Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) का लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बुधबारको निर्णयबाट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको एसएसपीका लागि १२ जना एसपीको नाम सिफारिस गरिएको हो । बढुवा सिफारिस सूचीअनुसार राजेश उप्रेती पहिलो नम्बरमा परेका छन् भने गंगाराम श्रेष्ठ, रविन राज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेज प्रसाद पोखरेल बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्रका अनुसार सिफारिस भएका १२ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ…

Read More

काठमाडौँ : नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । सङ्घका अध्यक्ष धुव्र गौतमले बिचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै सङ्घले बजार अनुगमलाई तीव्रता पार्न खोजेको बताए । “उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैयाँसम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल २० रुपैयाँसम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही…

Read More

काठमाडौँ : सङ्खुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले सो जानकारी दिएको छ । यही साउन २४ गते बिहान भएको सो घटनापछि गृह मन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो । उक्त टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो । कारागारमा रहेका ‘सिसिटिभी फुटेज’को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उनले जानकारी दिए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीकोसमेत प्रत्यक्ष संलग्नता देखिएको…

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। उनीहरूले बुधबार दिउँसो शीतलनिवास पुगी राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

Read More

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनेरास्ववियु कैलालीले छ्ड्के हानेको छ। आज (बिहीबार) अस्पतालमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको कैलाली जिल्ला कमिटीले छ्ड्के हानेको हो। सेवाग्राहीको गुनासो बढ्दै गएको अवस्थामा आज छ्ड्के हानिएको अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले बताए। उनका अनुसार चिकित्सकको लापरबाही, जताततै फोहोर, सरसफाइको अभाव र कर्मचारीहरुको मनोमानीजस्ता समस्या देखा परेका छन्। यस्तै, समयमा कर्मचारीहरु अफिस नपुग्ने र शल्यक्रियाका लागि सेवाग्राहीले १ वर्ष कुर्नुपर्ने बाध्यता रहेको बोगटीले बताए। भोलि नै यसको समाधानका लागि अनेरास्ववियुले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ।

Read More

बाजुरा: वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ । उपचारका लागि आउने बिरामीको सङ्ख्या केही दिनयता बढेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा स्क्रब टाइफस, मलेरिया, डेङ्गु झाडापखाला, आँखा पाक्नेलगायत समस्या लिएर बिरामी उपचारमा आउने गरेका छन् । पछिल्लो एक महिनाको अवधिमा नौ जना स्क्रब टाइफसका बिरामी उपचाररत रहेका सूचना अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार जिल्लामा नौ स्क्रब टाइफस, एक मलेरिया र दुई डेङ्गु सङ्क्रमित बिरामी फेला परेका छन् । “स्क्रब टाइफस एक सरुवा…

Read More

धनगढी: धनगढीमा विद्युत सेवा अवरुद्ध भएको छ। अत्तरिया सबस्टेशनभित्र धनगढी आउने ३३ केभी लाइनको केबुल पड्केर विद्युत सेवा अवरुद्ध भएको धनगढी वितरण केन्द्रले बताएको छ। आज (बिहीबार) दिउँसो २ बजेदेखि अवरुद्ध भएको विद्युत सेवा अझै सञ्चालनमा आएको छैन। अझै डेढ घण्टा समय लाग्ने बाइएको छ। धनगढीसहित अत्तरियाका केही क्षेत्रमा सेवा अवरुद्ध भएको हो।

Read More

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ का कलकबहादुर डगौरा चुरे नजिकको बेलडाँडी गाउँमा बस्दै आएको छ दशक बित्नै लागेको छ । विगतमा चुरे पहाडमा वर्षा हुँदा खोलामा बाढी आउँथ्यो र घरसम्म पुग्दैनथ्यो । खोलामै बगेर जान्थ्यो । बस्तीमा कुनै हानि नोक्सानी हुँदैन्थ्यो । तीन दिनअघि अनौखी खोलाको बाढी उहाँको घरसम्मै पुग्यो । पहिलो पटक बालुवा, ढुङ्गा, गिट्टी ल्याएर उनले रोपेको धान पूरै पुरिदियो । “बाढीको समस्या पहिलो पटक नै देखियो”, उनले भने, “खोलाको बाढीको पानीले पूरै खेतमा रोपेको धान सोत्तर बनाइदिएको छ, धान किनेर भात खानुपर्ने अवस्था ल्यायो ।” खोलाले उनको मात्रै धानबालीमा क्षति गरेको छैन । गाउँका अन्य सात परिवारले लगाएको धानबालीमा…

Read More

काठमाडौँ: नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बङ्गलादेश निर्यातका लागि सहमति गरिसकेको छ । सोही संस्थामार्फत नेपालको बिजुली बङ्गलादेश पुग्नेछ । बिजुली निर्यातका लागि…

Read More