Author: महेन्द्रनगर पोष्ट

बझाङ : बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ । त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको जनाइएको छ ।

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा एक डेरी सञ्चालकमाथि सामुहिक आक्रमण भएको छ। धनगढी-५ स्थित जाईंमा रहेको रमाइलो डेरीका सञ्चालक कुशल धामीमाथि ४ जनाले चिर्पट हानेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए। चिर्पट हानेर फरार भएका उनीहरुको खोजी कार्य भइरहेको डिएसपी चन्दले बताए। आपसी विवादका कारण धामीमाथि आक्रमण भएको हुनसक्ने खुलेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: मंगलबार दिउँसो गएको भूकम्पमा बझाङमा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित केदार स्युँ र खप्तडछान्ना गाउँपालिकाका एक–एक जना घाइते भएका हुन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दिपेश चौधरीले जानकारी दिए । भूकम्पपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनीयले बताएका छन् । त्यस्तै, एउटा बाख्रो मरेको जानकारी गराइएको छ । भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । थप क्षतीको विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि…

Read More

डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) अमरगढी नगर कमिटी अध्यक्ष यादवप्रसाद ओझाले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि सक्रिय सदस्य हुँदै नगरकमिटी अध्यक्षको रूपमा काम गरिरहेको पार्टी छाडेको घोषणा गरेका हुन्। अध्यक्ष ओझाले विविध व्यक्तिगत कारणवश माओवादी केन्द्रको नगरकमिटी अध्यक्ष पदबाट र पार्टी साधारण सदस्यसमेत नरहने गरी मंगलबारदेखि नै पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत् जनाएका छन्। यस्तो छ प्रेस विज्ञप्ति

Read More

धनगढी : कञ्चनपुरमा एक युवतीको सामूहिक हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका–३ को आई.बि.आर.डि. बजार बस्ने २७ वर्षीया लक्ष्मी घर्तीको हत्या अभियोगमा चार जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुस्करराज पन्तले भदौँ ३० गते आईबीआरडी बजारदेखि (घ) गाउँ तर्फ जाने सडकमा वेवारिसे अवस्थामा मृत भेटिएकी घर्तीको सामूहिक हत्या गरेको अभियोगमा आइतबार चार जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा बेलौरी नगरपालीका–१ बस्ने २७ वर्षीय सरोज राना, १९ वर्षीय राहुल राना, लालझाडी गाउपालिका–१ नौरङगा बस्ने ३३ वर्षीय सेनराज राना, ३३ वर्षीय पर्शु राना रहेको प्रहरी निरीक्षक पन्तले बताए । हत्या…

Read More

काठमाडौं : बझाङमा शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ। दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि लगातार परकम्प गइरहेको हो। हालसम्म ४ रेक्टर स्केल माथिका चार वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। मंगलबार दिउँसो ३ बजेर १३ मिनेटमा चैनपुर केन्द्र भएर ५.१ रेक्टर स्केलको परकम्प गएको केन्द्रका प्रमुख बलबहादुर तामाङले बताए। त्यसपछि ३ : ४५ बजे ४.१, ४ : २८ मा ४.१ र ४ : ३१ मा ४.३ रेक्टर स्केलको परकम्प गएको उनले जानकारी दिए। चार रेक्टर स्केलभन्दामुनी थुप्रै परकम्प गइसकेको उनले बताए। दिउँसो २ बजेर ४० मिनेटमा पहिला ५.३ रेक्टर…

Read More

काठमाडौं : नेपालगञ्जमा मान्छे काटेको अभियोगमा कैद सजाय पाएका रिगल भनिने योगराज ढकाललाई दिएको कैद माफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । चेतन मानन्धरको हत्या गरेपछि अदालतबाट जन्मकैद सजाय पाएका रिगललाई राष्ट्रपतिले दिएको कैद माफीविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । चेतनको हत्यामा अदालतबाट जन्मकैदको सजाय पाएका तरुण दलका तत्कालीन क्षेत्रीय सभापति रिगललाई संविधान दिवसका अवसरमा सरकारले असोज ३ गते कैद माफी दिएको थियो । कैद माफीपछि रिगल गाडीको लावालस्करसहित दाङ कारागारबाट नेपालगञ्ज पुगेर सार्वजनिक कार्यक्रम गर्दै हिँडेका थिए । आफ्ना श्रीमान्का हत्यारालाई आममाफी दिइएको भन्दै न्यायका लागि काठमाडौं आएकी भारतीले सर्वोच्चमा रिट दायर गरेकी…

Read More

धनगढीः धनगढीको विपिन स्टेसनर्सविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर ९ की मनिषा शाहीले ठगी गरेको भन्दै उजुरी दिएकी हुन्। शाहीले गत साउन २५ गते निम्न माध्यमिक तहको शिक्षक लाइसेन्सको फाराम भर्न पैसा बुझाएको तर विपिनले फाराम नभरेकाले ठगी गरेको भन्दै उजुरी दिएकी हुन्। साउनमा लाइसेन्सको फाराम भरेको तर सोमबार प्रवेश पत्र ल्याउन जाँदा प्रवेशपत्र नमिलेपछि शाहीले स्टेसनर्स सञ्चालकविरुद्ध उजुरी दिएको बताइन्। कात्तिक १८ निम्न माध्यमिक तहको शिक्षकको लाइसेन्सको परीक्षाको मिति भए पनि विपिनले शाहीको फारामको शुल्क नबुझाएकाले प्रवेशपत्र नआएको हो। विपिन स्टेसनर्सका सञ्चालक सन्तोष उप्रेतीले यो वर्ष ६ सय बढीको फाराम भरेको भए पनि…

Read More

धनगढीः भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको प्राङ्गणमै सुत्केरी गराइएको छ। मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको प्राङ्गणमा लगेर सुत्केरी गराइएको हो। अस्पतालका अनुसार तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३ः ३० मिनेटमा बच्चालाई जन्म दिएकी हुन्। नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको बताइएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो। दिउँसो २ बजेर ४० मिनेटमा पहिलो पटक बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। पछि पुनः ३ बजेर ६ मिनेटमा…

Read More

धनगढीः बझाङमा भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा बिरामीलाई बाहिरै सेवा दिइएको छ। दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएपछि एक गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालिएको छ। अस्पतालका नर्सहरू गर्भवती महिलालाई अस्पताल बाहिर प्राङ्गणमा राखेर सुत्केरी गराउन प्रयास गरिरहेका छन्। भूकम्पपछि लगातार पराकम्प आइरहेकाले बाहिर राखेर सुत्केरी गराउन लागिएको अस्पताल प्रशासनले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो। केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ। भूकम्पका…

Read More