Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ बजेटबारे अन्योल बढेको छ । बजेटको वार्षिक कार्यक्रम पुस्तिका बाहिरिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका साथै पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले प्रदेश सरकारको आगामी बजेट प्रभावित भएको हो । सुदूरपश्चिम प्रदेश सभामा बजेट पेस गरेको २५ दिन पूरा भएको छ । प्रदेश सरकारले हालसम्म बजेटमाथिको छलफलका लागि प्रक्रिया अगाडि बढाएको छैन । बजेट छलफलका साथै पास नहुँदै मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रस्तुत बजेट संशोधन गरी ल्याउने कि नयाँ बन्ने सरकारले पूरक बजेट ल्याउने भन्नेबारे बहस सुरु भएको छ । राजनीतिक समीकरण फेरिएपछि सरकारमा हुँदा ल्याएको…

Read More

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालको इतिहासमै ठूलो वर्षा भएको जनाएको छ । विभागका अनुसार कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा यही असार २४ गते बिहान मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो । विभागका अनुसार असार २४ गते बिहान ८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मिमि, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिमि र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमि. वर्षा भएको थियो। विभागका अनुसार वायुमण्डलीय तथ्याङ्क, भू-उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषण गरिएको थियो । उक्त दिन मनसुन न्यून…

Read More

काठ्माडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताएका छन् । “एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण छ भनी मैले भनेको छु”, पुटिनसँगै बसेर हिन्दी भाषामा उनले भने, “जब निर्दोष बालबालिकाहरूको हत्या हुन्छ, उनीहरू मरेको देख्दा मुटु दुख्छ, त्यो पीडा असह्य हुन्छ ।” आफ्नो मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी अभियानबारे पनि छलफल गरेको बताए । “एउटा सच्चा मित्रका रूपमा हामीसँगै थियौँ र धेरै मुद्दामा छलफल गर्यौँ,” उनले भने, “युक्रेनका बारेमा हामी दुवैले आफ्नो विचार खुला र विस्तृतरूपमा राख्न…

Read More

काठमाडौँ : गौतम गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । पूर्वक्रिकेटर गौतम भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआर्ई)का सचिव जय शाहले जानकारी दिए । गौतम आईपील टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल पनि जितेको थियो । भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको हालै सम्पन्न टी–२० विश्वकपपछि कार्यकाल सकिएको थियो ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकार गठनको तयारीमा लागेको छ। प्रधानमन्त्री दाहालले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्। उनको पक्षमा अहिलेसम्म नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीमात्रै रहेका छन्। त्यसकारण दाहालले विश्वासको मत पाउने सम्भावना निकै कम देखिन्छ। दाहालले यसअघि कांग्रेस नेतृत्वमा सरकार बनाउन पहल गरे पनि सम्भावना कम देखिएको छ। तर अहिले केपी शर्मा ओली नेतृत्वको एमाले र कांग्रेसमा भने सरकारमा को-को जाने भन्ने विषयमा आन्तरिक छलफल चलिरहेको छ। कांग्रेसमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएमा महामन्त्री गगन थापा, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलामध्ये एकलाई पठाउने तयारी छ। तर यसअघि कांग्रेस…

Read More

धनगढी : कैलालीको धनगढीबाट एक शिक्षक बेपत्ता भएका छन् । शिक्षक सेवा आयोगको परीक्षा दिन धनगढी आएका अछामका एक शिक्षक धनगढीबाट बेपत्ता भएका हुन्। अछामको मेल्लेख गाउँपालिका–६ का टंकबहादुर बोहरा धनगढीबाट सम्पर्क विहीन भएका छन। जनता क्याम्पसका मावि शिक्षक रहेका बोहोरा शनिवारदेखि सम्पर्क विहीन भएका हुन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि धनगढी आएका बोहरा भन्सार रोड तरकारी थोक बजार क्षेत्रबाट सम्पर्क विहीन भएका छन्। शनिवार साँझ ५ बजेसम्म सम्पर्कमा रहेका बोहोरा बेपत्ता भएका हुन। उनले राति १० बजे तिर घरमा फोन गरेका थिए। मोटरसाइकलमा आएका युवाहरूले लखेटेको बताएका बोहरा बेपत्ता भएका छन्। आफन्तले प्रहरीमा खबर गरेका छन्। तर, प्रहरीले…

Read More

धनगढी : अछाममा वेवारिसे शव फेला परेको छ। जिल्लाको साँफेबगर नगरपालिका–७ मेलसैनस्थित बुढीगंगा नदीमा वेवारिसे शव फेला परेको हो। वेवारिसे शवको नाम थर, लिङ्ग पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। शवको पहिचानका लागि बाजुरा लगायतका प्रहरीसँग समन्वय भइरहेको भण्डारीले जानकारी दिएका छन्। कङ्काल फेला परेको स्थानभन्दा माथिबाट बगेर आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ।

Read More

धनगढी : कैलालीको कैलारी गाउँपालिका–९ गधरियास्थित भुरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको छ । सोही ठाउँ बस्ने अन्दाजी २० वर्षीय अजय राना असार २३ गते नुहाउने क्रममा उक्त नदीमा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरबाट खटिएको सुरक्षा फौजले उनको शव डुबेको स्थान भन्दा करिब १९ किलोमिटर तल काठमा अड्किएको अवस्थामा फेला पारेको हो । उनको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ पठाइएको छ ।

Read More

धनगढी : नेकपा एमालेकी पोलिटब्यूरो सदस्य तथा डडेल्धुरा इन्चार्ज गौरी ओलीलाई मातृशोक परेको छ। संविधानसभा सदस्य समेत रहेकी नेतृ ओलीकी ममतामयी आमा भक्तिदेवी ओलीको ८४ वर्षको उमेरमा आज निधन भएको छ। उनको निधनले एमाले नेतृ ओली र उनका परिवारजनलाई गहिरो शोकमा डुबाएको छ। भक्तिदेवी ओलीको निधन प्रति नेकपा एमाले परिवार, उनका सहकर्मी, शुभचिन्तक र शुभेच्छुकहरुले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनको अन्तिम संस्कार सम्बन्धी जानकारी पछि सार्वजनिक गरिने जनाइएको छ।

Read More

धनगढी: धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु प्रकरणमा डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको छ। डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको छ। भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको हिजोराति मृत्यु भएको थियो। डाक्टरको लापरबाहीले गर्दा नै बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिनभर अस्पतालमा आन्दोलन गरेका थिए। मृतकका अंकल हेमराज जोशीले उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्ने सहमति भएको बताए। सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो।…

Read More