Author: महेन्द्रनगर पोष्ट

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । गए राति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ छ । कार्यालयमा रु एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए । कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उनले बताए ।

Read More

काठमाडौँ : न्यायाधीश तथा कर्मचारीहरूले जाजरकोट भूकम्पका प्रभावितका लागि आफ्नो तलब काटेर आर्थिक सहयोग गर्ने भएका छन् । बुधवारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूबाट ७ दिन, उच्च अदालतका न्यायाधीशहरूबाट ५ दिन, जिल्ला अदालतका न्यायाधीशबाट ३ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतका सचिव र सहसचिवहरूबाट ३ दिन, अधिकृत स्तरका कर्मचारीबाट २ दिन र अरु कर्मचारीहरूबाट १ दिनको तलब रकम सहयोग स्वरूप जम्मा गर्ने निर्णय पनि गरेको सर्वोच्च अदालतले जनाएको छ ।

Read More

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले समयमै विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए । असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन् । विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका…

Read More

काठमाडौँ : इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ जारी छ । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको हो । बुधबार अदालतले यो मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको छ । यो मुद्दा नेपाल सरकारले एक पटक मुद्दा नचलाउने निर्णय गरिसकेको तर सर्वोच्च अदालतलृ उक्त निर्णय बदर गरेर अघि बढाउने आदेश दिएको थियो । बुधबार इजलासले सो मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेश गर्न जिल्ला अदालत…

Read More

रसुवा : रसुवामा नक्कली नोट बोकेका तीन जना पक्राउ परेका छन् । उत्तरगया गाउँपालिका ५ नौबिसेको एक होटलबाट नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । नुवाकोटको ककनी गाउँपालिका ६ बस्ने बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका ८ बस्ने मानबहादुर गुरुङ र दुप्चेश्वर गाउँपालिका ७ बस्ने ज्ञानेन्द्रबहादुर पण्डितलाई प्रहरीले नक्कली नोटसहित पक्रेको हो । उनीहरुलाई होटलमा नक्कली नोटको कारोबार गरेको अवस्थामा पक्राउ गरिएको बताइन्छ । उनीहरुले प्रयोग गरेको स्कुटरको डिक्कीभित्र एक हजार र पाँच सयको नेपाली नोट तलमाथि राखेर बीचमा कागज तथा पत्रिकाहरू नोटको आकारमा राखिएको पैसाको बिटो फेला परेको हो । उनीहरुको साथबाट नक्कली नोट बनाउने कार्यमा…

Read More

चितवन : आफूलाई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी बताउँदै व्यापारीलाई छक्याएका खोटङका ललित बानियाँ अहिले प्रहरी हिरासतमा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी वृत्त महाराजगन्ज काठमाडौँबाट खटिएको टोलीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका ललित बानियाँलाई काठमाडौँमा पक्राउ गरिएको छ । उनले भरतपुरको हाकिमचोकस्थित धनलक्ष्मी पसलबाट मर्मत सम्भारको सामान खरिद गरेका थिए । प्रहरी कार्यालयको निम्ति भन्दै भदौ २७ गते एक लाख १९ हजार २०० रुपैयाँ बराबरको सामान लिएर गएको बताइन्छ । पसल सञ्चालक मातृका पराजुलीसँग प्रहरी कार्यालय साजसज्जाको निम्ति १० लाखको सामान आवश्यक परेको जनाउँदै उनले १० हजार रुपैयाँ पेश्की दिएका थिए । लगत्तै असोज २ गते…

Read More

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्लास्टिकजन्य पदार्थबाट बनेका फूलमालाको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारको समयमा स्थानीय तथा प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्ने उद्देश्यले प्लास्टिकजन्य पदार्थबाट बनेका फूलमालाको बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले नगरपालिकाको हिजो बसेको बैठकले स्थानीय मखमली, गोदावरी, सयपत्रीलगायत फूलका मालाको प्रयोगलाई बढावा दिन प्लास्टिकबाट बनेका फूलमालाको बिक्रीवितरणमा रोक लगाएको बताए । यसले फूलको व्यवसायिक खेती गर्ने किसानलाई हौसला प्राप्त हुनुका साथै कृषकलाई बजारको अभाव नहुने पालिकाको विश्वास छ । नगरपालिकाले सूचनाको उल्लंघन गरी प्लास्टिकबाट निर्मित फूलमाला बिक्रीवितरण गरिएको पाइएमा जफत गरी नियमानुसार आवश्यक कारबाही गर्ने चेतावनीसमेत दिएको छ । तिहार नजिकिएसँगै…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीनसाता लामो मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान शुरु गर्ने भएको छ । आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेकोे सचिवालय बैठकले १४ मंसिरदेखि सो अभियान चलाउने निर्णय गरेको हो । अभियान डडेल्धुराको झुलाघाटबाट शुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने एमालेले जनाएको छ । निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले बैतडीको झुलाघाटनमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् । पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने अभियानको मुख्य लक्ष्य भएको उनले बताए । अभियानको क्रममा अध्यक्ष ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय…

Read More

डडेल्धुरा : नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्ला सदरमुकामको सडक विस्तारमा सबैसँग हातेमालो गर्न आग्रह गरेको छ। आज नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले सडकको मापदण्ड अनुरुप डडेल्धुरा वागवजारको सडक विस्तारमा साथ, सहयोगका लागि सार्वजनिक अपिल गरेका हुन्। अपिलमा भनिएको छ–‘नेपाल विद्यार्थी संघ डडेल्धुरा सदैव व्यवस्थित र दिर्घकालिन दिगो विकासका पक्षमा आफ्ना गतिविधि केन्द्रित गराउदै आएको छ। समायनुकुल आर्थिक, सामाजिक र भौतिक विकास समाज रुपान्तरणका मुख्य आधार भएकोले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई अंगिकार गरि समयसापेक्ष दिगो विकासका पक्षमा नेपाल विद्यार्थी संघ डडेल्धुरा दृढ छ।’ लामो समयदेखि डडेल्धुरा जिल्लाको सदरमुकाम बागवजारदेखि पोखरासम्म साघुँरो सडकका कारण सदरमुकामको वजार व्यवस्थापनमा कठिनाई हुनुका साथै स्थानीय जनताले सवारी…

Read More

जाकर्ता : इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । यूएसजीएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गराएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे ६ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो । इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भौगर्भिक एजेन्सी (बीएमकेजी)का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो ।

Read More