Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

Read More

धनगढीः वनगाउँमा सामान किन्न गएकी वृद्ध महिलालाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको मोटरसाईकल चालक फरार भएका छन्। दैनिक उपभोग्य सामग्री किन्न भारतको वनगाउँ गएकी धनगढी–३ बोराडाँडीकी ६८ बर्षिया देवकी धानुकलाई त्यहाँको बजार नजकै ठक्कर दिएर चालक मोटरसाईकल सहित फरार भएका हुन्। वनगाउँबाट गौरिफण्टा नाकासम्म यात्रु ओसार्ने काम गर्दै आएका मोटरसाईकल चालकले हिड्दैगरेको अवस्थामा ठक्कर दिएर फरार भएको घाइते महिलाका छोरा प्रकाश धानुकले बताए। दुर्घटनामा परी धानुकको हात र खुट्टा भाँचिएको छ। हाल धनगढी स्थित मायामेट्रो अस्पतालमा आमाको उपचार भइरहेको छोरा प्रकाशले बताएका छन्। आमाको उपचार गर्न आफुलाई आर्थिक अभाव रहेको उनले बताए। चालकको भारतीय प्रहरीले खोजीकार्य गरिरहेको कैलाली प्रहरीले जनाएको…

Read More

धनगढीः प्रदेश स्तरीय स्वास्थ्यका कार्यक्रम मूल्याङ्कनमा स्वास्थ्य कार्यालय कैलाली प्रथम भएको छ। प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा प्रथम स्थान हासिल गरेको स्वास्थ्य कार्यालय कैलालीलाई प्रमाणपत्र प्रदान गरिएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीलाई सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। यस्तै, स्वास्थ्यका कार्यक्रम कार्यान्वयन गरेको भन्दै स्वास्थ्य कार्यालय अछाम दोस्रो तथा स्वास्थ्य कार्यालय बैतडी र दार्चुलाले तेस्रो स्थान हासिल गरेका छन्। स्वास्थ्य कार्यालय कैलालीले ८८ दशमलव ७५ अङ्क हासिल गरेर प्रथम भएको हो भने स्वास्थ्य कार्यालय अछामको ८२ दशमलव ५ र बैतडी तथा दार्चुला स्वास्थ्य कार्यालयलाई समान ८२ अङ्क मिलेको थियो। स्वास्थ्य कार्यालय अछाम,…

Read More

बझाङः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) बैतडी पुगेका छन्। भूकम्प पीडितहरुको अवस्था बुझ्नका लागि बझाङ जाने क्रममा शनिवार विप्लवले बैतडीको खोड्पेमा पार्टीका नेता कार्यकर्ताहरुसंग छलफल गरेको नेपाल कम्युनिष्ट पार्टीका बैतडीका सेक्रेटरी श्याम भट्टले बताए। यही असोज २९ गते समाजवादी मोर्चाको धनगढीमा हुने सभामा सहभागीका लागि समेत विप्लव सुदूरपश्चिम आएको बुझिएको छ। उनी बझाङपछि सिधै धनगढी जाने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी बैतडीले जनाएको छ।

Read More

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख रामबहादुर लिम्बू कुरुम्बाङ फेसबुक अकाउन्ट ह्याक भएको छ। आज (शनिबार) उनले आफ्नो अकाउन्ट ह्याक भएको जानकारी दिए। यस्तै आफ्नो अकाउन्टबाट ह्याकरले अवाञ्छित सन्देशहरु पठाइएकोमा उनले क्षमा मागेका छन्। सूचना हत्याउन ह्याकिङ भएको हुनसक्ने अनुमान गरिएको छ।

Read More

काठमाडौँ : मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको ह्याम्स अस्पतालमा उपचार जारी छ। शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंलाई थप उपचारका लागि आजै भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको अस्पतालले शनिबार साँझ एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ। अस्पतालका अनुसार साँझ साढे सात बजे उनलाई विमानमार्फत् थप उपचारका लागि भारत लैजाने तयारी भएको हो। उनको उपचार इमर्जेन्सी कक्षमा सुरू गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत…

Read More

काठमाडौँ: इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव इजरायल सरकारले नै पठाउने भएको छ । शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च इजरायल सरकारले नै बेहोर्ने भएको हो । शव कहिले पठाउने भन्ने विषयमा भने यकिन हुन सकेको छैन् । ‘१० जनाको शव नेपाल ल्याउन लाग्ने सबै खर्च इजरायल सरकारले नै बेहोर्नेछ । सबै प्रकृया पुरा गरेर नेपाल पठाउने भन्ने कुरा छ । कति समयमा नेपाल पठाउँछन् भन्ने यकिन भएको छैन् । तर, इजरायल सरकारले नै पठाउनेछ’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । शव नेपाल सरकारले नै ल्याउने कि के गर्ने भन्ने थियो । तर, इजरायल सरकारले आफ्नै खर्चमा शव पठाउने…

Read More

काठमाडौं : नेपाली काँग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । पार्टी प्रदेश सभापति समेत रहेका थापाले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् । कार्की बागी उम्मेदवार बनेर मुख्यमन्त्री नियुक्त भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । काँग्रेसले गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार इन्द्र आङ्बोलाई समर्थन गरेको थियो । थापा यसअघि दुई पटक मुख्यमन्त्री बनेपनि सर्वोच्चको आदेशपछि पदमुक्त भएका थिए । मुख्यमन्त्रीका लागि दुई पटकसम्म विश्वासको मत लिने प्रयास गरेपनि उनलाई ४७ मत नपुगेकाले पदबाट हटेका थिए । यसैबीच प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई सत्ता…

Read More

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरूले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरूले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गरेका हुन्। दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कुनै राजनीतिक दल पुरानो हुँदैमा सकियो भन्न नमिल्ने बताए। उनले मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरू एकजुट भएर अघि बढनुपर्ने आवश्यकता पनि औँल्याए । ‘कसैले भन्दैगर्दा पुरानाका दिन गए। पुराना…

Read More

मोरक्को : माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा आज अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्तावमा सकरात्मक निष्कर्ष निस्किएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । रणनीतिक महत्वको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसँग छलफल गर्न लागेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, सहुलियतपूर्ण ऋृण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता ९आइडिए०को २१…

Read More