढीका निजी अस्पतालहरुले भने मौकामा चौका हान्न खोजेका छन्। यानिकी उनीहरूले डेङ्गु परीक्षणका नाममा लुट मच्चाइएको पाइएको छ। धनगढीका निजी अस्पतालहरुले सेवाग्राहीबाट डेङ्गु परीक्षणको मात्रै चर्को शुल्क लिँदै लुट मच्चाएका…

Read More

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार मुद्दामा आफन्तसमेत पर्ने व्यापारीक साझेदारलाई जोगाउन अनेक हतकन्डा गरेको खुलेको छ। कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दाका मुख्य आरोपी तेजबहादुर चन्दलाई जोगाउन जयबहादुरले अनेक हतकन्डा गरेको पाइएको हो। हतकन्डा पनि, यतिसम्म कि अख्तियारको आयुक्तजस्तो सम्मानित पदमा बसेर अनुसन्धानको दायरामा हुनुपर्ने ती तेजबहादुरसँग जयबहादुरले खुलेआम भेट गरेको भेटिएको छ। आयुक्त जयबहादुरले महेन्द्रनगरमै पुगेर तेजबहादुरलाई भेटेको खुलासा भएको हो। अख्तियारका अनुसन्धान अधिकृतहरुले तेजबहादुरसमेत मुछिनुपर्ने मुद्दाको अनुसन्धान गरिरहेका बेला चन्दद्वयको भेट भएको देखिन्छ। तेजबहादुर चन्दको फेसबुक पोस्टका अनुसार जेठ २९ गतेको साँझ साढे ७ बजे…

Read More

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सेटिङ गरिएको पाइएको छ। कञ्चनपुरकोस्थित भीमदत्त नगरपालिकाको भ्रष्टाचार मुद्दामा अख्तियार भित्रकै मान्छेको इन्ट्रेस्टमा सेटिङ गरिएको पाइएको हो। अख्तियारकै आयुक्त जयबहादुर चन्दको सक्रियतामा उनका निकटस्थ तेजबहादुर चन्द (ठेक्का सम्झौतामा हस्ताक्षर गर्ने) लाई उन्मुक्ति दिएर मुद्दा नचलाएपछि सो सेटिङ सतहमा आएको हो। अख्तियारको सुदूरपश्चिमस्थित कार्यालयले मुद्दा चलाउनुपर्ने बताए पनी केन्द्रीय कार्यालयले मुद्दा नचलाएको बताइन्छ।यसले गर्दा अख्तियारकै औचित्यमाथि पनि प्रश्न उठेको छ। हिजो (मंगलबार) मात्रै आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने…

Read More

धनगढी: कैलालीमा हैजाको संक्रमण आउटब्रेक (फेला परेको) भएको छ। अस्ति भदौ १० गते कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा चेकजाँच गर्दा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजबिक्रम शाहीका अनुसार गौरिगङ्गा नगरपालिका-११ मसुरियाकी एक ३४ वर्षीया महिलामा सो संक्रमण देखिएको हो। उनका अनुसार ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी थिइन्। दिल्लीबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएकोमा उनी स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन्। तर, त्यहाँको चिकित्सकले संकास्पद ठानेर भदौ ९ गते सेतीमा पठाएको थियो। पछि सेतीमा चेकजाँच गर्दा उनमा संक्रमण फेला परेको हो। अहिले उनको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ।…

Read More