Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: १० जलाधार अन्तर्गतका केही नदीहरूमा आज जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार दुधकोशी नदी रवुवाबजारमा, सुनकोशी नदी हम्पचुवारमा, कर्णाली नदी असाराघाटमा, भेरी नदी समजिघाटमा र महाकाली नदी पारिगाउँमा उल्लेख्य बढ्ने सम्भावना छ। आज बिहानको मापनअनुसार कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तरै र सामान्य अवस्थामा छन्। कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसापास छ। महाकाली नदीको जलसतह भने खतरा तह आसपास रहेको महाशाखाले जनाएको छ। पाँचथर, ईलाम, झापा, संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी,…

Read More

दाङ: बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबाआमा गम्भीर बिरामी परेका छन्। मंगलबार जंगली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका–४ की ११ वर्षीया अस्मिता सुनारको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो। अस्मिताकी आमा ईश्वरी सुनार र बुबा अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक जङ्गली हात्तीको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्याङ्कीमा परेर बिहीबार बिहान जङ्गली हात्तीको मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय कञ्चनपुरले जनाएको छ। तस्बिर: अर्जुन सिंह

Read More

कञ्चनपुर: विद्युत् प्राधिकरणको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै कञ्चनपुरको गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको छ हिजो(बुधबार) साँझ बिजुलीको तार टाउकोमा खसेर करेन्ट लग्दा स्थानीय ३६ वर्षीय दिनेश ओडको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आज(बिहिवार) बिहानैबाट प्रदर्शन गरेका हुन्। उनीहरूले भीमदत्त नगरपालिका-५ सुकासालमा अन्तर्गतको सडकमा ढुंगा राख्दै टायर बालेर चक्काजाम गरेका छन्। जथाभावी तार छाड्ने विद्युत प्राधिकरणलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेको स्थानीय विशाल कुमार तिरुवाले बताए। गड्डाचौकी सडक खण्ड अवरुद्ध हुँदा नेपाल भारत आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ।

Read More

धनगढीः कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय विदा दिने निर्णय गरेको छ। थारु समुदाय गुरही पर्वलाई विशेष पर्वकोरुपमा मनाउदै आएकोले गुरही पर्वको अवसर पारेर पालिकाले एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो। भदौ ४ गते गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय विदा दिएको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले जानकारी दिए।

Read More

बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। हिजो बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए। शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो।

Read More

कैलाली: आज भीमदत्त राजमार्ग ६ घण्टा बन्द हुने भएको छ। गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ। गत सोमबार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएको थियो। करिब ५ सय मिटर सडक भासिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाको तराईका जिल्लासँगको यातायात सम्पर्क टुटेको  थियो। धेरै प्रयासपछी सोमबार मात्रै एकतर्फी सडक खुलाइएको थियो।

Read More

कञ्चनपुर: हिजो(बुधबार) साँझबाट महाकाली नदीमा बनेको शारदा ब्यारेजमा चारपांग्रे साधनको आवतजावत खुलेको छ। नदीको जलस्तर घटेपछि चारपांग्रे सवारीसाधनलाई आवागमन गर्न खुला गरिएको हो। नदीमा बहाव बढेपछि सोमबार बिहानैदेखि सवारी आवागमनमा रोक लगाइएको थियो। उक्त दिन महाकालीको जलस्तर १ लाख ९६ हजार क्युसेक पुगेको थियो। बुधबार १ लाख क्युसेकभन्दा तल आएपछि पुलमा आवागमन खुला गरिएको हो।

Read More

काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी, मधेस र गण्डकी प्रदेशको…

Read More

काठमाडौँ : सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। आठ वर्षअघि तराई-मधेस थरुहट आन्दोलनका क्रममा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको जेठ २ गते न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले फैसला गरेको थियो। उक्त घटनामा मुख्य योजनाकार भनिएका रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन सरकारले बेला बेला गरेका प्रयासहरूबारे असन्तुष्टि फैसलाको पूर्णपाठमा देखिन्छ। फौजदारी कानुन उल्लङ्घन भएर निहत्था मानिसको ज्यान गएको घटनालाई राजनीतिकरण गरिन नहुने धारणा फैसलामा व्यक्त गरिएको छ। ‘फौजदारी कानुनको उल्लङ्घनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा मुद्दा चलाउनै नमिल्ने भन्नु वा…

Read More