Author: महेन्द्रनगर पोष्ट

काठमाडौँः बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व भुमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई नेपाल प्रहरीले बयान लिन सीआईबीको कार्यालयमै बोलाएर फर्काएको छ। दार्चुला घर भएका पूर्वमन्त्री जोशीलाई बयानका लागि सोमबार सीआईबीले बोलाएको थियो। तर, उनलाई सीआईबी प्रमुख किरण वज्राचार्यले बयान नलिई फर्काएका हुन्। सीआईबी प्रमुखले बोलाएपछि जोशी सोमबार दिउँसो १ बजे सीआईबीको कार्यालय पुगेका थिए। तर बयान नलिई फेरि बोलाउला भनेर त्यसै फर्काएको जोशीले बताए। ‘पहिलो पटक सीआईबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो। तर फेरि अहिले नआउनु भनि खबर आयो। आज फेरि बोलाए बमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिएँ’, जोशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर बयान…

Read More

धनगढीः धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ। सोमबार दिउँसो घरमा बेहोस भएपछि उपचारका लागि ल्याइएका धनगढी उपमहानगरपालिका–१० बस्ने सुदूरपश्चिम प्रदेश सभाकी पूर्व सदस्य मालामती रानाका ४० वर्षीय भाई अरूणकुमार रानाको मृत्यु भएपछि तनाव भएको हो। बेला–बेला मिर्गी आउने समस्या भएका रानाको अस्पतालको लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन्। मृतककी भतिजी सोनियम रानाले आकस्मिक कक्ष लगिएका अरुणलाई डाक्टरले ओपिडी कक्षमा पठाएको र एक घण्टासम्म नआएपछि मृत्यु भएको बताइन्। ‘उहाँ एक्कासी ढलेर बेहोस भएपछि १२ बजेतिर अस्पताल ल्याएका थियौँ। ईमरजेन्सी कक्षमा लग्यौँ तर त्यहाँबाट टिकट काटेर ओपीडी चेकजाँच गर्ने ठाउँमा लैजान भनियो,’ रानाले…

Read More

धनगढी: कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हतियारसहित नेपाल छिरेको आशंका गरिएका भारतीय एसएसबीका जवान उतै फेला परेका छन्। हतियारसहित बेपत्ता भएका  भारतीय सुरक्षा बल (एसएसबी) का जवान १४ घण्टापछि भारतीय भूमीमै भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले नेपाल प्रवेश गरेको आशंका गरिएका जवान भारतीय भूमीमै भेटिएको खबर प्राप्त भएको जानकारी दिए। भारततर्फ मेलाघाटमा रहेको एसएसबीको कम्पनीबाट आइतबार राति १० बजेतिर हतियारसहित फरार जवान सोमबार दिउँसो जंगलमा भेटिएका डीएसपी डाँगीले बताए। राति कम्पनीबाटै हतियारसहित जवान बेपत्ता भएपछि एसएसबीले नेपालतर्फ भाग्न सक्ने आशंकामा सीमा क्षेत्रमा निगरानी र नेपाली भूमिमा खोजीका लागि सशस्त्र प्रहरीलाई खबर गरेको थियो। सशस्त्र प्रहरी र जनपद प्रहरीले…

Read More

काठमाडौं: संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ। आज बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम अनुमोदन गरेको हो। श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका थिए। उनले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पन्ने योजना पेश गरेका थिए। २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त श्रेष्ठ सरकारी सेवामै लामो समय रहेर सर्वोच्चमा पुगेका हुन्। सन् १९५९ अक्टोबर ६ तारिखमा डोटीको सिलगढीमा जन्मिएका उनले मानवशास्त्रमा स्नातकोत्तर र कानूनमा डिप्लोमा गरेका छन्। सन् १९८२ अप्रिल ९ मा उनले शाखा अधिकृतको अस्थायी दरबन्दीमा सरकारी सेवा सुरु गरेका थिए। त्यसको दुई वर्षपछि…

