Author: महेन्द्रनगर पोष्ट

राम धामी, डडेल्धुराः जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबिरुद्ध संगठित ठगी अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलनको आयोजना गरेर सो सहकारी संस्थाले डडेल्धुरा जिल्लाबाट कुल ३१ करोड, १६ लाख, ७१ हजार, तीन सय १३ रुपैयाँ बचत संकलन गरेको र बचतकर्ताहरुको रकम दुरुपयोग गरेको जानकारी दिएको छ। डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले कुल एक हजार पाँच सय ४४ जनाले बचत रकम फिर्ता मागगर्दै प्रहरी समक्ष उजुरी दिएको बताए। उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा शिव शिखर सहकारी संस्थाबाट ठगिएका छ सय ४९ वटा जाहेरी दर्ता भइसकेको जानकारी दिए। सो…

Read More

काठमाडौँ : नेकपा (एमाले) ले पुष्पलाल मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । सिराहाको सर्रे अम्बामा बसेको सचिवालय बैठकले मङ्सिरको तेस्रो साता केन्द्रीय कमिटी बैठक आयोजना गर्ने र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म युवा केन्द्रित अभियान सुरु गर्ने निर्णय गरेको हो । मङ्सिरमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए । उनले भने- ‘मङ्सिरको तेस्रो साता सुदूरपश्चिमको धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाउने र त्यो बैठकअघि पोलिटब्युरोको बैठक डाक्ने निर्णय भयो ।’ उनले बैठकको मिति पछि तोकिने समेत बताए ।

Read More

कैलाली: जिल्लाको गोदावरी नगरपालिका -४ को वडा कार्यालय भवन बन अतिक्रमण गरेर बनाउँदै गरेका ६ जना मदजुर पक्राउ परेका छन । बसन्तपुर महिला सामुदायिक वन भित्र भवन बनाउँदै गरेका ६ जना मजदुरलाई सव डिभिजन वन कार्यालय अत्तरियाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भवन निर्माणको काम गर्दै आएका मदजुर गोदावरी नगरपालिका–६ का ४८ वर्षीय कज्जु चौधरी, ५६ वर्षीय रामकुमार चौधरी, धनगढी उपमहानगरपालिका–१३ का गौरव चौधरी, २३ वर्षीय दिपक चौधरी, ४८ वर्षीय विशाल चौधरी र ३५ वर्षीय बुझाइने चौधरी रहेका छन । भबनको जग हाल्ने काम सकिएको छ । भवन निर्माणको काम दिउँसोभन्दा राति हुने गरेको स्रोतको दाबी छ । वन…

Read More

काठमाडौँ : सेवाग्रहीबाट सुन समातेर पैसा र चेक लिएपछि मात्रै फिर्ता दिन खोज्ने तत्कालीन इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले केसीलाई कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएको थियो । रुपन्देहीस्थित बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिएर गएका डिएसपी केसीले फिर्ता गरेका थिएनन् प्रहरी प्रधान कार्यालयको प्रतिवेदन र उजुरीका आधारमा आयोगले डिएसपीमाथि थप छानबिन गरेको थियो । केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका –५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन समातेर फिर्ता दिएका थिएनन् । १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई…

Read More

काठमाडौं: एसिया कप क्रिकेटमा नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरे । रिजवान ४४ रनमा आउट भए ।

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बताइएको छ । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिए । महराका बाबुछोराले व्यापारीले भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक–पटक दबाब दिएको आरोप छ । उनीहरूले भन्सारका अधिकारी र सुन ल्याउने व्यापारीसँग पटक पटक फोन गरेको पनि खुलेको थियो ।

Read More

काठमाडौं: एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले पाकिस्तानका इमाम उल हकलाई रन आउट गरे । इमाम १४ बलमा ५ रन बनाएर आउट भए । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारीले सरुवा मागेका छन् । ६० किलो सुन तस्करी र अन्य विभिन्न घटनामा कर्मचारीलाई अनावश्यक दबाब र डर, त्रास उत्पन्न गराएको भन्दै १ सय ३७ जनाले विभागका महानिर्देशक सामु सरुवा मागेका हुन् । विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको उनीहरूको गुनासो छ । कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै उनीहरूले कार्यालयमा उपस्थित भई तोकिएको कार्य–जिम्मेवारी पूरा गर्न…

Read More

धनगढीः कैलालीको धनगढीस्थित एसपीए कलेजमा अध्ययनरत एक युवक मृत फेला परेका छन्। बिबिएस दोस्रो वर्षमा अध्ययनरत २२ वर्षीय युवक उत्तम वली मृत फेला परेका हुन्। आज (बुधबार) गोदावरी नगरपालिका–७ जमुनानगर घर भएका वली आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी आफ्नै सुत्ने कोठामा वली मृत अवस्थामा मृत फेला परेका थिए। अहिले उनको शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

दार्चुला: दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडा खेडाकी अन्फा चुनारा नौगाड खोलामा हाम फालेर बेपत्ता भएकी छन् । प्रहरीका अनुसार अन्दाजी ५० वर्षीया अन्फाले मंगलवार राति साढे ११ बजेतिर खोलामा हाम फालेकी हुन् । उनी मानसिक रुपमा अस्वस्थ रहेको बुझिएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

Read More