Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा १६ जना सांसद नियमित १० वटाभन्दा बढी बैठकमा ‘गयल’ देखिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा १० वटाभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम बिदा स्वीकृतिको लागि प्रस्तुत गरिएको थियो । बैठकमा प्रस्तुत नामावलीअनुसार नेपाली कांग्रेसका सांसद मनोरमा शेरचन थेरापीबाट उपचार गरिरहेकाले बैशाख २४ देखि साउन २७ गतेसम्मका ४७ वटा बैठकमा अनुपस्थित भएकी छन् । यस्तै कांग्रेसकै सांसद वीनाकुमारी थनैत अस्वस्थ भएका कारण बैशाख २७ देखि भदौ १ गतेसम्मका ४५ वटा बैठकमा अनुपस्थित भइन् । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन अस्वस्थ भएका कारण बैशाख २४ देखि असार ४ गतेसम्म २९ वटा बैठकमा अनुपस्थित भएका छन् । कांग्रेसका…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन्। उनले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन्। प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताए। उनले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र…

Read More

काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिइन् । यही भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ । उनले बुस्टर डोज लगाउन छुटेकाका लागि पनि पहिलो बुस्टर डोज दिइने बताइन्। उनले दोस्रो बुस्टर कम भएकाले लगाउने सङ्ख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताइन्। सूचना अधिकारी खड्काले बुस्टर डोज लगाउन छुट भएकालाई लगाउन आग्रह गरेकी छन् । प्राथमिक स्वास्थ्य केन्द्र र…

Read More

धनगढीः नेपाली कांग्रेस कैलालीले युवा नेता लोकराज पाण्डे ‘आगो’ र सुरतबहादुर कार्कीको कारबाही फुकुवा गरेको छ। कैलालीको गेटामा निर्माणाधिन स्वास्थ्य विद्यालयको मुद्दा उठाउँदै आएका युवा नेता आगोलाई पार्टीले नेतृत्वविरुद्ध बोलेको भन्दै यसअघि साधार सदस्य समेत नरहने गरी निस्कासन गरिएको थियो। प्रदेश समितीका कार्यबाहक सभापती लोकराज अबस्थी संगको छलफल पछि  क्षेत्र नम्बर ४ का सभापती बसन्त रोकायाको पहलमा कारबाही फिर्ता भएको हो।

Read More

काठमाडौं : सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रकम खर्च नगर्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशसिंह राउत र अनिल सिन्हाको संवैधानिक इजलासले बुधबार यस्तो आदेश गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘संघीय र प्रदेश व्यवस्थापिकाको मूल कार्य व्यवस्थापिकीय प्रकृतिको कार्य नै हुने देखिन्छ। संघीय सांसद वा प्रदेश सभा सदस्यहरूलाई कार्यकारिणी प्रकृतिको कार्य गर्ने जिम्मेवारी प्रदान गरेको देखिँदैन। यस स्थितिमा राष्ट्रिय योजना आयोग वा प्रदेश योजना आयोग वा सम्बन्धित मन्त्रालयको सिफारिसमा नपरेका विषयमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसद आफैले आफ्नो संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकासको नाममा रकम…

Read More

काठमाडौँ : प्रतिनिधि सभाका ११ सांसदको संसदीय समिति हेरफेर गरिएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूको संसदीय समिति हेरफेरको प्रस्ताव राखेका थिए । सभामुख घिमिरेले राखेको सांसदको संसदीय समिति हेरफेरको प्रस्ताव स्वीकृत भएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट हालैमात्र बाहिरिएका माओवादी सांसद अमनलाल मोदीलाई सार्वजनिक लेखा समितिमा पठाइएको छ । काँग्रेसकी सांसद नागिना यादवलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ । काँग्रेसका सांसद शशाङ्क कोइरालालाई कानुन, न्याय तथा मानवअधिकार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सरुवा गरिएको छ । कांग्रेसकै सांसद रामहरि खतिवडालाई कानुन समितिबाट राज्यव्यवस्था तथा…

Read More

काठमाडौँ : भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम-३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो । भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान-३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल…

Read More

बाजुरा : बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। बुढीनन्दा नगरपालिका–४ घोडाकोट ताडी खोलामा काठेपुल भत्किँदा बुधबार दिउँसो एक जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठारुखका लली ल्वारका २६ वर्षीय छोरा गंग ल्वार रहेका छन्। ल्वारसँगै खोलामा बगेको भैँसीको भने सकुसल उद्धार गरिएको छ। ल्वार र भैँसीको पाडो भने अहिसम्म नभेटिएको बुढीनन्दा नगरपालिका–३ का वडाअध्यक्ष जंगवीर रोकायाले बताए। ताडीबाट घोडाकोट आउने क्रममा घोडाकोटताडी खोलामा रहेको काठेपुल भत्किदा बेपत्ता भएका ल्वारको इलाका प्रहरी कार्यालय कोल्टीको टोली र स्थानीले खोजी गरिरहेका छन्।

Read More

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणको ५० हजार जरिवाना तिराउने निर्णयविरुद्ध अदालत गएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको रिट खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बुधवार बालेनको रिट खारेज गर्दै महानगरपालिका र मेयर साहलाई कारबाही गर्ने क्यानको निर्णय कार्यान्वयनको बाटो खुलाएको हो । त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि क्यानले बालेनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध बालेन अदालत गएका थिए । क्यानले बालेनलाई ५० हजार जरिवानासहितको कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधेपछि उनी असार ७ गते अदालत गएका थिए । अदालतले तत्काल स्पष्टीकरण नसोध्न अन्तरिम…

Read More

काठमाडौं : भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ । मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् । भत्किएको पुलको भग्नावशेषमा अझै धेरै पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने बेलामा त्यहाँ ३५ देखि ४० जनासम्म कर्मचारीरमजदुर कार्यरत थिए ।

Read More