Author: महेन्द्रनगर पोष्ट

डोटीः  डोटीको एक पालिकामा युवाहरुले श्रमदानबाट बिजुलीको लाइन बिस्तार गरेका छन्। जिल्लाको जोरायल गाउँपालिका –३ का युवाहरूले श्रमदानबाट बिजुली बालेका हुन्। वडाध्यक्ष नवीन ओझाको अगुवाइमा स्थानीयले श्रमदानबाट विद्युत बिस्तार गर्दै ४ टोलमा बिजुली बालिसकेका छन् भने अन्य टोलमा बिस्तार कार्य जारी रहेको जनाएको छ। ५ वर्षअघि ठेक्का लागेको विद्युत विस्तारको योजना ठेकेदारले अलपत्र पारेपछि ३ सय ७६ पोल श्रमदानबाट बिस्तार कार्य तीव्र छ। तार र पोल ढुवानीमा श्रमदान भएको वडाध्यक्ष ओझाले बताए। ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा ठेकेदारले ढुवानी गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन। पटक पटक पहल गर्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि श्रमदानबाट काम गर्न बाध्य भएको वडाध्यक्ष ओझाले…

Read More

कञ्चनपुर: प्रहरीले कञ्चनपुरमा तस्करीमा संलग्न ट्रक नियन्त्रणमा लिएको छ। कृष्णपुर नगरपालिका–२ बाणीबाट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएका सामानसहित १ ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो। शुक्रबार भन्सार छलेर ल्याइएका अन्दाजी १ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरका चिनी, सलाई, छोहरालगायतका सामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बाणीको संयुक्त गस्ती टोलीले उक्त सामान बरामद गरेको जनाइएको छ।

Read More

कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेजको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमन बन्द गरिएको छ। बिहीवार साँझदेखि नै पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ। महाकालीमा पानीको बहाव १ लाख १० हजार २९० क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिक्कै ठूला सवारी साधन आवागमनमा रोक लगाइँदै आएको छ।

Read More

डोटीः  डोटी जिल्ला सदरमुकामदेखि प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको प्रवेशद्वार झिग्राना जोड्ने सडक ४ दिनदेखि अवरुद्ध भएको छ। लगातारको वर्षापछि बुधबार बिहान आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो। बाटेओखर भन्ने ठाउँमा सडकमाथिबाट ठूलो पहिरो आएका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको डोटी प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि एम्बुलेन्स समेत चल्न नसक्दा उक्त क्षेत्रका बिरामीहरुलाई बोकेर ल्याउनु पर्ने अवस्था सिर्जना भएको छ। बुधवार गएको पहिरो पन्छाएपनि बिहीवार पुन: पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ। ठाउँ–ठाउँमा भएका सानातिना अवरोधहरु नेपाली सेनाले हटाएपनि उक्त पहिरो हटाउन मेसिन ल्याउनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए।  प्रमुख जिल्ला अधिकारी अर्यालले आजसम्म बाटो…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Read More

धनगढी: धनगढीको दिपेन्द्र प्रहरी स्कुुलमा गत बैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडाल। स्कुलले आह्वान गरेको दरखास्त बमोजिम आवेदन दिएकी राजेश्वरी छनोट प्रक्रिया पूूरा गर्दै करार शिक्षकका रुपमा शिक्षण पेशामा लागेकी थिइन्। दार्चुलाको मार्मा गाउँपालिका–६ को सितोली स्थायी घर भइ धनगढी उपमहानगरपालिका–३ स्थित फूपुको घरमा बस्दै आएकी राजेश्वरी बर्खे विदामा घर गएकी थिइन्। पारिवारीक स्रोतकाअनुसार राजेश्वरी फेसबुुक आइडी उनकी जेठी दिदी रञ्जनाले पनि चलाउने गरेकी थिइन्। करीब २० दिन अगाडिको कुरा हो, दिदी रञ्जनाले राजेश्वरी र मामा नाता पर्ने नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका नेतासमेत रहेका मार्मा गाउँपालिका–६ को मौरे गाउँका जगदिश कोट्टारीबीचको सम्बादबाट दुुवै जनाबीच प्रेम सम्बन्ध रहेको थाहा…

Read More

धनगढी: बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। चैनपुरस्थित पसल व्यवसाय गरी बस्ने परराज चलाउनेका ४ वर्षीय छोरा आदित्य चलाउने मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन्। शुक्रबार साँझ ४ बजे शान्तिमार्ग रोड नजिकै रहेको पसल अगाडी सडक छेउमा खेलिरहेका बालकलाई सुदूरपश्चिम प्रदेश से ५ प १९७० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। घाइते बालकको अवस्था मध्यम रहेको बताइएको छ। उनको अहिले जयपृथ्वी अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरियाका २२ वर्षीय कमल देउवा भने प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी दिपेश चौधरीले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक जनालाई सर्पले डसेको छ। जिल्लाको वेदकोट नगरपालिका–७ झजपुराका ३६ वर्षीय राजकुमार चौधरीलाई सर्पले टोक्दा घाइते भएको प्रदेश आपतकालिन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ। घाइते चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी: कैलालीको धनगढीबाट एक युवक लागुऔषध ब्राउन सुगरसहित समातिएका छन्। धनगढी उपमहानगरपालिका- ७ जोखरतालबाट वडा नम्बर १३ मोहनपुर बस्ने २३ वर्षीय सुनिल चौधरी पक्राउ परेका हुन्। चौधरीमाथि शंका लागि चेकजाँच गर्दा २ सय मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनलाई नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले समातेको हो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीलाई गाली गरेको र मातहतका कार्यालयबाट पैसा उठाएको विषयमा छानबिन गर्न प्रदेश सभाको उपसमितिले बयान लिने भएको छ। भट्टले गाली गरेको र मातहतका कर्मचारीबाट रकम लिएको अडियो र भिडियो सार्वजनिक भएपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिनका लागि उपसमिति बनाएको थियोे। उपसमितिका संयोजक मानबहादुर धामीका अनुसार निमित्त वन निर्देशक भट्टलाई भदौ ११ गते ११ बजे समितिको बैठकमा जवाफ दिने गरेर उपस्थित हुन पत्राचार गरिएको छ। केही दिनअघि निमित्त वन निर्देशक भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई गाली गरेको र आफूले मातहतका…

Read More