कैलाली: कैलालीको गोदावरी नगरपालिका- ४ बुढीतोलाबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोसाकको प्रहरी टोलिले शंका लागि डोटीको जोरायल गाउँपालिका – २ बस्ने २८ बर्षीय मिनबहादुर मालीको खल्ती चेकजाँच गर्दा खैरो हिरोइन(ब्राउन सुगर) फेला पारेको हो। उक्त खैरो हिरोइनको तौल १३ ग्राम रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। युवकको साथबाट ५३ हजार रुपैयाँ र एक थान मोबाईल पनि बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
कैलाली: भारतको जोगवनी आउँदै गरेको रेल (ट्रेन)भित्र एक जना नेपाली बालक बेवारिसे अवस्थामा भेटिएका छन्। कैलालीको गोदावरी नगरपालिका–२ मालिका टोल घर बताउने १३ वर्षीय विशाल विक रेलभित्र अलपत्र अवस्थामा भेटिएका हुन्। उनलाई विराटनगर ल्याइएको छ। मोरङको ग्रामथान गाउँपालिका–५ का काजी विकले ती बालकलाई सोमबार बिहान विराटनगर ल्याएर रानीस्थित आफन्त नेपाल नामक संस्थाको जिम्मा लगाएका हुन्। भारतको पञ्जावबाट जोगवनी आउँदै गर्दा नेपाली बालकलाई रेलभित्र बेवारिसे अवस्थामा देखेपछि आफूले ल्याएर संस्थाको जिम्मा लगाएको काजीले बताए। ‘दोहोरो कुराकानीका क्रममा बालकले बुवा–आमासँग केही दिनअघि पञ्जाव घुम्न गएको बताए। सँगै घर फर्किदै गर्दा पानी लिन ओर्लिएका बेला ट्रेनले छाड्यो भनेका छन्,’ उनी भन्छन्, ‘बालकको अवस्था…
काठमाडौं: सुदूरपश्चिमका जिल्लाहरुमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वमा नवलपरासीदेखि पश्चिममा कञ्चनपुरसम्मका जिल्लाहरुमा गएराति भारी वर्षा भएको हो। सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुराको भारतीय सीमा आसपास भारी वर्षा भएको विभागले जनाएको छ। कञ्चनपुरको शान्तिपुर बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षासमेत भएको छ। बेलौरीमा १२६.४ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै कञ्चनपुरको सुन्दरपुरमा १०९.२ र कैलालीको धनगढी एयरपोर्टमा ५४.६ मिलिमिटर वर्षा मापन भएको छ। ती जिल्लाहरुका होचा स्थानमा डुबान हुन सक्ने देखिएकाले आज बिहानसम्मै उच्च सतर्कता अपनाइराख्न जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भनेको छ।
धनगढीः कैलालीका एक युवकमाथि काठमाडौंमा खुकुरी प्रहार भएको छ। बुधवार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका–४ चण्डोल चोकमा कैलालीको टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुई पक्षबीच झगडा हुँदा शाहमाथि खुकुरी प्रहार भएको बताइएको छ। टाउको र खुट्टामा चोट लागेकाले उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए। सो प्रकरणमा संलग्न रहेको भन्दै धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगन्जले घटनाको थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ: नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा भएको छ। आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना…
काठमाडौं : नेपालस्थित स्विट्जरल्याण्ड दूतावासका कार्यवाहक राजदूत नेतृत्वको टोली सुदूूरपश्चिमको धनगढी पुगेको छ । टोली आजै बिहान पौने ९ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यता गएको थियो । छ जनाको टोलीमा दूतावासको तर्फबाट तीन जना र स्वीस एजेन्सी फर डेभलपमेन्ट कर्पोरेसन (एसडीसी) का तर्फबाट तीन जना छन् । उनीहरु बिहान धनगढी पुगेपछि होटल रुबसमा झोला राखेर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटघाट गर्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । बिहान ११ बजेदेखि १२ बजेसम्म भएको भेटपछि टोली मध्यान्ह महेन्द्रनगर प्रस्थान गरेको थियो । दिउँसो साढे १ बजेदेखि २ बजेसम्म शुक्लाफाँटास्थित जंगल रिसोर्टमा लञ्च खाएर उनीहरुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गरेको बताइएको छ…
काठमाडौं : काठमाडौंमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-४ चण्डोल चोकमा कैलालीको टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार भएको हो । दुई पक्षबीच झगडा हुँदा शाहमाथि खुकुरी प्रहार भएको बताइएको छ । टाउको र खुट्टामा चोट लागेका उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए । सो प्रकरणमा संलग्न रहेको भन्दै धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जले घटनाको थप अनुसन्धान…
काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको नम्बर ७, हेडक्वार्टर सिरहाले पछिल्लो एक वर्षमा साढे चार करोड रुपैयाँ बढीको चोरीपैठारीका सामान बरामद गरेको छ । गत आर्थिक वर्षमा भन्सार छलेर भारतबाट नेपाल ल्याउन खोजिएका सामानमध्ये सशस्त्रले ४ करोड ५५ लाख २८ हजार ३३६ रुपैयाँ बराबरको सामान पक्रेर भन्सार कार्यालयलाई बुझाएको विवरण सार्वजनिक भएको छ । सशस्त्रले सबैभन्दा बढी अवैध कपडा पक्राउ गरेको जनाएको छ । जसअनुसार गत आर्थिक वर्षमा एक करोड ५९ लाख १० हजार ९६४ रुपैयाँको अवैध कपडा पक्राउ गरिएको हो । त्यस्तै ८९ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको सवारी साधन नियन्त्रणमा लिएको थियो भने ८९ लाख ६९…
महेन्द्रनगर : दार्चुलामा नेपाली सेनामा जागिर लगादिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजलासले मङ्गलवार महाकाली नगरपालिका-३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर र मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । त्यस्तै, अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । धरौटीमा रिहा हुनेमध्ये महाकाली नगरपालिका-३ का २१ वर्षीय ईश्वरसिंह महरबाट एक लाख रुपैयाँ, सोही ठाउँका ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर…
बैतडीः बैतडीमा दुई दशक यता अधिकारका क्षेत्रमा कार्यरत महिला अधिकारकर्मी सरस्वती नेपालीलाई जातीवाद विरुद्धको विश्व च्याम्पीयन अवार्ड पाइने भएको छ। आज बिहान अमेरीकामा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। आजै अमेरीकामा आयोजीत अवार्ड वितरण कार्यक्रममा अधिकारकर्मी नेपालीलाई अवार्ड वितरण गरिने जनाइएको छ। उक्त अवार्ड नेपाली समय अनुसार राती ११ बजे वितरण गरिने छ। उक्त अवार्ड विश्वका ६ जना महिलालाई प्रदान गरिने छ। अवार्ड प्राप्त गर्नेमा नेपालबाट सरस्वती नेपाली, ब्राजिलकी कारी गुजारारा, ओस्वाल्डो बलिबाओ लोबाटोन पेरु, रानी यान बंगलादेश, सादिया मोस्बाह ट्युनिसिया, भिक्टोरिना लुका मोल्डोभा रहेकी छन्। अधिकारकर्मी नेपालीले यसअघि ५ लाख राशीको अन्तराष्ट्रि दर्नाल अवार्ड समेत प्राप्त गरिसकेकी छन्।