Read More

धनगढी: सुदूरपश्चिमेलीहरुको महान पर्व ‘गौरा’ आजबाट बिधिबत् रुपमा सुरु भएको छ। आज भाद्र कृष्ण पञ्चमी आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ। भगवान् शिवकी धर्मपत्नी पार्वतीको स्वरुप गौरालाई पुज्ने चलन छ। विवाहित महिलाले आज पञ्चमीका दिन व्रत बसी गौरापर्वको दिन धुबीधागो लाउने गर्दछन् । व्रतबाट सुस्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ। आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गरिन्छ। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलउँको बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’का रुपमा लिईन्छ। पूजाआजाका क्रममा बिरुडालाई प्रसाद र…

Read More

धनगढी: धनगढी उप–महानगरपालिका–५ पिपल चौतारामा रहेको एक कस्मेटिक पसलमा आगलागी हुँदा १२ लाख बढीको धनमाल नष्ट भएको छ। ३९ वर्षीया तृप्ती जोशीले सञ्चालन गरेको तृप्ती कस्मेटिक पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरमा आइतबार दिउसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–५ क्याम्पस रोडमा म.१ क १७७ नम्बरको बस र सु.प.प्र.०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा सोहीँ नगरपालिका–४ किचाई बस्ने २८ वर्षीय मदनबहादुर सिंहको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल सिंहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार अर्का यात्रु घाइते भएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More

धनगढी: कैलालीमा लागुपदार्थ सेवन गरेर सवारी चलाउने २ चालकलाई नियन्त्रणमा लिइएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित मोहना-अत्तरिया ६ लेन सडकमा सवारी हाकिरहेको ती दुईजना आज(सोमबार) बिहान पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुपप्र ०२-००१ ज ३७४ नम्बरको विङ्गरका चालक चालक कञ्चनपुर बेदकोट नगरपालिका-३ बस्ने २२ वर्षीय रमेश टमटा र रा १ च १४७५ नम्बरका जिप चालक दाङको बंगलाचुली गाउँपालिका- ४ बस्ने २५ वर्षीय सोनु नेपाली रहेका छन्। बिहान ८ बजे ट्राफिक प्रहरी र प्रहरी टोलीले शंकास्पद ५ जना चालकलाई लागुऔषध परीक्षण किटको प्रयोग गरि परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुमध्ये पक्राउ परेका २ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको…

Read More

डडेल्धुरा: दक्षिण कोरियामा रजत पदक जित्ने डडेल्धुराका निरज देउवा सम्मानित भएका छन्। सुदूरपश्चिम समाज, दक्षिण कोरियाले एक कार्यक्रमको आयोजना गरि उनलाई सम्मानित गरेको हो। देउवाले दक्षिण कोरियाको छुङछङनाम्दोमा आयोजना भएको ‘आठौं डेजियोन एमबीसी कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ मा रजत पदक जितेका हुन्। उनले पुरुष ८७ केजी तौल समूहमा नेपाललाई रजत पदक दिलाएका हुन्। दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रतियोगितामा २२ देश सहभागी थिए। देउवाले यसअघि पनि दक्षण कोरिया, अजरबैजान, भारत, पाकिस्तानलगायत देशमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भई विभिन्न पदक तथा पुरस्कार पाइसकेका छन्। गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा जन्मिएका उनी हाल सशस्त्र प्रहरी बल (एपीएफ) मा पनि कार्यरत छन्।

Read More

धनगढी: कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरेको छ। हिजो (सोमबार) राति सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) को टोलीले उक्त सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिकास्थित डोकेबजारको परासन चौकी पछडीबाट सामान बरामद गरिएको हो। करिब २ लाख ५० हजार मूल्य बराबरको कपडा, बिडी, र सुर्ती जंगलमा लुकाएको अवस्थामा फेला पारी बरामद गरिएको र थप कारबाहीका लागि भन्सार पठाइएको प्रहरीले जनाएको छ।

Read More