Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरको भूमिमा बनाइएको भारतीय सिमा सुरक्षा बल (एसएसबी)को क्याम्प हटाइएको छ। बिहीबार बेलौरी नगरपालिका–१० भुडास्थित नेपाली भूमिमा राखिएको एसएसबीको क्याम्प हटाइएको हो। सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए। बेलौरी नगरपालिका–१० भुडाबाट भारतीय बजार कम्बोजनगर जाने बाटोमा एसएसबीले कोरोनाकालमा क्याम्प राखेको थियो भने ७/८ महिनादेखि एसएसबीले क्याम्प निजिकै ब्यारिएल लगाएको थियो। सो विषयमा मिडियाले समाचार सम्प्रेषण गरेपछि सिडिओले उक्त कमद चालेका हुन्।

Read More

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गौरा पर्वले धार्मिक आस्था, आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने बताएका छन्। आज गौरा पर्वको शुभकामना सन्देश जारी गरेर उनले नेपालभर र विश्वभरि छरिएर रहेका प्रदेशवासीको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् । गौरा पर्व प्रदेशभर भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । गौरा पर्वमा महिलाले निराहार रही घरघरमा तामा वा पित्तलको भाँडोमा बिरुडा भिजाउने, धार्मिक अनुष्ठान तथा पूजाआजा गर्ने गर्दछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाले शिव पार्वतीको पूजाआजा गरी अष्टमीको दिनलाई विशेष श्रद्धाभक्तिका साथ मनाउने गर्दछन् । जारी सन्देशमा…

Read More

धनगढी: बाजुरामा काठे पुुल भाच्चिदा एक युवक बेपत्ता भएका छन्। जिल्लाको बुढीनन्दा नगरपालिका– ३ लौठारुख बस्ने २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाच्चिदा बेपत्ता भएको प्रहरीले जनाएको छ। उनी भैसी र भैसिको पाडोसहित पुल तर्ने क्रममा अचानक काठे पुल भाचिएपछि बेपत्ता भएका हुन्। भैसिको पाडो र लुुहार खोलामा बगेर बेपत्ता भएपनि भैसी भने खोलाको किनारमा जिउदै भेटिएको छ।

Read More

काठमाडौैँ : नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उनको उपचारका क्रममा बुधबार निधन भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहनुभएका कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बैठकले स्व. नेता कार्कीप्रति सम्मान प्रकट गर्दै भदौ ८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक…

Read More

महोत्तरी: कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर महोत्तरी क्षेत्र नम्बर १ बाट  प्रतिनिधिसभा सदस्य चुनावमा होमिएका कोइरीले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै संसद बने । तर, उनको यो खुसी धेरै दिन टिक्न नै पाएन । १९ मंसिर २०७७ मा जनकपुर उच्च अदालतले ज्यान मारेको अभियोगमा उनै कोइरीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दियो । अदालतको आदेशबमोजिम कोइरी न तारेखमा गए न त थुनामा नै बसे, प्रहरीले कोइरीलाई फरार सूचीमा राख्यो । कानुनी छिद्राबाट संसद त…

Read More

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ । प्रधान कार्यालयका अनुसार आवश्यकताअनुसार काजमा खटाउनुपर्ने भएकोले विभिन्न ५ इन्स्पेक्टरलाई काज सरुवा गरिएको जनाएको छ । सूचीः

Read More

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयको आङ्गीक क्याम्पसको रुपमा रहेको टिकापुर बहुमुखी क्याम्पसमा स्ववियुले ताला लगाएको छ। क्याम्पसमा स्ववियुले आफ्ना माग सम्बोधन नगरेको भन्दै कृषि विज्ञान संकाय विभागीय प्रमुख र डिनको कार्यालयमा आजदेखि अनिश्चितकालिन तालाबन्दी गरिदिएको हो। उता अर्को विद्यार्थी सङ्गठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द गरिदिएको छ।

Read More

धनगढी: धनगढी–अत्तरिया ६ लेन सडकमा विङ्गर पल्टिएको छ। आज (बिहीबार) धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा विङ्गर पल्टिएर दुर्घटना हुँदा ३ जना घाईते भएका हुन्। ६ लेनको सडकखण्ड अन्तरगत गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पम्प नजिक अत्तरियाबाट धनगढीतर्फ आउदै गरेको से.१ ज १०८४ नम्बरको विङ्गर अनियन्त्रीत भएर विङ्गर पल्टिदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाईते हुनेमा गौरीगंगा नगरपालिका–१ का ४५ वर्षीय मोतिलाल चौधरी, सोही स्थानका ५५ वर्षीय विष्णु चौधरी र गोदावरी नगरपालिका–१ का २१ वर्षीय रमेश कामी रहेका छन्। उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भैरहेको र तिनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २५ वर्षीय…

Read More

धनगढी: दार्चुलाको एक पालिकामा भ्रष्टाचार मुद्दामा डामिएर निलम्बित रहेका कर्मचारीलाई नै हाकिम बनाएर पठाइएको कुरा खुलेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दा लागेर बर्षदिनदेखि निलम्बनमा रहेका उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाएको हो। मन्त्रालयले उपसचिव पदमबहादुर बुढालाई शैल्यशिखर नगरपालिकाको हाकिमको जिम्मेवारी दिएर खटाएको छ। उनलाई कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृतका रुपमा कार्यरत रहँदा भ्रष्टाचार मुद्दा लागेको थियो। गत वर्ष भदौं २६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड बढी बिगो माग दाबी गर्दै उनीसहित अन्य १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यसरी भ्रष्टाचार मुद्दा दायर भएका कर्मचारी स्वत निलम्बनमा पर्दछन्।…

Read More

एजेन्सी: वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको छ। मस्कोको उत्तर पश्चिम भागमा भएको विमान दुर्घटनामा उनीलगायत सबै यात्रुको निधन भएको बताइएको छ। विमानमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि रहेको जानकारी दिइएको छ। दुर्घटनाको पुष्टि गरेपनि क्रेम्लिनका अधिकारीहरूले ती दुईको मृत्युबारे केही बताएका छैनन्। यता वाग्नर समूहले आफ्नो सामाजिक सञ्जालको एकाउन्टमा उनीहरु मारिएको उल्लेख गरेको छ। रुसी सेनाले विमान खसालेको आरोपसमेत लगाइएको छ।

Read More