Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढीमा अवैध काठसहित तीनवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। आज (आइतबार) विहान जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले अबैध काठसहित तीनवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। धनगढी उपमहानगरपालिका–७ देवरियाबाट सालको ४२ वटा कडी बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साथै बा २५ प १२२७, से २ प ९६६५ र से ६ प ३२५४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : काभा महिला भलिबल नेसन्स लिगमा आज (आइतबार) नेपाल र इरान भिड्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। लिगमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ। शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ। उता इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ। लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ। समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ। २ खेलबाट…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह दोहोरिने भएका छन । आज (आइतबार) बिहान ११ बजे बस्ने कांग्रेस प्रदेश संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गर्नेछ । पार्टी सभापति शेरबहादुर देउवाले अहिले शाहलाई मुख्यमन्त्रीमा सहयोग गर्न अन्य आकांक्षीहरुलाई निर्देशन दिएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् । कांग्रेसको शिर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले आजै मुख्यमन्त्री दाबी पेश गर्ने छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा थिए तर उनीहरुलाई रोक्दै…

Read More

धनगढी: भोलि सुदूरपश्चिममा नयाँ सरकार गठन हुने भएको छ। पूर्ववत् सहमतिअनुसार सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेस नेतृत्वको सरकार बन्ने छ। अर्थात् अन्य कुरा यथावत रहेकोमा काँग्रेसका कमल बहादुर शाह र प्रकाश बहादुर देउवामध्ये एकजना मुख्यमन्त्री नियुक्त हुनेछन्। प्रदेश प्रमुख नजिर मियाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। यस अगाडि हिजो मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका थिए। शुक्रबार संसदलाई सम्बोधन गरेलगत्तै मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुख मिया समक्ष राजीनामा बुुझाएका थिए। मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ मा दुुई वा दुुई…

Read More

धनगढीः कैलालीको धनगढीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१ बसन्तटोल र वडा नम्बर ८ धनगढी गाउँको बिचबाट बग्ने खोलामा २६ वर्षीय पंकज लाभको डुबेर मृत्यु भएको हो। कैलाली प्रहरीका अनुसार धनगढी–८ का स्थानीय पंकज खोलामा मृत भेटिएका थिए। उनी खोलामा जानुको कारण खुलेको छैन।

Read More

काठमाडौं: सेनाको नयाँ गोरख गण ‘ख’ गुल्म,अमलटारी बाँदर झुला पोष्टका जवान सुदीप मिजारले आफैँलाई गोली प्रहार गरेका छन्। नवलपरासीको बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ७ स्थित उक्त पोष्टमा कार्यरत २२ वर्षे मिजारले आज दिउँसो घाँटीमा गोली हानेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गोरखगण कसरा चितवन दरबन्दी भएका सुदिप नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोष्टमा कार्यरत थिए। उनले कोत घरमा रहेको बन्दुक प्रयोग गरेका हुन्। धादिङको गल्छी गाउँपालिका–४ घर भएका सुदिपले आफैँलाई गोली प्रहार गरेको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको जनाएको छ।

Read More

धनगढी: कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर २ को पहाड रोडमा बेहोस अवस्थामा भेटिएका बैतडीको सुर्नाया गाउँपालिका–४ घर भएका अन्दाजी २५ वर्षीय राजेश साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिवार साढे ११ बजे बेहोस भेटिएका साउँदको उपचारको क्रममा करीब १२ बजेतिर पद्मा अस्पतालमा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यस्तै बैतडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। पाटन नगरपालिका–१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। उनी घर नजिकैको जंगलमा शुक्रवार दिउँसो २ बजेतिर मृत भेटिएकी हुन्।…

Read More

काठमाडौँ: नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणाले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। उनी सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका आईजीपी राणाले पेन्सन रोकिएपछि सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटमा न्यायाधीश विनोद शर्माको एकल इजलासले लिखित जवाफ माग गर्दै उनको पेन्सन रोकिनुको कारण पेस गर्न विपक्षीहरूको नाममा आदेश जारी गरेको हो। भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि पेन्सन खाइरहेका राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रले रोकिएपछि साउन १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामाग्रीका लागि २८ करोड, ८१ लाख, ६१ हजार, ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिँदै भ्रष्टाचार गरेको…

Read More

धनगढी: कैलालीमा सशस्त्र प्रहरीका पूर्व एसएसपी मदनसिंह बिष्टको अध्यक्षतामा बिष्ट कल्याणकारी सभाको तदर्थ समिति गठन गरिएको छ। शनिबार धनगढीमा ज्येष्ठ सदस्य नारायणसिंह बिष्टको अध्यक्षतामा बसेको भेलाले उनको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो। तदर्थ समितिको उपाध्यक्षमा जयसिंह बिष्ट, सचिवमा पदमसिंह बिष्ट, सहसचिवमा लिला बिष्ट र कोषाध्यक्षमा आनन्दसिंह बिष्टलाई चयन गरिएको छ। सदस्यमा जयबहादुर बिष्ट, शंकरसिंह बिष्ट, जगदिश बिष्ट, जनकसिंह बिष्ट, जगदिशसिंह बिष्ट, साधना बिष्ट र गोपाल बिष्ट चयन भएका छन्। बिष्ट कल्याणकारी सभाको सल्लाहरकारमा ज्येष्ठ सदस्य नारायणसिंह बिष्ट, मदनसिंह बिष्ट, हिमालय बिष्ट, हर्कबहादुर बिष्ट र पदमसिंह बिष्टलाई राखिएको छ। शनिबार गठन भएको तदर्थ समितिले अगामी ६ महिनाभित्र अधिवेशन गरेर नयाँ…

Read More

धनगढी : कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागी छुटेको बस दुर्घटनामा परि ५ जाना घाइते भएका छ्न । बेलौरी नगरपालिका–१० भुडा बाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु प प्र ०२००१ ख ११४५ नम्बर बस शनिवार बिहान दुर्घटनामा परेको हो । दुर्घटना परि चालक सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक अजित सिह राना सहित ४ जना सामान्य घाइते रहेका छन । घाइतेको बेलौरी नगरपालिका–८ कलकत्ता स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Read More