Author: महेन्द्रनगर पोष्ट

धनगढीः कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटउपर आज सुनुवाई गर्दै परमादेश जारी गरेको हो। न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले ४८ घण्टाभित्र ठूलो दलको नेताको हैसियतमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश दिएको हो। भर्खरै पदमुक्त भएका मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्यको समेत मत लिएपछि उक्त कदम असंवैधानिक रहेको जिकिर लिएर एमाले नेता कार्की अदालत पुगेका थिए।

Read More

कैलालीः कैलालीको धनगढीस्थित त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई पुनः सञ्चालनमा ल्याउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकपछि समिति उपसचिव शिवदत्त बरालले त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । तरकारीको विषादी परीक्षण गर्दै आएको उक्त क्वारेन्टिन तीन हप्तादेखि बन्द हुँदा खाद्यान्न, फलफूल र तरकारीको आयात–निर्यात समेत ठप्प छ ।

Read More

महोत्तरी: बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँचरछ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरुको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ । ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । ज्वरो आएकामध्ये तीन जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालका मेडिकल अफिसर डा।किशोर अधिकारीले जानकारी दिए । एक्कासी उच्च ज्वरो आउने र टाउको दुख्ने सबैजसो विद्यार्थीमा समान लक्षण पाइएको छ । यसअघि चौथो सेमेस्टरको परीक्षा चलिरहँदा पनि विद्यार्थीलाई ज्वरोले समस्या बनाएको क्याम्पस प्रमुख हरि भुजेलले जानकारी दिए…

Read More

ओखलढुङ्गा: ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । एउटै साल एकै गाउँमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेर छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कदै गरेका अधिकारी कट्वालले धकेल्दा लडेर घाइते भएका थिए । गम्भीर घाइते अधिकारीलाई उपचारको लागि अस्पताल ल्याइएकोमा अस्पताल पुर्याउना साथ अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । घटनामा संलग्न वृद्धलाई पक्राउ गरेर अनुसन्धान सुरु…

Read More

कञ्चनपुर: निर्धारित पुनःस्थापनाको समयावधि लम्बिँदै जाँदा मुक्त हलियाको बसोबासको उचित व्यवस्थापन हुन सकेको छैन । उचित बसोबासको व्यवस्था नहुँदा मुक्त हलिया परिवार नदी तटीय क्षेत्र, सामुदायिक वन नजिक, राजमार्ग छेउमा झुपडी बनाई कष्टकर जीवन बिताउन बाध्य छन् । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष ईश्वर सुनारका अनुसार पुनःस्थापनाका साथै शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दालाई सरकारले विशेष प्राथमिकतामा राखी प्रभावकारीरुपमा कार्यान्वयन गर्न नसक्दा मुक्त भएको १५ वर्ष बितिसक्दा पनि मुक्त हलियाले सम्मानित जीवन व्यतीत गर्न पाएका छैनन् । “कैयौँ मुक्त हलिया परिवार पुनःहलिया बस्न बाध्य छन्”, उनले भने, “केही हलिया परिवार परम्परागत हलियाबाट आधुनिक सहरिया…

Read More

बैतडी: बैतडीको एक घरमा चोरी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका-६ पन्ज्युनयाँका नारायणसिंह कार्कीको घरमा चोरी भएको हो । उनको घरबाट २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको बताइएको छ । गएराति घरका सबै जना गौरामा गएका बेला झ्याल फोडेर चोरी भएको बैतडी प्रहरीले जनाएको छ । चोरी कसले गरेको हो भन्ने थाहा नभएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे भने आज मात्रै खबर गरिएको हो ।

Read More

बैतडी: बैतडीमा बाघको आक्रमणबाट एक किशोरी घाइते भएकी छिन् । प्रहरीका अनुसार जिल्लाको पञ्चेश्वर गाउँपालिका-३ की अन्दाजी १६ वर्षीया पूजा लुहार बाघको आक्रमणबाट घाइते भएकी हुन् । आज घर नजिकैको रोल जंगलमा घाँस काट्न गएका बेला उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

Read More

काठमाडौँ: पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजाल बैतडी जाने भएका छन् । नेपाल तरुण दल बैतडीले बीपी जयन्तीको अवसरमा आयोजन गरेको प्रशिक्षण र वेबसाइट उद्घाटनका लागि नेता रिजाल बैतडी जान लागेका हुन् । यही भदौ २४ गते परेको ११०औँ बीपी जयन्तीको अवसरमा पाटनमा प्रशिक्षण र वेबसाइट उद्घाटन कार्यक्रम राखिएको तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेशदत्त भट्टले बताए । तरुण दललाई डिजिटल मोडेलमा अगाडि बढाउन वेबसाइट सञ्चालन गरिएको उनले बताए ।

Read More

काठमाडौँ: नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘एैंचो पैंचो’ देशभक्तिपूर्ण फिल्म रहेको बताएका छन् । बुधवार फिल्म हेरिसकेपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले फिल्मले राजनीतिभित्र देएिका केही खराब प्रवृत्तिहरुलाई पनि समेटेको बताए । ‘एैंचो पैंचो’ सामाजिक फिल्म पनि भएको बताउँदै उनले यसले समाजलाई सही बाटोमा अगाडि बढाउन प्रेरणा दिएको बताए । सिनेमा ‘ऐंचो पैंचो’ बिहीबारबाट प्रदर्शनमा आएको हो ।

Read More

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भेलि (शुक्रवार) शोक बिदा दिइएको छ । नगरपालिकाका पशु विकास अधिकृत गोपाल सिंह बोहराको निधनमा शोक बिदा दिइएको हो । बैतडीको पाटन नगरपालिका-१ घर भएका बोहराको हिजो राति हृदयघातबाट निधन भएको बताइएको छ ।

Read More